राजनीति/समाचार

राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने

राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने
काठमाडौं । आज राजावादी समूहले काठमाडौंमा गर्न लागेको प्रदर्शनमा दुर्गा प्रसाईं समूह सहभागी नहुने भएको छ। आज प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले विज्ञप्ति निकालेर प्रदर्शनमा सहभागी नहुने बताएको हो । अध्यक्ष नै थुनामा रहेको अवस्थामा प्रदर्शनमा सहभागी नहुने महाअभियाले उल्लेख गरेको छ । गत चैत १५ गतेको हिंसात्मक घटनापछि प्रसाईँ थुनामा छन् ।

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने

आज बजेट सार्बजनिक हुने, १९ खर्ब बराबरको आउने
काठमाडौं ।  सरकारले आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्बजनिक गर्दैछ । अर्थमन्त्रालय स्रोतका अनुसार करिब १९ खर्ब रुपैयाँ हाराहारीको बजेट आज सार्बजनिक गर्न लागेको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिउँसो ३ बजे बस्ने संघीय संसदको बैठकबाट बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।  जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय योजना आयोगले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपैयाँ हाराहारीको बजेट सिलिङ तोके अनुसार नै बजेट तयार गर...

सुन चाँदी दुबैको घटयो मुल्य

सुन चाँदी दुबैको घटयो मुल्य
काठमाडौं । बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर १ लाख ८७ हजार ८ सयमा कारोबार भइरहेको छ । गत बुधबार सुन तोलाको १ लाख ८९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । साथै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

राजतन्त्रकाे अढाइ सय वर्ष भन्दा गणतन्त्रको १७ वर्षमा धेरै बिकासः प्रधानमन्त्री (सम्बाेधनकाे पुर्ण पाठ)

राजतन्त्रकाे अढाइ सय वर्ष भन्दा गणतन्त्रको १७ वर्षमा धेरै बिकासः प्रधानमन्त्री (सम्बाेधनकाे पुर्ण पाठ)
गणतन्त्र दिवस २०८२ को विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले १५ जेठ २०८२ मा गर्नुभएको सम्बोधन सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानन्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुख तथा राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय उप–प्रधानमन्त्री तथा मन्त्रीज्यूहरू, सङ्घीय संसदका माननीय सदस्य, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा विशिष्ट अतिथिज्यूहरू, जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरू ! स्वदेश एवम् विदेशमा रह...

अफताब आलमलाई उच्च अदालतबाट सफाइ

अफताब आलमलाई उच्च अदालतबाट सफाइ
काठमाडौं । रौतहट हत्याकाण्डका आरोपी नेपाली काँग्रेसका नेता अफताब आलमलाई उच्च अदालतले सफाइ दिएको छ । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो । काँग्रेस पूर्वसांसद आलममाथि संविधान सभाको निर्वाचनका बेला रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोप लागेको थियो । उनी घटनाको १२ वर्षपछि१९ असोज २०७६ मा पक्राउ परेका थिए । आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिं...

सुख्खा फोहर बिक्री गर्न वार्षिक ६ करोड ८ लाख रुपैयाँमा ठेक्का

सुख्खा फोहर बिक्री गर्न वार्षिक ६ करोड ८ लाख रुपैयाँमा ठेक्का
काठमाडौं । काठमाडौँ महानगरपालिकाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर विक्री गर्न करसहित वार्षिक ६ करोड ८ लाख ७२ हजार ३७१ रुपैयाँमा आय ठेक्का लगाएको छ । महानगरपालिकालाई ७ क्षेत्रमा विभाजन गरेर हरेक खण्डको छुट्टाछुट्टै प्रतिस्पर्धाबाट आय ठेक्का लगाएको हो । यी स्थानमध्ये क्षेत्र नम्बर ७ को मटेरियल रिकभरी सुविधा सञ्चालनमा आइसकेको इञ्जिनियर रामप्रसाद नेपालले जानकारी दिए । अन्य क्षेत्रमा क्रमशः सञ्चालन गर्दै लैजाने विभागको तयारी रहेको उनको भनाइ छ । क्षेत्र नम्बर ७ बाट २०८२...

एनआरएनए आईसीसीलाई अष्ट्रेलियाकी राजदुत यादवले गरिन् स्वागत

एनआरएनए आईसीसीलाई अष्ट्रेलियाकी राजदुत यादवले गरिन् स्वागत
काठमाडौं । अष्ट्रेलिया क्यानबेरा एनआरएनए आईसीसीका क्षेत्रीय संयोजक इरशाद अहमद र क्षेत्रीय उप संयोजक प्रताप रानालाई नेपालका लागी अष्ट्रेलियाका महामहिम राजदूत चित्रलेखा यादवले आज अष्ट्रेलियाको राजधानी क्यानबेरामा स्वागत एवम् सम्मान गरेकी छन्। अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली राजदूतावासको कार्यालयमा भएको भेटमा महामहिम राजदुत यादवले अहमद र रानालाई एनआरएनए आईसीसीलाई चुस्तदुरुस्त बनाएर अघि बढ्न आग्रह समेत गरिन् । भेटमा जनसम्पर्क समिति अष्ट्रलियाको वरिष्ठ उपाध्यक्ष ...

राप्रपाका तीन सांसदहरूको पिएसओ फिर्ता

राप्रपाका तीन सांसदहरूको पिएसओ फिर्ता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूका पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) फिर्ता भएका छन् । सरकारले आज प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता बोलाएको हो । पिएसओ किन फिर्ता गरियो भन्नेबारेमा जानकारी नभएको राप्रपाका सांसदहरूले बताएका छन् ।

राजा र धर्म फरक विषय हुन्, राजा राजनीतिक विषय हो : विश्व हिन्दु महासंघ

राजा र धर्म फरक विषय हुन्, राजा राजनीतिक विषय हो : विश्व हिन्दु महासंघ
काठमाडौं । विश्व हिन्दु महासंघले धर्म र राजा फरक विषय भएको भन्दै हिन्दु धर्मसँग राजा जोड्न आवश्यक नरहेको बताएको छ । महासंघले वर्तमानमा राजाका लागि चर्चामा रहेका पात्रमा राजामा हुने गुणसमेत नरहेको ठहर गरेको छ । हिन्दु राष्ट्र भएपछि उपयुक्त पात्र राजा बन्ने बाटो भने खुला रहेको महासंघले बताएको छ । धर्म जनताको आस्था र श्रद्धासँग जोडिएको विषय भन्दै विज्ञप्तिमा राजा राजनीतिक विषय भएको उल्लेख छ । हिन्दु राष्ट्रमा राजा निषेधित नभए पनि त्यसको अस्तित्व जनचाहना तथा गरिमा र गुणयुक्त व...

चर्चित हास्य कलाकार समेटेर आयो हास्य शृंखला ‘गाँवै रमाइलो’

चर्चित हास्य कलाकार समेटेर आयो हास्य शृंखला ‘गाँवै रमाइलो’
काठमाडौं । कलाकार, टेलिफिल्म निर्माता तथा परिकल्पनाकार जयकुमार थापा र निर्माता नदिश मानन्धरले ‘गाँवै रमाइलो’ नामक नयाँ हास्य शृंखला बजारमा ल्याउने भएका छन्। थापा र मानन्धरले ‘गाँवै रमाइलो’ टेलिफिल्म जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर लञ्च गर्न लागेका हुन्। उनीहरूको यो नयाँ टेलिफिल्म देवकी मिडिया नामक युट्युब च्यानलबाट हरेक साताको बिहीबार बेलुका साढे ७ बजे प्रसारण हुने छ। सामाजिक कथा तथा राजनीतिक विषयवस्तुमाथि तीखो व्यंग्य गर्ने कथावस्तु लिएर आफूहरूले नयाँ हास्य शृंखला ब...