अर्थ

सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदीको भने सामान्य वृद्धि

सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदीको भने सामान्य वृद्धि
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो । यसैबीच आइतबार चाँदीको मूल्य पनि समान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक बस्दै

प्रधानमन्त्री ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुँदैछ । बैठकमा सार्वजनिक सेवालाई सरल, पहुँचयोग्य र झञ्झटरहित बनाउनेलगायत विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए । गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठन भएको आयोगको पहिलो बैठक यही असार ४ गते भएको थियो । आयोगमा उपप्रधानमन्त्री...

तीन वर्षमा नेपालीको आम्दानी २१ सय डलर, विकासशील राष्ट्र बन्न तीनवटै सूचक पूरा

तीन वर्षमा नेपालीको आम्दानी २१ सय डलर, विकासशील राष्ट्र बन्न तीनवटै सूचक पूरा
काठमाडौं । आउँदो तीन वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर वार्षिक २१ सय अमेरिकी डलर नजिक पुग्ने भएको छ । आर्थिक वर्ष ०८४–८५ मा नेपालीको वार्षिक आम्दानी औसत दुई हजार ८७ डलर पुग्ने राष्ट्रिय योजना आयोगले तयार पारेको मध्यकालीन खर्च संरचनाको लक्ष्यले देखाएको हो । चालू आर्थिक वर्षमा नेपालीको आम्दानी १५ सय १७ डलर पुगेको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ । आउँदो तीन वर्षमा नेपालीको औसत आम्दानी ५७० डलर बढ्ने अनुमान छ । मध्यकालीन संरचना योजनाअनुसार आगामी आर्थिक वर्ष ०८२–०८...

बजेटमा सत्तारुढकै असन्तुष्टि

बजेटमा सत्तारुढकै असन्तुष्टि
काठमाडौं । बजेटलाई लिएर सत्तारुढ दलभित्रै असन्तुष्टि देखा परेको छ । प्रतिनिधि सभामा जारी बजेटमाथिको छलफलमा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसदहरू नरम सुन्छिन् । तर, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायत दलका सांसदहरू सरकार र मन्त्रीको आलोचनामा खुलेरै प्रस्तुत भएका छन् । जनता समाजवादी पार्टी सरकारमा छ । यो पार्टीकी सांसद रन्जुकुमारी झा सत्तारुढ भएकाले मागेको योजनामा बजेट पर्ने अपेक्षामा थिइन् । त्यसो हुन नसेकेको भनेर उनले संसद्मा दुःख व्य...

सुनको मुल्यमा ८०० रूपैयाँले गिरावट

सुनको मुल्यमा ८०० रूपैयाँले गिरावट
काठमाडौं । शुक्रबार सुनको मूल्य सामान्य रूपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाको तुलनामा शुक्रबार भने सुनको मूल्य प्रति तोलामा ८०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ । साथै, चाँदीको मुल्य पनि सामान्य गिरावट आएको छ । जसअनुसार आज चाँदी प्रतितोला २ हजार १५० रुपैयाँमा खरिदबिक्री गर्न भइरहेको छ । गत बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  

ग्वार्को ‘ओभरपास’को प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने, आजबाट सवारीसाधन चल्ने

ग्वार्को ‘ओभरपास’को प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने, आजबाट सवारीसाधन चल्ने
काठमाडौं । काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ‘ओभरपास’ विधिवत रूपमा उद्घाटन गरेपछि सञ्चालन हुन लागेको हो । काठमाडौं उपत्यकाको चक्रपथमा विद्यमान सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्कोचोकमा ओभरपास निर्माण सुरु गरेको थियो। उद्घाटनसँगै ओभरपासबाटै सवारीसाधन सञ्चालन गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । चक्रपथ विस्तार...

संसदीय समितिले सुनचाँदी ब्यावसायीसँग छलफल गर्ने

संसदीय समितिले सुनचाँदी ब्यावसायीसँग छलफल गर्ने
काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ । जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बजेट बक्तब्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि

दैलेखमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि
दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ । विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पुर्‍याइएको थियो । त्यहाँबाट सङ्कलन गरिएका नमुनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथ...

सुनको मूल्य निरन्तर बढ्दो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य निरन्तर बढ्दो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । गत जेठ २७ गतेदेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मंगलबारको तुलनामा सुन तोलामा ९०० रुपैयाँ र चाँदी ६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदी दुई हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नेपालमा एमसीसी निरन्तर रहने

नेपालमा एमसीसी निरन्तर रहने
काठमाडौं । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा निरन्तर रहने भएको छ । गत फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला लागू गरिएको ९० दिने रोकमा एमसीसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसीसीको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिएका थिए । यस अपवादले एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । ए...