राजनीति/समाचार

काेराेनालाई हेप्दा एक सातामै ३५० अमेरिकनकाे मृत्यु

काेराेनालाई हेप्दा एक सातामै ३५० अमेरिकनकाे मृत्यु
वासिंगटन डिसी । अमेरिकामा कोरोनाले अझै ज्यान लिइरहेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार पछिल्लो एक सातामा कोभिड–१९ का कारण ३५० अमेरिकीको मृत्यु भएको छ । यो संख्या पहिलेको तुलनामा कम भएपनि चिन्ता भने कायमै रहेको उसले जनाएको छ । कोभिडको नयाँ सब–भ्यारियन्ट एनबी १.८.१ अमेरिका, सिंगापुर र हङकङ लगायत एशियामा तिब्र गतिमा फैलिरहेको छ। वैज्ञानिकहरूका अनुसार यो भेरियन्ट अझ छिटो फैलिने देखिएको छ । यद्यपि यसको गम्भीरताबारे अनुसन्धान भने जारी रहेको सिडिसील...

प्रधानमन्त्री, काँग्रेस सभापति देउवा र गृहमन्त्री लेखकबीच छलफल

प्रधानमन्त्री, काँग्रेस सभापति देउवा र गृहमन्त्री लेखकबीच छलफल
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच छलफल भएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नाम मुछिएपछि विपक्षी दलहरूले राजीनामा माग्दै संसद अवरोध गरिरहेकाबीच तीन नेताबीच छलफल भएको हो ।

सुनको मूल्य सामान्य घट्यो

सुनको मूल्य सामान्य घट्यो
काठमाडौं । आज सुनको मूल्य सामान्य रूपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सोमबार सुन प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भएकोमा आज भने १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगन भएको छ । संसद्‌को अर्को बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । सदनबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका विपक्षी दलहरूले अडान नछाडेपछि बैठक स्थगन गरिएको हो । आज सुरुमा आधा घण्टाका लागि स्थगन गरिएको बैठक पछि सूचनामार्फत साढे २ बजे बस्ने भनिएको थियो । तर, दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक भोलि बिहानसम्मका लागि स्थगन गरिएको हो । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान ...

गृह मन्त्रीकाे राजिनामा माग्दै संसदमा प्रतिपक्षीकाे नारावाजी

गृह मन्त्रीकाे राजिनामा माग्दै संसदमा प्रतिपक्षीकाे नारावाजी
काठमाडौं । प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएकाे छ । भिजिट भिषा प्रकरणमा मुछिएका मन्त्री लेखककाे राजिनामा माग गर्दै संसदमा नाराबाजी गरे पछि बैठक स्थगित भएकाे छ। गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै विपक्षी दलहरूले सदन अवरोध गरेका थिए, आजै बस्ने गरी ३० मिनेटका लागि बैठक स्थगित गरिएको हो। प्रतिनिधि सभाको सुरुमै बोल्दै माओवादीको उपमहासचिव वर्षमान पुनले यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग ज...

जेठ १८ गते चाबहिलमा शैक्षिक मेला हुँदै

जेठ १८ गते चाबहिलमा शैक्षिक मेला हुँदै
काठमाडौं । इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी)को चावहिलस्थित शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट-२०२५’ नामक शैक्षिक मेला हुने भएको छ। यही जेठ १८ गते अथार्त जुन १ तारिखका दिन क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी शैक्षिक मेला हुन लागेको हो। विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि मेला निकै लाभदायी हुने आईसीसीसीले जनाएको छ। मेलामा आफ्ना लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यह...

राजावादीको जनआन्दोलन रत्नपार्क केन्द्रित गर्ने तयारी, एमालेको भृकुटीमण्डपमा

राजावादीको जनआन्दोलन रत्नपार्क केन्द्रित गर्ने तयारी, एमालेको भृकुटीमण्डपमा
काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंमा राजावादीले जेठ १५ मा संयुक्त आन्दोलनको थालनी गर्दै छन् । यही दिन एमालेले पनि जनप्रदर्शन गर्ने भएपछि सुरक्षा अवस्था संवेदनशील बन्ने देखिएको छ । नवराज सुबेदीले नेतृत्व गरेको संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी घटकहरूको सहभागीमा वृहत आन्दोलन हुन लागेको हो । उपत्यका बाहिरबाट समेत मानिसहरू उतारेर काठमाडौंमा शक्ति प्रदर्शन गर्ने राजावादीहरूको तयारी छ । राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन निरन्तर जारी राख्ने उनीहर...

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने विपक्षीहरुको निर्णय, प्रधानमन्त्रीको जवाफ माग

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने विपक्षीहरुको निर्णय, प्रधानमन्त्रीको जवाफ माग
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरुको बैठकले आजको प्रतिनिधिसभा बैठक चल्न नदिने निर्णय गरेका छन् । गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न नदिने उनीहरुको निर्णय छ । सिंहदरबारमा आज विहान बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामासहित संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय भएको बैठकमा सहभागी आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिए । उनकाअनुसार यो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि जवाफ माग्...

सुनको मुल्य सामान्य घटयो

सुनको मुल्य सामान्य घटयो
काठमाडौं । आज सुनको मूल्य सामान्य रूपमा घटेको छ। आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर एक लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमवार १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको जनाएको थियो । उता, हिजो चाँदीको मुल्य प्रति तोला २  हजार ५ रुपैयाँमा कारोबार भएकोमा आज भने १ हजार ९ सय ९५  रुपैयाँमा कारोबार भइरहेको छ।

एमाले निकट युवा संघको भावी नेतृत्वका लागि मतदान सुरू

एमाले निकट युवा संघको भावी नेतृत्वका लागि मतदान सुरू
पोखरा । राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सहमतिको लामो रस्साकस्सी पछि पोखरा सभागृहमा मंगलबार बिहान १०ः०० बजेबाट मतदान सुरु गरिएको हो । भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले आ आफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका हुन् । आज भइरहेको निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ भने प्रदेश पिच्छे फरक फरक मतदान बुथ राखिएको छ। थेबे प्यानलबाट  उपाध्यक्षमा क्रमशः महाराज गुरुङ र विनय शाह तथा महासचिवम...