flash news

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली
२२ फागुन, काठमाडौं । आज पनि नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान तराईका थोरै ठाउँमा हल्का हुस्सु लागेको छ । यसले सडक र सवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकोले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

पाँच अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै

पाँच अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै
२२ फागुन, काठमाडौं । सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै छ । सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रिय सभा बैठकमा पेस गरेको थियो । तीमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बाहेकका अध्यादेशहरु आज ३४ औं दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको हो । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्य...

मेहेन्दीमा रमाउँदै अस्मिता र महेश, विहिबार हुँदैछ विवाह

मेहेन्दीमा रमाउँदै अस्मिता र महेश, विहिबार हुँदैछ विवाह
NCELL काठमाडौं । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले विहिबार विवाह बन्धनमा बाँधिदैछन् । राजधानीमा विवाह समारोह आयोजना गरिएको छ । केही दिनदेखि हल्दी, मेहेन्दी लगायतका वैवाहिक समारोह आयोजना भैरहेका छन् । सार्वजनिक फोटो र भिडियोमा हल्दी र मेहेन्दी समारोहमा अस्मिता र महेशलाई रमाएको देख्न सकिन्छ । महेशले अस्मिताको हातमा मेहेन्दी लगाएको देख्न सकिन्छ । सोनम सुब्बाको पहिरनमा अस्मिता आकर्षक पनि देखिएकी छन् । स्रोतका अनुसार काठमाडौंमा हुने विवाह समारोहमा दुबै पक्षका ...

आमसभा स्थगित गरेर पूर्वराजालाई विमानस्थलमा स्वागत गर्दै राप्रपा

आमसभा स्थगित गरेर पूर्वराजालाई विमानस्थलमा स्वागत गर्दै राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वनिर्धारित आमसभा स्थगित गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम राखेको छ । पूर्वराजा शाह आगामी २५ फागुनमा पोखराबाट काठमाडौं आउँदैछन् । सोही दिन राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आमसभा राखेको थियो । तर, बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले आमसभा स्थगित गर्ने र पूर्वराजाको स्वागतमा विमानस्थलमा उपस्थित हुन आह्वान गरेको छ । ‘पोखराबाट राजाको उक्त सन्देश पछिको पहिलो काठम...

‘होस्टेल ३’लाई देशब्यापी डेढ सय शो, अग्रिम टिकट बिक्री सुरु

‘होस्टेल ३’लाई देशब्यापी डेढ सय शो, अग्रिम टिकट बिक्री सुरु
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘होस्टेल ३’ले देशब्यापी डेढसय हाराहारीमा शो प्राप्त गरेको छ । बुधबार बेलुकादेखि फिल्मको एड्भान्स टिकट विक्री सुरु भएको छ । क्यूएफएक्स चेनले देशब्यापी ८० शो दिएको छ । विहीबार बेलुकासम्म शो संख्या अझै वृद्धि हुने अनुमान गर्न सकिन्छ । ब्यानर, श्रृंखलाको विगतको बक्सअफिस प्रस्तुति र स्टारकास्ट हेरेर हलले शो वितरण गर्ने चलन छ । ‘होस्टेल’का अघिल्ला दुवै श्रृंखला हिट हुन् । निर्माता, निर्देशक र कलाकार हेरफेरसहित तेस्रो श्रृ...

आज प्रतिनिधि सभामा भूमिबाहेकका ५ अध्यादेश निर्णयार्थ पेस हुँदै

आज प्रतिनिधि सभामा भूमिबाहेकका ५ अध्यादेश निर्णयार्थ पेस हुँदै
हिउँदे अधिवेशन सुरु भएको एक महिनापछि दोस्रोपटक भूमिबाहेकका ५ अध्यादेशलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । यसअघि भने ६ अध्यादेश प्रस्तुत गर्ने कार्यसूची रहेकोमा संसद सुरु हुनुअघि कार्यसूचीबाट हटाइएको थियो । २० फागुन, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगि...

आन्दोलनको धम्कीपछि ग्यास उद्योगीसँग गलेको सरकार, अनि बढाइदियो कमिसन

आन्दोलनको धम्कीपछि ग्यास उद्योगीसँग गलेको सरकार, अनि बढाइदियो कमिसन
२० फागुन, काठमाडौं। पछिल्लो डेढ महिनादेखि लाखौं सर्वसाधारण उपभोक्ता खाना पकाउने एलपी ग्यास नपाएर हत्तु हैरान थिए । सरकार, उद्योगी, ढुवानीकर्ता वा विक्रेतीबीच हुने ‘लफडा’ को मार भने जहिले पनि उपभोक्ताले नै खेप्दै आएका छन् । यो नौलो पनि होइन । पछिल्लो पटक एक सिलिन्डर ग्यास लिन उपभोक्ताले महिना दिनभन्दा बढी कुर्नुपर्ने अवस्था कसरी आयो ? उपभोक्ताले किन सहजै ग्यास पाएनन् ? पछिल्लो पटक एलपी ग्यास उद्योगीले कमिसन बढाउनुपर्ने भन्दै आन्दोलन गर्ने धम्की दिएपछि सरकार फत्तकै गल्...

थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु

थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
काठमाडौँ । काठमाडौँको थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्चीको मुख्य पाइपलाईन मर्मतकार्य सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन पश्चात अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्राविधिक टोलीले फुटेको पाइपलाईन मर्मत कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का इञ्जिनियर प्रकाश बरालले जानकारी दिए । उनले भने, “आज बिहान थापाथलीमा मेलम्चीको फुटेको पाइप मर्मतका लागि हाम्रो टोली खटिएको छ । आज मर्मत कार्य सकेर आजै पानी वितरण सुचा...

चुनावमा बहुमत ल्याउने परिस्थिति छैन : सभापति देउवा

चुनावमा बहुमत ल्याउने परिस्थिति छैन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अघिल्लो पटकको भन्दा धेरै सिट जित्ने गरी चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई आज सम्बोधन गर्दै देउवाले चुनावमा एउटामात्र दलले बहुमत ल्याउने परिस्थिति नभएको भन्दै उनले अघिल्लो चुनावमा भन्दा बढी सिट जित्नुपर्ने विचार राखेका हुन् । उनले पार्टीमा केही असहमति भए त्यसलाई छलफल गरेर समाधान गर्...

नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्छु- प्रशिक्षक रस

नेपाली फुटबललाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्छु- प्रशिक्षक रस
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नव नियुक्त मुख्य प्रशिक्षक म्याट रसले यसै वर्ष हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले अष्ट्रेलियन प्रशिक्षक रसलाई एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेपछि सोमबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली फुटबललाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका हुन् । प्रशिक्षक रसले साफ च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्यसहित काम ...