राजनीति/समाचार

रवीन्द्र मिश्र र धवल शमशेरलाई पुनः पक्राउ गर्ने तयारी

रवीन्द्र मिश्र र धवल शमशेरलाई पुनः पक्राउ गर्ने तयारी
काठमाडौं । हाजिरी जमानीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणालाई फेरि पक्राउ गरिने भएको छ । उनीहरू बयानका लागि उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो । आजै उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी हुने काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले बताए । गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको आन्दोलन हिंसात्मक बनाएको आरोपमा उनीहरू पक्राउ गरिएको थियो । विहीबार दुर्गा प्रसाईं...

प्रधानमन्त्री ओली असारको तेस्रो साता स्पेन जाने

प्रधानमन्त्री ओली असारको तेस्रो साता स्पेन जाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली असारको तेस्रो साता स्पेन जाने भएका छन् । उनी सेभिल सहरमा असार १६ देखि १९ गतेसम्म आयोजना हुने विकासको लागि वित्तपोषण सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन जान लागेका हुन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त जानकारी दिएकी हुन् । “तयारीमा नेपालले धेरै अभ्यास गरेको छ । प्रधानमन्त्री पनि यसमा जानुहुन्छ,” सम्मेलनका विषयमा जानकारी दिँदै परराष्ट्रमन्त्र...

इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थानमा बस्न दूतावासको आग्रह

इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थानमा बस्न दूतावासको आग्रह
काठमाडौं । इजरायलको तेलअविवस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्नो सुरक्षामा विशेष ध्यान आग्रह गरेको छ । शुक्रबार बिहान इजरायलले इरानमा हवाई र ड्रोन आक्रमण गरेपछि तेलअविवस्थित नेपाली दूतावासले सूचना जारी गर्दै उक्त अनुरोध गरेको हो । “यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएकाले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्...

वीरगञ्ज अदालतमा सुरक्षा व्यवस्था कडा, यता न्यायधिस समाजले भन्यो, न्यायधिसलाई मोसो दल्नु न्यायपालिका माथी आक्रामण

वीरगञ्ज अदालतमा सुरक्षा व्यवस्था कडा, यता न्यायधिस समाजले भन्यो, न्यायधिसलाई मोसो दल्नु न्यायपालिका माथी आक्रामण
वीरगन्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा निगरानी बढाइएको छ । विहीबार दिउँसो न्यायाधीश खुशीराम थारुमाथि नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै मोसो छ्यापेपछि उत्पन्न सुरक्षाको असहज परिस्थिति कारण देखाउँदै अदालत प्रवेशमा समेत कडाइ गरिएको छ । पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार घटनापश्चात् अदालतमा कार्यरत १३ जना न्यायाधीशका प्रमुख सुरक्षा अधिकृत (पीएसओ) हरू परिवर्तन गरिएका छन् । त्यस्तै अदालतको समग्र सुरक्षामा खटिएको प्रहरी सहायक निरीक्षकको कम...

४ जना न्यायाधीश उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गर्न न्याय परिषदको सिफारिस

४ जना न्यायाधीश उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गर्न न्याय परिषदको सिफारिस
काठमाडौं । न्याय परिषदले ४ जना न्यायाधीशलाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको न्याय परिषद बैठकले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजन प्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा नियुक्त गर्ने सिफारिस गर्ने निर्णय गरेको हो। यस्तै उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवरलाई उच्च अदालत पाटनका मुख्य न्यायाधीश, उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाका न्यायाधीश हरिप्रसाद भण्डारीला...

विपक्षी दलहरूको बैठक बस्दै

विपक्षी दलहरूको बैठक बस्दै
काठमाडौं । विपक्षी दलहरूको बैठक बस्दैछ । आजको संसद बैठक बस्नुअघि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै विपक्षी दलहरूले निरन्तर संसद अवरोध गर्दै आएका छन् । सत्तापक्षलाई माओवादी केन्द्रले दिएको ड्राफ्टमा एकमत बनाउन विपक्षी दलको बैठक बस्न लागेको बताइएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत विपक्षी दल गृहमन्त्रीको र...

भिजिट भिसाको कुराले उद्योग समितिमा चर्काचर्की, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक

भिजिट भिसाको कुराले उद्योग समितिमा चर्काचर्की, गणेश पराजुलीले अरुलाई निरीह भनेपछि टेबुल ठोकाठोक
काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदहरुबीच चर्काचर्की परेको छ । सिंहदरबारमा शुक्रबार बसेको बैठकमा रास्वपा सांसद गणेश पराजुलीको भनाइप्रति अन्य दलका सांसदहरूले आपत्ति जनाएपछि चर्को विवाद भएको हो । बैठकमा रास्वपा सांसद पराजुलीले राज्यका निकायको मिलोमतोमा नेपाल नागरिकहरु बेचिनुपरेकाले आफूहरूले छानबिन समितिको माग गरेको बताए । संसदीय समितिमा मानवतस्करीविरुद्ध उभिने सांसद, सदनमा आफ्नो पार्टीको ह...

काठमाडौंमा भारी वर्षा

काठमाडौंमा भारी वर्षा
काठमाडौं । काठमाडौंमा भिषण वर्षा भएको छ । हाल नेपालमा मनसुनी वायुका साथै पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको पनि प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा १५ दिनअगावै भित्रिएर रोकिएको मनसुन आज थप चार प्रदेशमा फैलिएको छ । आज मनसुन कोशी प्रदेशका बाँकी भू–भागसहित मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा फैलिएको हाे ।

अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन
मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्व पति तथा व्यवसायी सञ्जय कपुरको ५३ वर्षको उमेरमा बेलायतमा निधन भएको छ ।   सञ्जय कपुरको पोलो खेलको क्रममा हृदयघातका कारण निधन भएको हो । उनको निधनले परिवार र साथीभाइ स्तब्ध भएका छन् । दिवंगत सञ्जय कपूरका धेरै साथीहरूले सामाजिक सञ्जालमा उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । सुहेल सेठले सञ्जय कपुरको मृत्युको पुष्टि गरेका छन्  । प्रसिद्ध अभिनेता र लेखक सुहेल सेठले सञ्जय कपूरको निधनको पुष्टि गरेका हुन् । सामाजिक सञ्जाल एक्समा एक भावना...

अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले

अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले
अहमदाबाद । अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज त्यहाँ पुगेका छन् । सो क्रममा उनले घटनास्थलको अवलोकन गरेका थिए । त्यहाँ उनी १० मिनेट बसेका थिए भने त्यसपछि सिभिल अस्पताल पुगे, जहाँ दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ । प्रधानमन्त्री मोदीले अहमदाबाद विमान दुर्घटनाका एक मात्र बाँचेका विश्वकुमार रमेशलाई पनि अस्पतालमा भेटेका थिए। प्रधानमन्त्री मोदीले रमेश विश्वकुमार रमेशको हात समातेर हौसला दिए । यस क्रममा विश्वकुमार रमेशको अनुहारमा राह...