राजनीति/समाचार

प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराउन वडाध्यक्ष र कर्मचारीको कसरत जारी, सहमतिका लागि मेयरबिनै बैठक सुरु

प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराउन वडाध्यक्ष र कर्मचारीको कसरत जारी, सहमतिका लागि मेयरबिनै बैठक सुरु
काठमाडौँ । कारबाहीमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काठमाडौँ महानगरपालिकाभित्र छिराउन वडाध्यक्ष र महानगरकै कर्मचारीले कर्मचारीले जबरजस्ती गरेका छन्। मेयर बालेन्द्र साह बालेनको निर्देशनपछि महानगर प्रहरीले गुरागाईंलाई कार्यकक्षमा प्रवेशका लागि रोक लगाएको छ। तर वडाध्यक्ष र कर्मचारीले नगरप्रहरीलाई धम्काउँदै जबरजस्ती गुरागाईंलाई प्रवेश गराउन खोजिरहेका छन्। वार्ता र सम्वातमार्फत् समस्या समाधान नगरेर वडाध्यक्ष र कर्मचारीले तथा मेयर बालेन दुवैपक्षले जबरजस्ती गरि...

नेविसंघका गोविन्द कोइराला त्रिचन्द्रको स्ववियु अध्यक्षमा निर्वाचित

नेविसंघका गोविन्द कोइराला त्रिचन्द्रको स्ववियु अध्यक्षमा निर्वाचित
काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन । निर्वाचन अधिकृत अंगदमणि गौतमले कोइराला निर्वाचित भइसकेको तर औपचारिक रुपमा घोषणा गर्न बाँकी रहेको जानकारी दिए । उनका अनुसार केहीबेरपछि औपचारिक रुपमा घोषणा गर्ने तयारी रहेको छ ।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ८० हजार नाघ्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ८० हजार नाघ्यो
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ । आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो । सुनको यसअघिको उच्च मूल्य यही चैत १९ गते प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ कायम थियो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, चाँदीको...

प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न मेयर बालेनले गरे नगर प्रहरी तैनाथ, स्वागत गर्न महानगर कर्मचारी भने गेटमा

प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न मेयर बालेनले गरे नगर प्रहरी तैनाथ, स्वागत गर्न महानगर कर्मचारी भने गेटमा
काठमाडौं । वडाध्यक्षहरु र कर्मचारीले काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर गराउने तयारी स्वरुप जम्मा भएपछि मेयर बालेन शाहले महानगर प्रहरी परिचालन गरेका छन् । कमलादीस्थित काठमाडौं महानगरको कार्यालयमा एकातिर कर्मचारीहरु सबै वडाबाट जम्मा भएर प्रमुख प्रशासकयि अधिकृतको स्वागतका लागि बसेका छन् भने अर्कोतर्फ उनलाई रोक्न मेयरकले नगर प्रहरी तैनाथ गरेका छन् । यस संगै झडपको स्थिति पैदा हुन लागेको हो । महानगरमा कर्मचारी र नगर प्रहरीबीचमै विवादको...

प्रधानमन्त्री ओली र थाई व्यावसायीहरुबीच बैंककमा भेटवार्ता

प्रधानमन्त्री ओली र थाई व्यावसायीहरुबीच बैंककमा भेटवार्ता
बैंकक । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा थाइल्यान्डका वरिष्ठ व्यावसायीहरुको भेटवार्ता भएको छ । यस भेटमा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरु पनि उपस्थित थिए । भेटवार्ताले दुई देशबीचको व्यापारिक र आर्थिक सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्य राखेको छ । भेटवार्तामा दुवै देशका व्यावसायीबीच आपसी सहकार्य र लगानीका अवसरहरुबारे छलफल भएको जनाइएको छ । प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणले नेपाल र थाइल्यान्डबीचको कूटनीतिक तथा व्यापा...

नेपाल प्रहरीको स्वीकार – तीनकुनेमा ५८ राउन्ड गोली प्रहार भयो, २० जनालाई लाग्यो

नेपाल प्रहरीको स्वीकार – तीनकुनेमा ५८ राउन्ड गोली प्रहार भयो, २० जनालाई लाग्यो
काठमाडौँ । तीनकुनेमा गत शुक्रवार भएको प्रदर्शन हिंसात्मक भएपछि ५८ राउन्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली २० जनालाई लागेको प्रहरीले स्वीकार गरेको छ । नेपाल प्रहरीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश आचार्यले भीड अराजक बन्न थालेपछि प्रहरी गोली चलाउन बाध्य भएको बताए । प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको उनले दाबी गरे । प्रदर्शनकारीहरू विमानस्थलतर्फ अघि बढेपछि दिउँसो २ बजेर ५४ मिनेट...

काठमाडौंको प्रदूषित हावा आजदेखि कम हुँदै जाने

काठमाडौंको प्रदूषित हावा आजदेखि कम हुँदै जाने
काठमाडौं । केही दिनदेखि अत्यधिक मात्रामा बढेको काठमाडौंको प्रदूषित हावा आजदेखि केही सुधान हुने  अनुमान गरिएको छ । पछिल्ला केही दिन काठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । बुधबार नै यहाँको प्रदूषित हावाले खतरनाकको तह पार गरेको थियो । आज बिहान पनि खतरनाकको तहभन्दा माथि नै छ । आईक्यूएयरको तथ्यांक अनुसार आज बिहान काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) रौंभन्दा तीन गुणा मसिना धुलो धुवाँका कण प्रतिघण्टा ३७० माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । १५१ देखि २०० ...

मधेसी मोर्चाको औपचारिक घोषणा गरिँदै

मधेसी मोर्चाको औपचारिक घोषणा गरिँदै
काठमाडौं । तराई–मधेस केन्द्रित दलहरूले आज संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । आज औपचारिक रूपमा घोषणा हुन लागेको मोर्चामा संघीय संसद भित्र र बाहिरका ७ तराई–मधेस केन्द्रित दल रहनेछन् । मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा राखिएको बुझिएको छ । यसअघि ८ दलको मधेसी मोर्चाको तयारी भए पनि अन्तिममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने मोर्चामा सामेल नहुने भएको छ । संसद भित्र प्रतिनिधत्व गर्ने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ...

तराई-मधेश जागरण अभियानमा पुनःहोमियो माओवादी केन्द्र

तराई-मधेश जागरण अभियानमा पुनःहोमियो माओवादी केन्द्र
काठमाडौं । हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियान पुनः सुरू भएको छ । सोही अभियानअन्तर्गत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेता नेपालगञ्ज पुगेका छन् । समाजवादी मोर्चाले गणतन्त्र रक्षार्थ १५ गते आयोजना गरेको सभाको तयारीका लागि माओवादीले अभियान स्थगित गरेको थियो । आज प्रचण्डसहितका नेताहरू अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सहभागी हुनेछन् । भोलि बाँके र पर्सी बर्दियामा अभियान चल्नेछ । अभियानले पार्टीसँग...

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका रजकको पोस्टमार्टम जारी

तीनकुने प्रदर्शनमा ज्यान गुमाएका रजकको पोस्टमार्टम जारी
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा अहिले पोस्टमार्टम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराले जानकारी दिए । यसअघि हिजो साँझ उनको एक्स-रे गरिएको थियो । एक्स-रेको रिपोर्टपछि बुधबार पोस्टमार्टम गरिएको हो । रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स-रे गर्न ढिलाइ भएको थियो । केही मिडिया तथामा सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्दै ...