राजनीति/समाचार

विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला
काठमाडौं । सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने ठहर गरेको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरे पछि  पौडेललाई गभर्नर बन्न बाटो खुलेको हो । अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यहि जेठ २ मा दरपीठ गरिदिएको थियो । उप्रेती र थापाले पौडेल राजनीतिक...

विश्व पौडेलको बिरूद्दको सुनवाई सकियो, केही बेरमा आदेश आउँदै

विश्व पौडेलको बिरूद्दको सुनवाई सकियो, केही बेरमा आदेश आउँदै
काठमाडौं । विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्ने विरूद्धको निवेदनमाथि सुनवाई सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पौडेल बिरूद्दको सुनुवाई सकिएको हो । अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यहि जेठ २ मा दरपीठ गरिदिएको थियो । उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर निय...

विश्व पौडेलविरुद्धको रिट दरपीठको सुनुवाई न्यायाधीश सपना प्रधान मल्लको इजलासमा

विश्व पौडेलविरुद्धको रिट दरपीठको सुनुवाई न्यायाधीश सपना प्रधान मल्लको इजलासमा
काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बनाउन नहुने भनेर सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्नेविरुद्धको निवेदन न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा परेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गरिएको थियो । अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै गत बैशाख ३० गते सर्वोच्च अदालतमा रिट हालेका थिए । तर, सर्वोच्चले उक्त रिट दरपीठ गरे...

जेठ १५ को आन्दोलन हिंसात्मक नहुने राजेन्द्र लिङ्देनको दावी

जेठ १५ को आन्दोलन हिंसात्मक नहुने राजेन्द्र लिङ्देनको दावी
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरू हुने आफूहरूको आन्दोलन हिंसात्मक नहुने दावी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले जेठ १५ गतेदेखि सुरू हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताए । सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उनले बताए । उनले मानवअधिकार आयोगका साथै अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई जेठ १५ गते हुने प्रदर्शनको अनु...

आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने

आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सबै प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बद...

सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झण्डा

सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झण्डा
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको झण्डा फहराइएको छ । आरोही मिङ्मा डेभिड शेर्पाले सोमबार सगरमाथामा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगोसहितको झण्डा फहराएका हुन् । अनेरास्ववियुका अध्यक्ष समिक बडालले विश्वको सर्वोच्च शिखर सगरमाथामा अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगो र झण्डा फहरिनु संगठनको साझा गौरवको क्षण भएको बताए । ‘यो केवल झण्डा होइन, यो हो हाम्रो प्रतिबद्धता, साहस र संघर्षको प्रतिक’ अध्यक्ष बडालले फेसबुकमा लेखेका छन्, ...

पानी पिउदाँ गलत त गरिरहनु भएको त छैन, उसो भए यो ४ तरिका जान्नुहोस्

पानी पिउदाँ गलत त गरिरहनु भएको त छैन, उसो भए यो ४ तरिका जान्नुहोस्
काठमाडौं । पानी पिउनुलाई पूर्ण रूपमा काम भन्न सकिँदैन। यो एउटा नियमित गतिविधि हो, जुन हामीले बाल्यकालदेखि गर्दै आएका पनि छौं। कहिलेकाहीँ यो अनौठो सुनिन्छ कि पानी पिउने तरिका पनि सही वा गलत हुन्छ । तर, सत्य यो हो कि हो, पानी पिउने तरिका सही र गलत हुन्छ । पानी राम्ररी नपिउने हो भने यसले स्वास्थ्यमा असर गर्छ । त्यसैगरी, गलत तरिकाले पानी पिउँदा पनि शरीरले पीडा बेहोर्नुपर्ने हुन्छ र यी विभिन्न समस्याको कारण के हो भन्ने प्रश्नमा हामी बताउनेछौं । विज्ञहरूका अनुसार पानी पिउने क...

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्याईयो’

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्याईयो’
काठमाडौं । संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिबेदनमा पुनः असन्तुष्टी जाहेर भएको छ  । गत चैत २० गते देखी काठमाडौंमा झन्डै एक महिना प्रदर्शन गरेर बिधालय फर्किएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले असन्तुष्टी जाहेर गरेको हो ।आन्दोलनको मागको मर्म बिपरित शिक्षा उप समितिले प्रतिवेदन बुझाएको भन्दै अध्यक्ष लक्ष्मी किशोर सुबेदीले सामाजिक सञ्जालवाट असहमति जाहेर गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘शिक्षा उपसिमितिको प्रतिवेदन’ शिर्षकमा असहमति जाहेर...

अमेरिकी डलर १३६ पुग्दा युरोको मूल्य कति छ ?

अमेरिकी डलर १३६ पुग्दा युरोको मूल्य कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा तोकिएको छ । स्वीस फ्रयांक एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६६ पैसा कायम गरिएको छ । अस्ट्रे...

टी–२० विश्वकप छनोट : नेपाली महिला टिम यूएईसँग भिड्दै

टी–२० विश्वकप छनोट : नेपाली महिला टिम यूएईसँग भिड्दै
काठमाडौं । महिला टी–२० विश्वकपका लागि नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो । यो खेल बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ । प्रतियोगित...