कक्षा १२ को परीक्षा स्थगित भएको सूचना भ्रामक, विश्वास नगर्न बोर्डको आग्रह
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा स्थगित भएको भ्रामक सूचनाको विश्वास नगर्न आग्रह गरेको छ । बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण भइरहेको भन्दै त्यस्तो सूचनाको विश्वास नगर्न आग्रह गरेको हो ।
बोर्डद्वारा यही २०८२ साल वैशाख ११ गतेबाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण...









