अर्थ

चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन

चैते धान उत्पादनका लागि ३३ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले चैते धानखेतीलाई प्रवर्द्वन गर्नको लागि ३३ करोड बजेट विनियोजन गरेको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा बजेट प्रस्तुत गर्दै चैते धानखेतीलाई प्रवद्र्धन गरिने र त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि बजेट विनियोजन गरिएको बताएका हुन् । उनले भने, ‘चैते धानखेतीलाई प्रवद्र्धन गर्नका लागि हामीले बजेट विनियोजन गरेकाछौं । सरकारले त्यसका लागि आवश्यक बिउबिजन र सिँचाइका लागि ३३ करोड बजेट विनियोजन गरेको छ ’। सरकारले धानउत्पादनमा आत्मनिर...

कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट

कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट
काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयका लागि सरकारले ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट बिनियोजन गरिएको बताए। उनले कृषिमा आत्मनिर्भर बनाउनका लागि लागि विभिन्न योजनाहरु ल्याइएको बताए। उनले किसानका लागि दूध, मासुजन्य पदार्धमा आत्मनिर्भर बन्ने, विभिन्न क्षेत्र तोकेर पकेट जोनमार्फत कृषिजन्य उत्पादनलाई बढाउन गरी काम गर्ने दिने बताए।

बजेट भाषण सुरू, चालु आवमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुग्ने प्रक्षेपण

बजेट भाषण सुरू, चालु आवमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुग्ने प्रक्षेपण
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नयाँ आर्थिक वर्ष २०८२र८३ का लागि बजेट भाषण सुरू गरेका छन् । संघीय संसदको संयुक्त बैठकमा उनले बजेट भाषण थालेका हुन् ।आजको संसद वैठकमा प्रतिपक्षी दलहरूले कुनै पनि अवरोध गरेका छैनन् । यसअघि प्रतिनिधिसभाको बैठक बसेर अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । बजेट भाषण बाचन गर्दै अर्थमन्त्रीले अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख भएको बताए । उनले भने, ‘वर्तमान सरकार गठन हुँदा समष्टिगत पुरिसूचकले अर्थतन्त्र दब...

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने
काठमाडौं ।  सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्बजनिक गर्दैछ । अर्थमन्त्रालय स्रोतका अनुसार करिब १९ खर्ब रुपैयाँ हाराहारीको बजेट आज सार्बजनिक गर्न लागेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकबाट बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।  जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट सिलिङ तोके अनुसार नै बजेट तयार गर...

सुन चाँदी दुबैको घटयो मुल्य

सुन चाँदी दुबैको घटयो मुल्य
काठमाडौं । बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर १ लाख ८७ हजार ८ सयमा कारोबार भइरहेको छ । गत बुधबार सुन तोलाको १ लाख ८९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । साथै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुख्खा फोहर बिक्री गर्न वार्षिक ६ करोड ८ लाख रुपैयाँमा ठेक्का

सुख्खा फोहर बिक्री गर्न वार्षिक ६ करोड ८ लाख रुपैयाँमा ठेक्का
काठमाडौं । काठमाडौँ महानगरपालिकाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर विक्री गर्न करसहित वार्षिक ६ करोड ८ लाख ७२ हजार ३७१ रुपैयाँमा आय ठेक्का लगाएको छ । महानगरपालिकालाई ७ क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाएको हो । यी स्थानमध्ये क्षेत्र नम्बर ७ को मटेरियल रिकभरी सुविधा सञ्चालनमा आइसकेको इञ्जिनियर रामप्रसाद नेपालले जानकारी दिए । अन्य क्षेत्रमा क्रमशः सञ्चालन गर्दै लैजाने विभागको तयारी रहेको उनको भनाइ छ । क्षेत्र नम्बर ७ बाट २०८२...

युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी

युरोपमा टेस्लाको ब्यापार ४९% घटयो, बिवाइडीको ३५ प्रतिशतले बृद्दी
काठमाडौं ।  विश्वभर विद्युतीय कारका लागि चर्चित बनेको टेस्लालाई यसपटक भने युरोपमा ठूलो झट्का लागेको छ ।  युरोपेली अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (एसीसीए) को पछिल्लो तथ्याङ्क अनुसार टेस्लाले अप्रिल २०२५ मा युरोपमा ७ हजार २६१ कार मात्र बेचेको छ, जुन गत वर्षको तुलनामा ४९ प्रतिशतले कम हो। ब्याट्रीबाट चल्ने कारको बिक्री युरोपभर ३४.१ प्रतिशतले बढेको बेला टेस्लाको ब्यापारमा भने उल्लेखनीय यो गिरावट आएको हो। धेरै कारणहरू देखा परेका छन्, जसले टेस्लाको ब्रान्ड छविलाई हानि पुर्‍...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३८ पैसा तोकिएको छ । स्वीस फ्रयांक एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । अस्ट्रेलिय...

सुनको मूल्य सामान्य घट्यो

सुनको मूल्य सामान्य घट्यो
काठमाडौं । आज सुनको मूल्य सामान्य रूपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सोमबार सुन प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भएकोमा आज भने १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज

राष्ट्र बैंकका गभर्नर पौडेलविरुद्ध रिटको पेसी आज
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वौच्च अदालतमा दायर रिटमा बुधबारका लागि पेसी तोकिएको छ । अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका थिए । रिटमा पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथ गराउने निर्णय गैरकानूनी भएको जिकिर गरिएको छ ।