राजनीति/समाचार

अर्थसँगै तीन समितिको बैठक बस्दै

अर्थसँगै तीन समितिको बैठक बस्दै
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गत आज तीन समितिको बैठक बस्ने भएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठकमा आगामी आ.व. को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्दै छ । यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दि...

मानव अधिकार आयोग जाँदै रास्वपा

मानव अधिकार आयोग जाँदै रास्वपा
काठमाडौं । पार्टी सभापति रवि लामिछानेलाई प्रक्रिया नपुर्‍याई पक्राउ गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी मानव अधिकार आयोग जाने भएको छ । पक्राउका क्रममा सामान्य प्रक्रिया पनि पालना नगरिएको भन्दै रास्वपा आयोग जाने भएको हो । सभापतिले गिरफ्तारी दिन्छु भनेर सार्वजनिक रूपमै भनेको स्थितिमा पनि बेडरूममै आएर धरपकड गरिएको रास्वपाले जनाएको छ । सुप्रिम सहकारी ठगी आरोपमा लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउने आदेश गरेको थियो।

कुलमान घिसिङको समर्थनमा काठमाडौंमा प्रदर्शन

कुलमान घिसिङको समर्थनमा काठमाडौंमा प्रदर्शन
काठमाडौं । नेपाली विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा काठमाडौंमा प्रदर्शन भएको छ । घिसिङलाई पुनर्बहाली गर्न माग गर्दै माइतीघर मण्डलीमा प्रदर्शन भएको हो । घिसिङका समर्थकहरूले उर्जामन्त्री दिपक खड्काको राजीनामा समेत मागेका छन् । बानेश्वरबाट सुरु भएको र्याली माइतीघर पुगेर कोण सभामा परिणत भएको थियो ।

सात समूहलाई सगरमाथा आरोहणको अनुमति

सात समूहलाई सगरमाथा आरोहणको अनुमति
काठमाडौं । यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । विभागका निर्देशक लीलाधर अवस्थीले आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ । उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए । विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कूल १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमत...

मुख्यमन्त्री कप भलिबल आजदेखि

मुख्यमन्त्री कप भलिबल आजदेखि
भोजपुर । भोजपुर सदरमुकाममा आजदेखि पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदै छ ।  आयोजक जिल्ला भलिबल संघका महासचिव सङ्ग्राम किरातीका अनुसार प्रतियोगितमा मधेस र कर्णाली प्रदेशबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने छ ।  प्रतियोगिता यही चैत २८ गतेसम्म चल्ने छ । सबै खेल भोजपुर नगरपालिका–७ कोदारस्थित मैदानमा सञ्चालन हुने छन् । प्रतियोगिता सञ्चालन गर्न कोशी प्रदेश सरकारले २० लाख रुपैयाँ सहयोग ...

रामकृष्ण र काजोलको स्वरमा ‘यो माया बसेर होकी’ सार्वजनिक

रामकृष्ण र काजोलको स्वरमा ‘यो माया बसेर होकी’ सार्वजनिक
काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकाल र काजोल कार्कीको सुमधुर स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक ‘यो माया बसेर होकी’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । गीतमा कुशल सिंहको संगीत संयोजन रहेको छ । रोमान्टिक गीतको भिडियोमा गायक रामकृष्ण ढकाल र काजोल कार्की फिचर्ड छन् । नेपाली संगीत क्षेत्रमा सम्भावना बोकेर काजोल कार्कीको प्रवेश भएको छ । गायक ढकालसँगको युगल गायन केमेस्ट्री मिलेको छ। सुनील क्षेत्रीको निर्देशनमा बनेको भिडियोमा अभि वाग...

‘जनै हराएको बाहुन’को शुभमुहूर्त, ४० दिनमा छांयाकन सकिने

‘जनै हराएको बाहुन’को शुभमुहूर्त, ४० दिनमा छांयाकन सकिने
काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आइतबार बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । बुढानीलकण्ठ मन्दिर परिसरभित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए । सोबारबाट चलचित्रको छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ । यसअघि यो चलचित्रको स्क्रिप्ट पूजा पनि गरिएको थियो । ‘जनै हराएको बाहुन’...

पूर्खाको मिहेनत र परिश्रमको चिनो हो सम्पदा, संरक्षण गरौं : राष्ट्रपति पौडेल

पूर्खाको मिहेनत र परिश्रमको चिनो हो सम्पदा, संरक्षण गरौं : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशकाअमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमातीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् । पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताएका हुन् । उनले भने, ‘भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पूर्खालाई बुझ्ने महत्वपूर्ण कडी ह...

बार निर्वाचन : मतगणना सोमबारदेखि

बार निर्वाचन : मतगणना सोमबारदेखि
काठमाडौं । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सोमबारदेखि हुने भएको छ । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको मतपेटिका आज बेलुकासम्म काठमाडौँ आइपुग्ने छ भने सोमबारदेखि मतगणना सुरु गरिनेछ । बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो । काठ...

आईपीयूको दिगो विकास स्थायी समितिमा सांसद शाक्य निर्वाचित

आईपीयूको दिगो विकास स्थायी समितिमा सांसद शाक्य निर्वाचित
काठमाडौं । राष्ट्रिय सभा सदस्य डाक्टर अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयु)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक विजयी भएकी छन् । उज्वेकिस्तानको राजधानी ताश्केन्टमा भएको सम्मेलनमा उनले नेपालबाट प्रतिनिधित्व गरेकी थिइन् । उनीसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । दुवै उम्मेदवारलाई पछि पार्दै शाक्य विजयी भएकी हुन् । सभामुख देवराज घिमिरेसहितको टोली अहिले उज्वेकिस्तानमा रहेको छ । सभामुख घिमिरेले ...