अर्थ

प्रधानमन्त्री समक्ष राष्ट्रिय सतर्कता केन्द्रको बार्षिक प्रतिवेदन पेश

प्रधानमन्त्री समक्ष राष्ट्रिय सतर्कता केन्द्रको बार्षिक प्रतिवेदन पेश
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले आज आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा केन्द्रका सचिव सरजुकुमार वैद्यले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकारले बनेकाले ती काममा केन्द्रले आफ्नो तर्फबाट प्रभावकारीरुपमा काम गर्न निर्देशन दिए । उनले प्रधानमन्त्री...

गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता

गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता
काठमाडौं । नवनियुक्त गभर्नर विश्व पौडेलविरूद्वको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । पौडेलेको नियुक्ति कानूनसम्भव नरहेको र पौडेल गभर्नर बन्न अयोग्य रहेको दावी गर्दै रिट दायर गरिएको हो । रिटमा बुधबारका लागि सुनुवाइ तोकिएको छ । अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले रिट दर्ता गरेका हुन् ।

अर्थ मन्त्रीले गराए राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

अर्थ मन्त्रीले गराए राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बजेट बारे ब्रिफिङ गराएका छन् । शितल निवासस्थित राष्ट्रपति भवन पुगेर अर्थ मन्त्री पौडेलले आर्थिक वर्ष २०८२’ ८३ को  वजेटका बारेमा ब्रिफिङ गरेका हुन । सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहिबार बजेट ल्याउँदै छ । सोही वजेटका बारेमा मन्त्री पौडेलले मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ ...

मौद्रिक समीक्षाः घट्यो सेयर धितो कर्जाको जोखिम भार, अन्य के-के ?

मौद्रिक समीक्षाः घट्यो सेयर धितो कर्जाको जोखिम भार, अन्य के-के ?
काठमाडौं । बैंक वित्तीय तथा संस्थाको निष्कृय कर्जा अनुपात उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु आवमा निष्कृय कर्जा अनुपातमा वृद्धि देखिएको हो । “बैंक तथा वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा अनुपात २०८० चैतमा ३।९८ प्रतिशत रहेकोमा २०८१ चैतमा ५।२४ प्रतिशत पुगेको छ,” राष्ट्र बैंकले भनेको छ । निष्क्रिय कर्जा अनुपात गत चैतमा वाणिज्य बैंकहरुको ५.०५, विकास बैंकको ५.५६ र...

कति छ आज अमेरिकी डलरको मूल्य ?

कति छ आज अमेरिकी डलरको मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ १८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९९ पैसा तोकिएको छ । स्वीस फ्रयांक एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । नेपाल राष्...

बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा

बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक सर्वेक्षण, संस्थानहरुको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको हो । प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतको पनि तयारी जारी...

नेपालको कूल सार्वजनिक ऋण २६ खर्ब नाघ्यो

नेपालको कूल सार्वजनिक ऋण २६ खर्ब नाघ्यो
काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २६ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को वैशाख मसान्तसम्ममा सार्वजनिक ऋणको दायित्व २४ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको हो । चालू आवको सुरुआत अर्थात् २०८१ असार मसान्तमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड बराबर थियो । चालू आवको १० महिनामा १ खर्ब ८८ अर्ब ३० करोड बराबर ऋण थपिएको हो । हालसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ३१ र बाह्य ऋणको हिस्सा ५१ दशमलव ६९ प्रतिशत छ ।...

आर्थिक सर्वेक्षण प्रकाशनको अन्तिम तयारीमा अर्थ मन्त्रालय

आर्थिक सर्वेक्षण प्रकाशनको अन्तिम तयारीमा अर्थ मन्त्रालय
काठमाडौं । आर्थिक वर्ष २०८२र८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरूको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक सर्वेक्षण, संस्थानहरूको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको हो । प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतको पनि तयारी जारी ...

सुनको भाउ बढदा चाँदीको भाउँ स्थिर

सुनको भाउ बढदा चाँदीको भाउँ स्थिर
काठमाडौं । सुनको भाउ बढदा चाँदीको मुल्य भने स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ४०० रूपैयाँले बढेर आज  छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो। उता,  आइतबार चाँदीको मूल्य भने स्थिर रहेकाले अघिल्लो दिन झै आज पनि २ हजार ५ रूपैयाँमा कारोबार भइरहेको छ।