राजनीति/समाचार

एमाले सरकारमा बसेर अराजकता मच्चाउँदै – राजावादी आन्दोलनलाई काउन्टर दिन जेठ १५ गते जनप्रदर्शन गर्ने तयारी

काठमाडौं । गणतन्त्र दिवसको दिन राजावादीले राजधानी कब्जा गर्ने बताइरहँदा सत्तारुढ नेकपा (एमाले)ले राजावादी आन्दोलनलाई काउन्टर दिन जेठ १५ गते नै काठमाडौंमा जनप्रदर्शनको तयारी गरेको छ । एमालेले जनप्रदर्शनका लागि जनसंगठन पदाधिकारीको बैठक राखेको छ । एमाले सरकारमा बसेर अराजकता मच्चाउँन खोजेको भन्दै तिव्र आलोचना हुने बताईएको छ । यता सत्ता साझेदार दल नेपाली कांग्रेसको समेत एमालेको अराजकतामा मुकदर्शक बनेको भन्दै आलोचना भएको छ । पार्टी मुख्यालयमा जारी बैठकमा प्रदर्शनका दिन बढीभन्...

नेसपा र माओवादी केन्द्रबीच आज एकता हुँदै

नेसपा र माओवादी केन्द्रबीच आज एकता हुँदै
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा (माओवादी केन्द्र) बीच आज एकता हुँदै छ । सोमबार ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान साढे ११ बजे माओवादी केन्द्र र नेसपाबीच एकता घोषणा गर्ने कार्यक्रम छ । गएको चैत ३ गतेको नेसपाको तीनबुँदे निर्णयका आधारमा माओवादी केन्द्रसँग पार्टी एकता हुन लागेको हो । पूर्वसहमतिअनुसार माओवादी केन्द्रसँग एकता गर्नबाट तत्कालीन अध्यक्ष महिन्द्र राय यादव पछि हटेका थिए । त्यसपछि गंगानारायण श्रेष्ठ एकता प्रक्रियामा अघि बढेका थ...

कति छ आज अमेरिकी डलरको मूल्य ?

कति छ आज अमेरिकी डलरको मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ १८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९९ पैसा तोकिएको छ । स्वीस फ्रयांक एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । नेपाल राष्...

युवा संघको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

युवा संघको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै
पोखरा । राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । पोखरामा जारी दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत सर्वसम्मत नेतृत्व छान्ने प्रयास असफल भएपछि मतदान हुन लागेको हो । प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले जारी गरेको सूचनाअनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । मतदाता नामावली प्रकाशन भइसकेको छ । १ हजार ७ सय ५१ जनाको नाम अन्तिम मतदाता नामावलीमा प्रकाशन भएको हो । विद्युतीय मेसिनबाट हुने मतदानलगत्तै मतगणना सुरु गरिनेछ । मतगणना सकिएपछि नि...

एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच छलफल

एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच छलफल
काठमाडौं । सत्ताधारी दल नेकपा (एमाले) र नेपाली काँग्रेसका शीर्ष नेताहरूबीच छलफल भएको छ । प्रधानमन्त्रीसहित दुई दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो । छलफलमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल सहभागी भएका छन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, मन्त्रीहरू रमेश लेखक, आरजु राणा देउवा र रामनाथ अधिकारी छन्। शीर्ष नेताहरूबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय

गणतन्त्र दिवस उत्सवका रूपमा मनाउने एमालेको निर्णय
काठमाडौं । नेकपा (एमाले) को ५२औं सचिवालय बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकपछि महासचिव पोखरेलले भने,‘आजको बैठक समसामयीक विषयमा केन्द्रित थियो । बैठकले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउने निर्णय गरेको छ । यस अवसरमा जनसमुद...

बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा

बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा पुगेको छ । आर्थिक सर्वेक्षण, संस्थानहरुको प्रगति, मन्त्रालयगत प्रगति विवरणको तयारी अन्तिम चरणमा पुगेको हो । प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। बजेट वक्तव्यसहित व्यय अनुमान, आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक लगायतको पनि तयारी जारी...

नेपालको कूल सार्वजनिक ऋण २६ खर्ब नाघ्यो

नेपालको कूल सार्वजनिक ऋण २६ खर्ब नाघ्यो
काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २६ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१र८२ को वैशाख मसान्तसम्ममा सार्वजनिक ऋणको दायित्व २४ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ पुगेको हो । चालू आवको सुरुआत अर्थात् २०८१ असार मसान्तमा कूल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड बराबर थियो । चालू आवको १० महिनामा १ खर्ब ८८ अर्ब ३० करोड बराबर ऋण थपिएको हो । हालसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ३१ र बाह्य ऋणको हिस्सा ५१ दशमलव ६९ प्रतिशत छ ।...

सर्वोच्चले रवि लामिछानेको मुद्दामा गरेको आदेश सच्यायो

सर्वोच्चले रवि लामिछानेको मुद्दामा गरेको आदेश सच्यायो
काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा गरेको आदेश सच्याएको छ । आज न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको थियो। तर उक्त आदेशको शीर्षकमा ‘फैसला’ शब्दको प्रयोग भएको थियो। त्यहाँ ‘आदेश’ उल्लेख गर्नुपर्ने भएपछि सर्वोच्चले आज पेशी राखेर आदेश सच्याएको हो । ‘अदालतबाट जेठ ९ मा भएको आदेशको शिर खण्डको चौथो हरफमा ‘आदेश’ हुनुपर्नेमा टाइप गर्दा भुलवश ‘फैसला’ हुन गएकोले न्याय प्रशासन ...

युवा संघमा क्षितिज थेवे र सुमन पुरीबीच प्रतिस्पर्धा, थेवेको पल्लाभारी हुने

युवा संघमा क्षितिज थेवे र सुमन पुरीबीच प्रतिस्पर्धा, थेवेको पल्लाभारी हुने
काठमाडौं । नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघको पोखरामा जारी १०औं महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेको छ । निर्वाचन समितिले भर्खरै सार्वजनिक गरेको तालिकाअनुसार अपरान्ह ४ देखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । महाधिवेशनबाट फेरि दोहोरिन चाहेका वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा देखिएको छ । तर, नेताहरू सर्वसम्मतको प्रयासमा जुटेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन भन्दै थेवेलाई अध्यक्ष बनाउने र पुरीलाई पार्ट...