राजनीति/समाचार

राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै
काठमाडौं । राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समूहले आज पनि प्रदर्शन गर्ने भएका छन् । आइतबार राजधानीको माइतीघर क्षेत्रमा शान्तिपूर्ण ब्यानर प्रदर्शन गर्ने भएका हुन् । यो आन्दोलनको आज चौथो दिन हो । शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समुहले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए । राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाका साथ...

भ्रष्टाचार, लुट, बेथिति एवं दलाल दलतन्त्रका कारण मुलुक धरासायी बन्दै : प्रभु साह

भ्रष्टाचार, लुट, बेथिति एवं दलाल दलतन्त्रका कारण मुलुक धरासायी बन्दै : प्रभु साह
जनकपुर । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढदो बेथिति, ब्रह्मलुट, विभेद एवं दलाल दलतन्त्रका कारण मुलुक धरासायी बन्दै गईरहेको बताएका छन् । ‘दलतन्त्रको भण्डाफोर गरौं, गणतन्त्रको दिशामा अघि बढौं’ आजपाद्धारा आज (शनिबार) मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकलाई जोगाउँनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने बताए । ‘मुलुकमा भ्रष्टाचार, लुट, बेथिति ब...

आज वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो देखाइने

आज वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो देखाइने
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा(भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आए नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए...

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा  मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो क...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ११ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खर...

हरेक दिन अनार खादाँ तपाइकाे शरिरमा देखिनेछ नयाँ नयाँ परिवर्तन

हरेक दिन अनार खादाँ तपाइकाे शरिरमा देखिनेछ नयाँ नयाँ परिवर्तन
काठमाडौं । के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यदि तपाईंले हरेक दिन अनार खानुभयो भने यसले तपाईंको शरीरमा कस्तो प्रभाव पार्छ ? हो, अनारलाई स्वास्थ्यको खजाना भनिन्छ र आयुर्वेद देखि आधुनिक विज्ञानसम्म यसलाई ‘सुपरफुड’ मानिएको छ। यो फल मात्र होइन, प्राकृतिक औषधि हो, जसले तपाईंको शरीरलाई भित्रबाट बलियो बनाउँछ। यसको मीठो दाना जति स्वादिलो ​​हुन्छ, त्यति नै फाइदाजनक हुन्छ । यदि तपाइँ यसलाई हरेक दिन खानुहुन्छ भने तपाइँको शरीरमा धेरै सकारात्मक परिवर्तनहरू देख्न सकिन्छ। हामी जानौं कि ...

कोसी प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध

कोसी प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध
विराटनगर । कोसी प्रदेशको पहाडी क्षेत्रहरुमा भइरहेको अविरल वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोसी राजमार्ग अवरुद्ध भएको छ । लेउती खोलामा आएको बाढीले सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । निमित्त प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार धनकुटाकै साँगुरीगढी गाउँपालिका–६ फेदीनजिकै करिब १०० मिटर कालोपत्रे सडक लेउतीको बाढीले बगाएको छ ‌। उक्त क्षेत्रमा यातायात अवरुद्ध बनेको छ । सोही राजमार्गको धनकुटा सांगुरिगढी–६ नमस्ते झरना आसपास रुख लडेर सडक अ...

क्यामरूनको ‘अवतारः३’ हुनेछ पान्डाेराकाे सुली परिवारकाे कथा

क्यामरूनको ‘अवतारः३’ हुनेछ पान्डाेराकाे सुली परिवारकाे कथा
काठमाडौं । हलिउडको चर्चित फिल्म ‘अवतारः फायर एन्ड ऐश’ लाई लिएर फ्यानहरु निकै उत्साहित छन् । फिल्मसँग सम्बन्धित हरेक अपडेटमा मानिसहरूको नजर छ र अब यससँग सम्बन्धित महत्त्वपूर्ण जानकारी पनि बाहिर आएको छ। ‘अवतार’ फ्रेन्चाइजको तेस्रो पार्टको रिलिज मिति देखि फिल्मको अर्को भागसम्मको कथाका केही महत्वपूर्ण अंशहरु सार्वजनिक भएका छन् । फिल्ममा खलनायक को बन्ने भन्ने पनि बताइएको छ । अहिलेसम्म जेम्स क्यामरुनको अवतार श्रृंखलामा नावी जातिलाई मुख्य नायकको रूपमा देखाइएको छ। मानिसलाई उपनि...

जेलमुक्त भएका कांग्रेस नेता आलमलाई मस्तिष्काघात, आईसीयूमा राखेर उपचार जारी

जेलमुक्त भएका कांग्रेस नेता आलमलाई मस्तिष्काघात, आईसीयूमा राखेर उपचार जारी
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई मस्तिष्काघात भएको छ । व्यक्ति हत्या प्रकरणमा आलमलाई गत जेठ १४ गते उच्च अदालत जनकपुर वीरगञ्ज इललासले सफाइ दिएको थियो । जेलमुक्त भएको दुई दिनमै आलमलाई मस्तिष्कघात भएको हो । अहिले अन्तपूर्ण न्युरो अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उनको उपचार भइरहेको बताइएको छ । उनलाई आज विहान करिब ७ बजेतिर मस्तिष्कघात भएको हो । यसअघि उनले उच्च रक्तचाप, मधुमेहलगायतका रोगको औषधि सेवन गरिरहेका थिए ।

माओवादीको मध्यपहाडी लोकमार्ग केन्द्रीय अभियान जेठ २१ पछि पुनः सुरु हुने

माओवादीको मध्यपहाडी लोकमार्ग केन्द्रीय अभियान जेठ २१ पछि पुनः सुरु हुने
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले हाल रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान जेठ २१ गतेपछि पुनः सुरु गर्ने भएको छ। आज बसेको पदाधिकारी बैठकले पोखरामा पुगेर रोकिएको अभियानलाई जेठ २१ गतेपछि निरन्तरता दिने निर्णय गरेको हो। माओवादीले यही जेठ २ गते बैतडीको पाटनबाट अभियान सुरु गरेको थियो।