राजनीति/समाचार

आजको राशिफल: २०८२ बैशाख ३१ गते बुधवार

आजको राशिफल बि सं २०८२ वैशाख ३१ गते बुधवार, ई.सं २०२५ मे १४ नेपाल सम्बत ११४५ बछलागा द्वितीया, सिद्धार्थि नाम,  संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, जेष्ठ कृष्णा द्वितीया, चन्द्रमा बृश्चिक राशिमा, सुर्य मिन राशीमा, करणः तैतिल, योगः परिघ । आज नेपालमा सूर्योदय बिहान ०५ः१८ मा भएको छ, सूर्यास्त साँझ ०६ः४४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्र...

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहनेछ । आर्थिक व...

रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । गत चैत १५ गतेको हिंसात्मक तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहितलाई थप ५ दिन हिरासतमा राख्न म्याद थप भएको छ । आज काठमाडौं जिल्ला अदालतले २६ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो । राज्य विरूद्धको कसुर र संगठित अपराध मुद्दामा उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रधानमन्त्रीले गरे अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको शिलान्यास

प्रधानमन्त्रीले गरे अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको शिलान्यास
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरेका छन् । बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्। देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्...

विश्वकप एसिया छनोटः हङकङसँग नेपाल पराजित सुपर थ्री यात्रा कठिन

विश्वकप एसिया छनोटः हङकङसँग नेपाल पराजित सुपर थ्री यात्रा कठिन
काठमाडौँ । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको ३० रनको लक्ष्य हङकङले निर्धारित ४।३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । गएरातिको वर्षाका कारण मैदान भिजेपछि ढिला सुरु भएको खेल ५ ओभरमा छोट्याएर खेलाइएको थियो । हङकङका लागि ओपनर सन्जिन सहजाद १५ र यास्मिन डास्वानी ३ रनमा अविजित रहे । क्यारी चान र कप्तान नतासा माइल्स शून्य रनमा नै आउट भए । हङकङलाई अन्तिम ओभरमा ३ रन चाहिएको अवस्थामा कविता कुवँरले पहिलो बलमा मारिको हिललाई बोल्ड आउट...

पनौतीमा बेपत्ता महिला खोजी गर्ने क्रम जारी

पनौतीमा बेपत्ता महिला खोजी गर्ने क्रम जारी
बनेपा । पनौतीमा खोलामा डुबेर बेपत्ता भएकी महिलाको खोजी कार्य जारी रहेको छ । काभ्रेस्थित पनौती नगरपालिका–५ मा बैशाख २९ गते बाढिमा बेपत्ता महिलाको खोजी गर्नका लागि सशष्त्र प्रहरी बल १५ नम्बर गण, काभ्रेको सुरक्षा फौज लागिरहेको हो । हिजो साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् ।  

काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान, दैनिक प्रशोधन क्षमता ५ हजार लिटर

काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान, दैनिक प्रशोधन क्षमता ५ हजार लिटर
काठमाडौं।  काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट फोहर पानी प्रशोधन गर्छ, यसको लागत करिब २० लाख रुपैयाँ रहेको जनाइएको छ। ‘यो नमूना योजना हो, यसको नतिजा हेरेर विस्तार गर्नेछौँ,’ कार्यक्रमका बारेमा जानकारी दिँदै वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले भनिन,  ‘काठमाडौँको स्वच्छताका ...

रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर

रवीन्द्र मिश्रको तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानूनीरूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । मिश्रको तर्फबाट उनकी पत्नी सारिका कार्कीले रिट निवेदन दिएकी हुन् । मिश्रलाई तीनकुने आन्दोलनसँग जोडेर गत १५ चैत पक्राउ गरिएको थियो । उनलाई सात पटक म्याद थप गरिसकिएको छ । प्रहरीले उनीमाथि राज्य विप्लव, संगठित अपराध र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान भइरहेको भन्दै लगातार म्याद थप गराएको हो । सारिकाले द...

हुलाक बैंकको ५ करोड ३५ लाख रुपैयाँ अपचलन आरोपमा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

हुलाक बैंकको ५ करोड ३५ लाख रुपैयाँ अपचलन आरोपमा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन नायब सुब्बा बलीरामप्रसाद कुर्मी भनिने बलिराम प्रसादविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवा ५ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कुर्मीविरुद्ध मंगलबार ५ करोड ३५ लाख ६४ हजार २ सय ७९ रुपैयाँ ३३ पैया बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । २०६० सालदेखि हुलाकमा कार्यरत कुर्मीले पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरिएको...

बर्दिवास भंगहा औद्यौगिक करिडोरको कार्य द्रुत गतिमा अगाडि बढछः श्रममन्त्री भण्डारी

बर्दिवास भंगहा औद्यौगिक करिडोरको कार्य द्रुत गतिमा अगाडि बढछः श्रममन्त्री भण्डारी
बर्दिवास । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले महोत्तरीको बर्दिवास भंगहा अद्यौगिक करिडोरको कार्य दु्रतगतिमा अगाडि बढने विश्वास व्यक्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता समेत रहेका मन्त्री भण्डारीले मंगलवार उक्त निर्माणाधिन बर्दिवास भंगहा अद्यौगिक करिडोरको जग्गा अनुगमन तथा स्थानीयसँग सम्वाद गर्ने क्रममा यस्तो बताएका हुन । मन्त्री भण्डारीले, महोत्तरी जिल्लाको समुचित विकासको लागि बर्दिवास भंगहा अद्यौगिक करिडोर एउटा कोशेढुंगा सावित ...