गभर्नर बनाउन नमिल्ने मागदाबीसहित पौडेलविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाबीच अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनविपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका हुन् ।
रिट दायर भए पनि दर्ता हुन भने बाँकी छ । यसअघि उनीहरूले नै डा. गुणाकर भट्टलाई पनि गभर्नर बनाउनलागेको भन्दै सर्वोच्चमै रिट दायर गरेका थिए भने त्यसअघि अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक नियुक्तिसम्बन्धी माप...









