राजनीति/समाचार

बिहानैदेखि काठमाडौंमा भारी वर्षा

बिहानैदेखि काठमाडौंमा भारी वर्षा
काठमाडौं । काठमाडौंमा भारी वर्षा भएको छ । आइतबार बिहानैदेखि काठमाडौंका अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारी वर्षाका कारण केहीबेर जनजीवन प्रभावित बनेको थियो । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । काठमाडौं उपत्यकासहित देशभर केही दिनदेखि यता लगातार वर्षा भइरहेको छ ।

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न
सञ्जय मिश्रा, रौतहट ३१ जेठ । नेपाल भारत सीमा संयुक्त समन्वय समिति (Border District Coordination Committee - BDCC) को नियमित बैठक शुक्रबार साँझ सर्लाहीको हरिवनमा संपन्न भएको छ । नेपाल भारत सुरक्षा अधिकारीको दुईपक्षीय बैठकमा अपराध नियन्त्रणमा शुन्य सहनशीलताको सहमती भएको हो। सर्लाहीका सिडियो तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।दुईपक्षीय बैठकमा सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप  , लागुऔषध, अबैध हातहतियार कारोबार, तथा मदिराजन्य पदार्थको तस्करी नियन्त्रण गर्न सहम...

७ वर्षदेखि दलित बस्ती विस्तार योजना अलपत्र

७ वर्षदेखि दलित बस्ती विस्तार योजना अलपत्र
मुगु । मुगुको खत्याड गाउँपालिका–२ स्थित गाडेखोलामा रहेको दलित बस्तीको विस्तार तथा पुनःस्थापना योजना सात वर्षदेखि अलपत्र पर्दा स्थानीय दलित समुदाय चरम समस्यामा परेका छन्। २०७४/०७५ सालको आर्थिक वर्षमा खत्याड गाउँपालिकाले पहिरोको उच्च जोखिममा रहेका ४४ दलित परिवारको पुनःस्थापना गर्न ‘दलित बस्ती विस्तार कार्यक्रम’ अन्तर्गत सात करोड ३१ लाख ७२ हजार ६५० रुपैयाँ ७६ पैसाको लागतमा पक्की घर निर्माण गर्ने योजना ल्याएको थियो। प्रत्येक घरको भुइँतल्लामा चार कोठा र दोस्रो तल्लामा २ कोठा...

भारतले आइफोन बनाए पनि चीनवाट १० प्रतिशत मात्र निकाल्न ८ बर्ष लाग्ने

भारतले आइफोन बनाए पनि चीनवाट १० प्रतिशत मात्र निकाल्न ८ बर्ष लाग्ने
काठमाडौं । एप्पलको चीनसँग मोहभंग भएको छ र त अब सो कम्पनीले बिस्तारै चीनलाई छोडेर भारतलाई आईफोन उत्पादनको अर्को गढ बनाउन चाहेको छ । चीन र भारतमा आईफोन उत्पादनबाट विमुख भएर देशमा रोजगारीका अवसरहरू सृजना भइरहेको छ, जसबाट भारतलाई कुनै न कुनै रूपमा फाइदा हुने जनाइएको छ । मिडिया रिपोर्टका अनुसार चीनले अझै पनि विश्वव्यापी रूपमा बिक्री हुने आईफोनको ७५ प्रतिशतभन्दा बढी उत्पादन गरिरहेको छ तर एप्पलको उद्देश्य चीन माथिको निर्भरता अब कम गर्दै लैजाने हो। विश्व बजारमा बिक्री हुने आइफो...

सबन्ध बिच्छेद पछि एकल जीवन बिताइरहेकी ७ अभिनेत्री

सबन्ध बिच्छेद पछि एकल जीवन बिताइरहेकी ७ अभिनेत्री
मुम्बई । बलिउडमा यस्ता धेरै अभिनेत्रीहरु रहेका छन्, जसले विवाह गरेको केही वर्षपछि सम्बन्धविच्छेद गरेका थिए । यस्तो अवस्थामा यी सुन्दरीले फेरी बिहे नगरी बस्न पुगेका छन र अहिले पनि उनीहरू सिंगल नै रहेका छन् । चाहे करिश्मा कपूर होस् वा सामन्था रुथ प्रभु, उनीहरुको सम्बन्धविच्छेद भएको धेरै वर्ष भइसक्यो । यद्यपि यी सुन्दरीहरू अझै एकल जीवन बाँचिरहेका छन्। आउनुहोस्, बलिउडमा सबन्धबिच्छेद पछि एकल जीवन जिउनेहरूको पहिचान गरौं । मलाइका अरोराले १९९८ मा अरबाज खानसँग विवाह गरेकी थिइन् । ज...

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजवाट

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजवाट
पोखरा । तेस्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता शनिबार देखि सुरू हुदैँछ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा असार ६ गतेसम्म प्रतियोगितामा हुनेछ । गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा स्याङजा, बागलुङ, तनहुँ र म्याग्दी तथा समूह ‘बी’ मा कास्की, पर्वत, नवलपुर र गोरखा रहेको उनले जानकारी दिएका...

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने
काठमाडौं । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको भइरहेक...

संसद् अवरोध खुलाउन कांग्रेस, एमाले र माओवादीबीच २ बुँदे सहमति, रास्वपा भने छुट्यो

संसद् अवरोध खुलाउन कांग्रेस, एमाले र माओवादीबीच २ बुँदे सहमति, रास्वपा भने छुट्यो
काठमाडौं । संसद्को जारी अवरोध आजबाट हट्ने भएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सदनको अवरोध खुलाउने विषयमा दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । भिजिट भिसा प्रकरणले सदनको अवरोध कायमै थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले रास्वपालाई पनि साथमै लिएर जान सकिनेमा अन्तिमसम्म प्रयास गरेको थियो । तर, यो दुई बुँदे सहमतिमा रास्वपा सहमत नभएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । सहमतिपत्रमा कांग्रेस ...

प्राधिकरणको २३ अर्ब बक्यौता छिटोभन्दा छिटो उठाउनुपर्छः शेखर कोइराला

प्राधिकरणको २३ अर्ब बक्यौता छिटोभन्दा छिटो उठाउनुपर्छः शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल विद्युत प्राधिकरणको बक्यौता रकम तत्काल असुल गरिनुपर्ने बताएका छन् । आज (शुक्रबार) नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले बक्यौता चाहीँ उठाउनुपर्ने र प्राधिकरण भासियो, सक्कियो भन्न छाड्नुपर्ने बताएका हुन् । ‘विद्युत प्राधिकरणमा बक्यौता सम्बन्धी विवाद भयो । मलाई अच्चम लाग्छ, उद्योगी, व्यवसायी, व्यापारीहरुलाई म धेरै चिन्छु । मैले कसैसित बेनिफिट लिएको छैन । प्राधिकरण...

कांग्रेसले बोलायो असार १५ गते केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो असार १५ गते केन्द्रीय समिति बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले असार १५ गते दिउँसो १ बजे आइतबार बस्ने गरी बैठक तय भएको जानकारी दिए । उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । पौडैलले पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई उपस्थिति हुन भनेका छन् ।