राजनीति/समाचार

मन्त्रि परिषदको निर्णय सार्बजनिक

मन्त्रि परिषदको निर्णय सार्बजनिक
काठमाडौं । गत जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ । मन्त्रिपरिषद् बैठकले विभिन्न चार विधेयक तर्जुमाका लागि सिद्धान्तसमेत स्वीकृत गरेको छ । जेठ १५ गते बसेको मन्त्रिपरिषद् बैठकले सडक सुरक्षा, हुलाक सेवा, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समितिसम्बन्धी विधेयकको सिद्धान्त स्वीकृत गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ४ विधेयक तर्जुमाका लागि स्वीकृत गर्नुका साथै मन्त्री, सचिव र मे...

राजीनामा नदिने गृहमन्त्री लेखकको अडान, आजको सदनमा बोल्न दिईनुपर्ने माग

राजीनामा नदिने गृहमन्त्री लेखकको अडान, आजको सदनमा बोल्न दिईनुपर्ने माग
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सदनमा बोल्नको लागि समय मागेका छन् । उनले आफूले कुनैपनि हालतमा राजीनामा नदिने अडान दोहोर्याएका छन् । आज (बुधबार) बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो अडान सुनाएका हुन् । समितिको बैठकमा भिजिट भिसा प्रकरणको विषयमा गृहमन्त्रीको राजीनामाको प्रंसग उठेपछि मन्त्री लेखकले संसदमा आफ्नो कुरा राख्न पाउनुपर्ने बताएका हुन् । उक्त प्रकरणमा समितिमा नै धारणा राख्दा प्रतिनिधिसभाका सबै सांसदहरुको जिज्ञासा नम...

 प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

 प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगका पदाधिकारीले आफूहरु नियुक्त भएपछि थप उजुरीका लागि सूचना प्रवाहलगायत थालिएका काम, देखिएका चुनौती, बजेट र पूर्वाधारका लागि सरकारसँगका अपेक्षाबारेसमेत प्रस्तुति गरिएको थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रम...

नेपालले आज दाेस्राे खेल नेदरल्याण्डसँग खेल्दै

नेपालले आज दाेस्राे खेल नेदरल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दैछ । सो खेल स्कटल्याण्डको डुन्डेमा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट शुरू हुनेछ । यस शृङ्खलाको  पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएर रेकर्ड बनाएको थियो । जीतसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ खेलमा ८ अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । लिग-२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्याण्ड...

लोसपा प्रवक्तामा मनिष मिश्र नियुक्त

लोसपा प्रवक्तामा मनिष मिश्र नियुक्त
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मनिषकुमार मिश्रलाई केन्द्रीय प्रवक्ता पदमा मनोनयन गरेको छ।   पार्टी अध्यक्ष महन्थ ठाकुरलेपार्टीको संशोधित विधानअनुसार उनलाई केन्द्रीय महासचिवसँगै प्रवक्ताको भूमिकासमेत प्रदान गरिएको जानकारी दिइएको हो। अध्यक्ष ठाकुरले मिश्रलाई मनोनयन गरिएकोमा बधाई दिँदै देश, मधेश तथा पार्टीको हितमा उनको कार्यकाल उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन्। लोसपा नेपालको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा जारी पत्रमार्फत गर...

नेपाल शेर्पा संघको अध्यक्षमा तेन्जी शेर्पाको उम्मेदवारी घोषणा, सार्वजनिक गरे प्रतिबद्धता पत्र

नेपाल शेर्पा संघको अध्यक्षमा तेन्जी शेर्पाको उम्मेदवारी घोषणा, सार्वजनिक गरे प्रतिबद्धता पत्र
काठमाडौं । नेपाल शेर्पा संघको सातौँ महाधिवेशनका लागि वर्तमान उपाध्यक्ष तेन्जी शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणासँगै उनले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै शेर्पाले संघलाई संस्थागत रूपमा सुदृढ गर्दै शेर्पा समुदायको हकहित, पहिचान र समुन्नत भविष्यका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् । विगत लामो समयदेखि संघको उपाध्यक्षको भूमिकामा रहेर संस्थागत सुदृढीकरण, सांस्कृतिक पहिचानको संरक्षण, संघको भवन ख...

नेपाल प्रहरीद्वारा काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन

नेपाल प्रहरीद्वारा काठमाडौंमा निःशुल्क बस सेवा सञ्चालन
काठमाडौं । आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभर सार्वजनिक सवारी साधन ग्यारेजमै थन्किएपछि आज बिहानैबाट देशभर सेवा ठप्प बन्दा यात्रु मर्कामा परेका छन् । त्यसैलाई मध्यनजर गर्दै प्रहरीले यो निःशुल्क बस सेवा सुरु गरेको हो । रुट नं. १ः यो रुट नयाँ बसपार्कबाट सुरु भई बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीस...

राइड सेयरिङको अफलाइन बार्गेनिङ, बढी भाडा लिए जानकारी दिन प्रहरीको अनुरोध

राइड सेयरिङको अफलाइन बार्गेनिङ, बढी भाडा लिए जानकारी दिन प्रहरीको अनुरोध
काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले आज बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन् । सार्वजनिक यातायात बन्द भएसँगै राइड सेयर गर्ने कम्पनीले आज बिहानैबाट भाडा बढाएर मोबाइल एपमा राख्न थालेका हुन् । बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र बढी भाडा लिएको गुनासो आउन थालेपछि नेपाल प्रहरीले उजुरी दिन आग्रह गरेको छ । यात्रु ठगीमा परे नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल ग...

राष्ट्रिय दलित पत्रकार संघको छैटौं वर्षगाँठ सम्पन्न

राष्ट्रिय दलित पत्रकार संघको छैटौं वर्षगाँठ सम्पन्न
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद सचिब छबिलाल बिस्वकर्माले बर्तमान ब्यबस्था जोगाउनको निम्ति सम्पुर्ण गणतन्त्रबादी शक्ति एकजुट हुनुपर्ने आबश्यता औंल्याउनु भएको छ । रास्ट्रीय दलित पत्रकार संघ नेपाल (नाडजोड) को ‘छैटौं स्थापना दिबस’ को अबसरमा आयोजित कार्यक्रममा सचिब बिस्वकर्माले भने,”अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्र, समाबेसिता, धर्मनिरपेक्षता यतिकै आयको होइन, त्यसकारण यस्लाइ जोगाउनको निम्ति सम्पुर्ण गणतन्त्रबादी शक्ति एक हुनुपर्ने बेला आयको छ ।” पुर्बमन्...

बरिष्ठ साहित्यकार गणेश रसिकको निधन

बरिष्ठ साहित्यकार गणेश रसिकको निधन
काठमाडौं । बरिष्ठ साहित्यकार गणेश रसिकको निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए । रसिककी छोरी बेलायतबाट भोलि नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको । अहिले उनको शव टिचिङ अस्पतालमा राखिएको छ ।