राजनीति/समाचार

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा
काठमाडौँ विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ । महासंघले आइतबार बिहान विज्ञप्ति गारी गर्दै भोलि (सोमबार) देखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो।  महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारेर शैक्षिक हड्तालाई सफल बनाउन देशभरका शिक्षक, कर्मचारीलाई आग्रह गरिएको छ। ...

तीनवटै सुरक्षा संगठनको निष्कर्ष, फिल्डमा खटिएका कमान्डरको संयमताले मानवीय क्षति रोकियो

तीनवटै सुरक्षा संगठनको निष्कर्ष, फिल्डमा खटिएका कमान्डरको संयमताले मानवीय क्षति रोकियो
काठमाडौं । तीनकुनेमा भएको अराजक प्रदर्शनमा सुरक्षा सयन्त्र कमजोर नभई संयमता अपनाएको दाबी तीनवटै सुरक्षा संगठनले स्पष्ट पारेका छन् । शुक्रबार राज्यव्यस्था तथा सुशासन समितिमा सदस्यले सोधेको प्रश्नको जवाफ दिँदै नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका एआईजीले तीनकुने घटनामा सुरक्षा सयन्त्र नचुकेको, तर संयमित भएको दाबी गरेका हुन् । नेपाल प्रहरीका आईजीपी दीपक थापाले सुरक्षा संयन्त्रको आपसी कोर्डिनेसन संयोजन अनुसार नै सुरक्षाकर्मी परिचालन भएक...

दुर्गा प्रसाईंलाई कमान्डर तोक्नु नै गलत भयोः बुद्धिमान तामाङ

दुर्गा प्रसाईंलाई कमान्डर तोक्नु नै गलत भयोः बुद्धिमान तामाङ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद बुद्धिमान तामाङले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनको कमान्डर तोक्दा ध्यान नपुगेको स्वीकारेका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राजवादी आन्दोलनको कमान्डर दुर्गा प्रसाईंलाई तोकेर गलत गरिएको बताएका हुन् । त्यस्तै उनले राजतन्त्रलाई ुभूतु भनिएको भन्दै आपत्ति जनाए । राजालाई किन भूत देख्नुहुन्छरु मेरो छोराछोरीलाई पनि म नमरेसम्म विरोध नगर भन्ने मान्छे हो। दुर्गा ...

पाँचवर्षे कार्यकालका उपलब्धिहरु सुनाएर बिदा भए गभर्नर अधिकारी

पाँचवर्षे कार्यकालका उपलब्धिहरु सुनाएर बिदा भए गभर्नर अधिकारी
काठमाडौं । पाँचवर्षे कार्यकाल पूरा गरेर नेपाल राष्ट्र बैंकबाट गभर्नर महाप्रसाद अधिकारी बिदा भएका छन् । अधिकारीले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका उपलब्धि र सामना गरेका चुनौतीहरु सुनाएका छन् । २०७६ साल चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका अधिकारीले केन्द्रीय बैंकको स्वायत्ततामा ठाडो हस्तक्षेप भएको गुनासो सुनाए । पाँचवर्षे कार्यकाल चुनौतीपूर्ण भए पनि सफल भएको उनको निष्कर्ष थियो । स्वायत्ततालाई जोगाउन सहयोगमा अधिकारीले सर्वोच्च अदालत, न्यायाधीश, अधिवक...

अब सहकारीले पनि बैंकसरह शतप्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्थापन गर्नुपर्ने

अब सहकारीले पनि बैंकसरह शतप्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्थापन गर्नुपर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहकारी व्यवस्थापनका लागि बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१ जारी गर्दै बैंकहरूकै जस्तो नियम कार्यान्वयनमा ल्याएको हो। यस्तै सहकारीले अब जोखिम भारित सम्पत्तिको न्यूनतम प्राथमिक पुँजी अनुपात कायम गर्नुपर्ने व्यवस्था गरेको छ। निर्देशनले २५ करोडमाथिको कारोबार गर्ने सहकारीले न्यूनतम प्राथमिक पुँजी अनुपातको अतिरिक्त पुरक पुँजी समेत मापन गरी कुल जोखिम भारित सम्पत्तिको न्यूनतम ८ प्रतिशत पुँजी कोष अनुपात कायम गर्...

सञ्चय कोषद्वारा पाँच अर्ब ३४ करोड मुनाफा वितरण

सञ्चय कोषद्वारा पाँच अर्ब ३४ करोड मुनाफा वितरण
काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्तालाई करिब पाँच अर्ब ३४ करोड रुपैयाँ मुनाफा वितरण गरेको छ । सञ्चयकर्ताको खातामा करिब पाँच अर्ब २७ करोड रुपैयाँ र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताको खातामा करिब छ करोड ४३ लाख रुपैयाँ मुनाफा जम्मा गरिएको कोषले जनाएको छ । कोष सञ्चालक समितिको यही चैत १७ गतेको बैठकले आव २०८०र८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको सुरु म...

सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान, यस्तो छ कार्यक्रम

सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान, यस्तो छ कार्यक्रम
काठमाडौं । अन्तरव्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन सभामुख देवराज घिमिरे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उज्वेकिस्तानको राजधानी ताश्केन्ट प्रस्थान गरेका छन् । सभामुख नेतृत्वको टोली शुक्रबार बिहान कतार एयरवेजको उडानमार्फत् दोहा हुँदै उज्वेकिस्तान गएको हो । प्रतिनिधिमण्डलमा संघीय सांसदहरू श्यामकुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोविता गौतम, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिध...

‘मालती’ नेपालकै महँगो म्युजिक भिडियो बनाइएको दाबी

‘मालती’ नेपालकै महँगो म्युजिक भिडियो बनाइएको दाबी
काठमाडौं । नेपाली म्युजिक भिडियो इतिहासमा सबैभन्दा ठूलो लगानीमा म्युजिक भिडियो निर्माण गरिएको दाबी गरिएको छ । दशैंअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’मा लगानी ६० लाख रुपैयाँ बढी रहेको निर्देशक सञ्जय न्यौपानेले बताएका छन् । यो भिडियोको शीर्ष भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गरेका छन् । बुधबार परेको अभिनेता खरेलको जन्मदिनको अवसरमा यो गीतको फर्स्टलुक स्वरुप स्टील फोटोहरु सार्वजनिक गरिएका छन् । यो गीतको एक साताभन्दा बढी समय ...

मुरलीधरको नयाँ गीत ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’ सार्वजनिक

मुरलीधरको नयाँ गीत ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’ सार्वजनिक
काठमाडौं । ‘उडायो सपना सबै हुरीले’ बोलको गीतका गायक मुरलीधरको ‘छट्पटिएको त्यो दिन फेरि किन याद आयो’बोलको नयाँ गजल गीत र भिडियो सार्वजनिक भएको छ । गायक मुरलीधरको नयाँ गजल गीतमा सुनिल मास्केको शब्द र सङ्गीत रहेको छ । एक पङ्क्ति स्थायी भएको यो गीत सङ्गीतको क्षेत्रमा वीरलै प्रयोग हुने गरेको गीतकार मास्केले जानकारी दिए । प्रदीप श्रेष्ठको ‘एरेन्ज’ रहेको गीतलाई किशोर थापाले ‘मिक्सिङ’ र ‘मास्टरिङ’ गरेका छन् । गायक मुरलीधर र प्रिया गोलेले अभिनय गरेको भिडियोमा दीपक गिरीले छायाङ्क...

बिम्स्टेक शिखर सम्मेलन सुरु

बिम्स्टेक शिखर सम्मेलन सुरु
बैङकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सुरु भएको छ । बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरुको सामुहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो । सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेका थिए ।  सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन ग...