राजनीति/समाचार

सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आइपुगे चिनियाँ नेता सियाओ

सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आइपुगे चिनियाँ नेता सियाओ
काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका लागि बिहीबार राति काठमाडौं आइपुगेका छन् । उनी सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए । सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदैछ ।

सतुङ्गलको कपडा पसलमा आगलागी

सतुङ्गलको कपडा पसलमा आगलागी
काठमाडौं । चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । आज बिहान करिब ५ः३० देखि लागेको आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी स्थानीयलगायत लागिपरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । आगो निभाउन नेपाली सेना विपद् व्यवस्थापन गण, नेपाल आयल निगम जुद्ध बारूणयन्त्र चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको समेत दमकल प्रयोग ...

आजको मौसम: दुई प्रदेशमा हावाहुरी चल्ने

आजको मौसम: दुई प्रदेशमा हावाहुरी चल्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा भईरह...

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ
बारा । ललाई फकाई बिभिन्न प्रलोभन देखाएर बाराकी एकचेलीलाई भारतको राजधानी दिल्ली स्थित बेश्यालय पुर्याउन खोजेका एकजना युवक भारतीय सीमा सुरक्षा बल एसएसबीको फन्दामा परेका छन्। रौतहट संग सिमाना जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थाना क्षेत्र अन्तर्गत जमुनिया स्थित एसएसबी क्याम्पको टोलीले गएराती उनीहरुलाई पक्राउ गरेको हो। नेपालबाट एकजना युवकले मानव तस्कारीको उदेश्यले एक युवती लिएर आउँदै गरेको सूचनाको आधारमा नेपाल भारत सीमाक्षेत्र पिल्लर संख्या 3556/2 नजिकै मोटरसाईकलमा ज...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुन तोलामा १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। मंगलबार तोलामा १९ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १९ सय ६० कायम भएको हो ।

शाहरूखको ‘किंग’मा अनिल कपुरको इन्ट्री, मे १८ वाट सुटिङमा जाने

शाहरूखको ‘किंग’मा अनिल कपुरको इन्ट्री, मे १८ वाट सुटिङमा जाने
मुम्बई । सुपरस्टार शाहरुख खानको बहुप्रतिक्षित एक्शन थ्रिलर ‘किंग’ मा हरेक दिन नयाँ नयाँ कलाकार थपिदैँ गएका छन् ।फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन, जो मेगा ब्लकबस्टर पठान (२०२३) पछि किङ खानसँग पुनः सँगै प्रोजेक्टमा काम गरिरहेका छन् । भर्खरै यो खबर बाहिरिएको थियो कि अर्शद वारसी शाहरूखको ‘किंग’ को कास्टमा सामेल भएका छन् तर यसैबिच पिंकभिलाको पछिल्लो रिपोर्टले अर्का चर्चित अभिनेता पनि थपेको जानकारी दिएको छ, जस अनुसार ‘किंग’मा दिग्गज अनिल कपूर पनि फिल्ममा सामेल भएका छन...

चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस्

चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस्
काठमाडौं । अधिकांश मानिसले आफ्नो दिनको सुरुवात एक कप तातो चियाबाट गर्छन्। कतिपयको घरमा त दिनमा कम्तीमा ३ देखि ४ पटक चियासमेत बनाइन्छ किनकी पाहुना आउँदा पनि चियाले सत्कार गर्ने चलन छ । यस्तो अवस्थामा चिया बनाएपछि भाँडाकुँडा सफा गर्नु निकै कष्टकर काम हुन जान्छ । विशेषगरी चिया छान्ने (चिया जाली) समयसँगै फोहोर र कालो हुँदै जान्छ, जसका कारण यसको प्वाल बन्द हुन्छ र चिया जालीले राम्रोसँग फिल्टर गर्नसमेत सक्दैन । अब, जब यो हुन्छ, मानिसहरूले प्रायः चिया जालीलाई बेकार भयो भनेर यसै फ...

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज डलरको भाउ १ को खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा छ । यसैगरी, आज युरो १ को खरिददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा छ । त्यस्तै, आज यूके पाउन्ड स्ट्रर्लिङ १ को खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा छ । त्यसैगरी, अस्ट्रेलियन डलर १ को...

सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा

सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा
काठमाडौं। अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमणअन्तर्गत मंगलबारदेखि साउदी अरेबियाको भ्रमणमा छन् । भ्रमणका क्रममा साउदी अरेबियाका राजधानी रियादमा बोल्दै ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरबलाई अमेरिकाको सबैभन्दा बलियो साझेदार भन्दै भ्रमणको पहिलो दिन नै साउदी अरेयिबासँग १४२ अर्ब डलरको हतियार सम्झौता ...

साफ यू–१९ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

साफ यू–१९ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित
काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा नेपाल घरेलु टोली भारतसँग पराजित भएको छ । भारतको अरुणाञ्चलस्थित गोल्डेन जुबिली रंगशालामा मंगलबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ४–० गोलअन्तरले पराजित भएको हो । नेपालले पहिलो खेलमा श्रीलंकालाई ५–० गोलले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । समूह ‘बी’बाट भारत समूह विजेता र नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’बाट बंगलादेश समूह विजेता र माल्दिभ्स उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले स...