flash news

आज बाढीको जोखिम उच्च यी नदीहरूमा

आज बाढीको जोखिम उच्च यी नदीहरूमा
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने जानकारी दिएको छ । महाशाखाका अनुसार सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपासका जिल्लाहरूमा साना नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने तथा सोझै बाढी आउन सक्ने उच्च सम्भावना रहेको छ। यस्तै, दोलखा, काठमाडौँ, भक्तपुर, ललितपुर र आसपासका जिल्लाहरूमा मध्यम जोखिम रहेको छ। कोशी, नारायणी, बागमती, कमला, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदी...

२९ गतेदेखि साटिने दसैँका लागि नयाँ नोट

२९ गतेदेखि साटिने दसैँका लागि नयाँ नोट
काठमाडौं । दसैँका लागि नयाँ नोट (सुकिला नोट) यही भदौ २९ गतेदेखि साट्न पाइनेछ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सहटी गर्न सकिनेछ । यस्तै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्...

रुपन्देही ३ को उपनिर्वाचन उम्मेदवार सार्वजनिक गर्दै रास्वपा

रुपन्देही ३ को उपनिर्वाचन उम्मेदवार सार्वजनिक गर्दै रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार सार्वजनिक गर्दैछ । दिउँसो साढे १ बजे सचिवालय बैठक बस्ने र बैठक सकिएलगत्तै उम्मेदवारको नाम सार्वजनिक गर्ने रास्वपाका एक नेताले जानकारी दिए । उपनिर्वाचनका लागि ९ जना आकांक्षी छन् । सुलभ खरेल, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी छन् । सम्भावित उम्मेदवारको रुपमा सुलभ खरेलको...

आजको अमेरिकी डलरको मूल्य घट्यो, युरो बढ्यो

आजको अमेरिकी डलरको मूल्य घट्यो, युरो बढ्यो
अमेरिकी डलरको मूल्य आज घटेको छ । तर युरो भने बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर आज १३९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४० रुपैयाँ ५१ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा थियो । यसैगरी युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ २५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ । हिजो युरो एकको खरिदर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा थियो । आज युके पा...

बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध

बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध
बाढीपहिरोले कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडकखण्ड अवरुद्ध भएका छन् । कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–२  राक्सेमा  पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी, बाढीका कारण गुल्मीको रिडी–वामीटक्सार सडकखण्ड पनि आज बिहानदेखि अवरुद्ध भएको छ । उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ डहरे खोलाको बाढीले सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र थापाले...

आज कस्तो रहनेछ तपाईंको भाग्य ?

आज कस्तो रहनेछ तपाईंको भाग्य ?
वि.सं.२०८२ साल भाद्र १३ गते । शुक्रबार । ईश्वी सन् २०२५ अगस्ट २९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–षष्ठी, ३० घडी ३१ पला, बेलुकी ५ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–स्वाती, १२ घडी ४२ पला, बिहान १० बजेर ४६ मिनेट उप्रान्त विशाखा । योग– ब्रम्ह, २२ घडी ११ पला, दिउसो २ बजेर ३४ मिनेट उप्रान्त ऐन्द्र । करण–तैतिल, बेलुकी ५ बजेर ५४ मिनेट उप्रान्त गर । आनन्दादीमा–गद योग । चन्द्रराशि–तुला ।  काठम...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना
हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। देशभर साधारणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। शुक्रबार देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना ...

कैलालीमा पछिल्लो ६ घन्टामा भारी वर्षा

कैलालीमा पछिल्लो ६ घन्टामा  भारी वर्षा
कैलालीमा पछिल्लो ६ घन्टामा धेरै भारी वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले अद्यावधिक गरेको विवरण अनुसार पछिल्लो ६ घन्टामा कैलालीको चिसापानी मापन केन्द्रमा १०७.४ मिलिमिटर पानी परेको छ। बिहीबार बिहानैदेखि देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। ‍पछिल्लो ६ घन्टामा कैलालीकै साढेपानीमा ६८ मिलिमिटर, कञ्चनपुरको शान्तिपुर बेलौरीमा ४६.८ मिलिमिटर, चितवनको कालीखोलामा ४७ मिलिमिटर वर्षा भएको छ। चौबीस घन्टाको अवधिमा चार ठाउँमा धेरै भारी वर्षा भएको छ। झापाको शनिश्चरेमा १०४...

आजको विनिमय दर यस्तो छ

आजको विनिमय दर यस्तो छ
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १७ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको ...

आजदेखि प्रारम्भिक निर्वाचन रास्वपाको उम्मेदवार छनोटको

आजदेखि प्रारम्भिक निर्वाचन  रास्वपाको उम्मेदवार छनोटको
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि  उम्मेदवार छनोट विधि अन्तर्गत ‌ दोस्रो चरणको प्रारम्भिक निर्वाचन सुरु गरेको छ । रास्वपाका सहमहामन्त्री विपिन आचार्यका अनुसार आज बिहान ७ बजेदेखि भोलि साँझ ७ बजेसम्म रुपन्देही–३ का पार्टी सदस्यहरू, पार्टीका तहगत समितिमा रहेका  सदस्यहरू‌ र केन्द्रीय समिति सदस्यहरूले पार्टीको मोबाइल एपमार्फत आफूलाई मन परेका नौ उम्मेदवारमध्ये एक उम्मेदवारलाई आफ्नो मत दिन पाउनेछन्। यदि कोही मन परेन भने नन अफ...