अर्थ

ग्वार्को ओभरपास सञ्चालनअघि शर्त पूरा गर्न संसदीय समितिको निर्देशन

ग्वार्को ओभरपास सञ्चालनअघि शर्त पूरा गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । संसद्‍को पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ग्वार्को ओभरपास सञ्चालन गर्न ४ वटा शर्त पूरा गर्न निर्देशन दिएको छ । निर्माण सम्पन्न भएको ओभरपासमा बुधबार निरीक्षणका लागि पुगेको समितिले भार क्षमता परीक्षण गरेर मात्रै गाडी कुदाउन निर्देशन दिएको हो । विकास समिति सभापति दीपकबहादुर सिंहले सीसीटीभी जडानसहित प्राविधिक परीक्षणपछि सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए । ओभरपासमा सडकबत्ती, सीसीटीभी, रोड मार्किङ गर्नुपर्ने र सडकको भार क्षमता ...

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे छलफल भएको थियो । आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन यथाशीघ्र गर्नेगरी अर्को साता दोस्रो पूर्ण बैठक बस्ने भएको छ । गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा १५ सदस्यीय...

सुनको मूल्य निरन्तर बढ्दो, आज कति पुग्यो ?

सुनको मूल्य निरन्तर बढ्दो, आज कति पुग्यो ?
काठमाडौं । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदीे रु ६५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार २२५ मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण

प्रधानमन्त्रीलाई सुनचाँदी व्यवसायीको ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका नेतृत्वले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभुषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोलीले उक्...

सुन तोलामा २५ सय रूपैयाँले घटयो

सुन तोलामा २५ सय रूपैयाँले घटयो
काठमाडौं । आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

संसदमा बजेटमाथिको छलफलः उही पुरानै शैली, सत्ता पक्षद्वारा स्वागत, विपक्षीको विरोध

संसदमा बजेटमाथिको छलफलः उही पुरानै शैली, सत्ता पक्षद्वारा स्वागत, विपक्षीको विरोध
काठमाडौं । सत्तारुढ दलका सांसदहरूले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै स्वागत गरेका छन् भने विपक्षी दलका सांसदहरूले बजेटको विरोध गरेका छन् । सोमबार रास्वापा सांसदहरूको बेल घेराउकाबीच प्रतिनिधिसभा बैठकमा भएको बजेटमाथिको छलफलका क्रममा कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेको बताए । बजेटले उच्च, दिगो, फराकिलो आर्थिक वृद्धि दर हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजग...

यस्तो छ, सात वटै प्रदेशको बजेट  

यस्तो छ, सात वटै प्रदेशको बजेट  
काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा बजेट ल्याएको छ । केन्द्र सरकारमा जस्तै प्रदेशमा पनि न्यून राजस्व र स्रोतको चाप व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिन्छ । सबैजसो प्रदेशले अघिल्ला आर्थिक वर्षमा खर्च गर्न नसकेर बचत रहेको रकमलाई पनि बजेट स्रोत देखाएका छन् । गण्डकी र मधेस प्रदेशले घाटा बजेट ल्याएर आन्तरिक ऋण उठाउने गरी बजेटको जोहो गरेका छन् । आगामी आर्थि...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो । अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो । चालू वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो । चालू आर्थिक वर्षको जेठ महिनामा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको जेठ महिन...

रास्वपा – राप्रपाको विरोधकै बाबजुद बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश

रास्वपा – राप्रपाको विरोधकै बाबजुद बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र०८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् । आइतबार बसेको संसद् बैठकमा अर्थमन्त्री पौडेलले आगामी आवको बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नाराजुलुस गरिरहेको छ । रास्वपाका सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरिरहे पनि बजेटबारे छलफल शुरु भएको छ ।

राति १२ बजेवाट बंगलादेशमा बिधुत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने

राति १२ बजेवाट बंगलादेशमा बिधुत निर्यात सुरू, १ अर्ब २९ करोड आम्दानी हुने
काठमाडौँ  ।  नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ (जुन १५) अर्थात् आज राती १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो । गतवर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भार...