राजनीति/समाचार

देशभर दलित समुदायमाथि भइरहेको शोषण र दमनविरुद्ध सडक संवाद कार्यक्रम सम्पन्न

देशभर दलित समुदायमाथि भइरहेको शोषण र दमनविरुद्ध सडक संवाद कार्यक्रम सम्पन्न
काठमाडौं । सिरहाको औरहीलगायत देशभर दलित समुदायमाथि भइरहेको शोषण र दमनविरुद्ध काठमाडौंको माइतीघरमा सडक संम्वाद कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको सभापतित्व संविधानसभा सदस्य विनोद पहाडीले गर्नुभएको थियो भने विभिन्न राजनीतिक दलमा आवद्ध पूर्वमन्त्री, संविधानसभा सदस्यहरुसहित सांसदहरुले आफ्नो मन्तव्य व्यक्त गरेका थिए। सो संवाद कार्यक्रममा पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता मिन विश्वकर्मा, अर्का पूर्वमन्त्री एवं नेकपा एमाले नेता जितु गौतम, सभासद् एवं माओवादी नेता पर्श...

भुकम्प प्रकरण – मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

भुकम्प प्रकरण – मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान
काठमाडौं । भूकम्पका कारण क्षति भएको म्यानमारमा मेडिकल राहतसहित नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल सरकारले गरेको निर्णयअनुसार सेनाको टोली बुधबार म्यानमार प्रस्थान गरेको हो। प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको सिएन(२३५ कासा विमानद्वारा म्यानमार प्रस्थान गरेको हो। विभिन्न प्रकृतिका आवश्यक औषधि एवं इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन, अर्थो...

थाइल्यान्डमा मोदी–ओली भेटवार्ता हुने सम्भावना

थाइल्यान्डमा मोदी–ओली भेटवार्ता हुने सम्भावना
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने भएको छ । भारतीय प्रधानमन्त्रीले पनि सम्मेलनमा भाग लिँदैछन् । शिखर सम्मेलनका दौरान दुई मुलुकका प्रधानमन्त्रीबीच शुक्रवार साइडलाइन वार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । ‘हामीले भेटघाटका लागि भारतीय प्रधानमन्त्रीसँग समय मागेका थियौं । भा...

दिल्ली विश्वकै प्रदूषित शहर, काठमाडौं दोस्रो नम्बरमा

दिल्ली विश्वकै प्रदूषित शहर, काठमाडौं दोस्रो नम्बरमा
काठमाडौं । काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो स्थानमा छ । हिजो प्रदूषणको दृष्टिले विश्वकै पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा ओर्लिएको हो । आज प्रदूषणको दृष्टिले भारतको राजधानी नयाँ दिल्ली पहिलो स्थानमा छ । ‘एयर क्वालिटी इन्डेक्स’ले आज काठमाडौं उपत्यकाको वायु प्रदूषणमा विश्वको दोस्रो स्थानमा देखाएको हो । इन्डेक्सका अनुसार आज बिहान ७ः २५ बजेको मापनअनुसार काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २४९ छ । प्रदूषणमा पहिलो स्थानमा रहेको भारतक...

यस्तो छ फिल्म ‘पिताम्बर’को ट्रेलर

यस्तो छ फिल्म ‘पिताम्बर’को ट्रेलर
काठमाडौं । नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रम गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाईरहेको दृश्यबाट सुरु ट्रेलरमा एक्सनका दृश्यले स्थान पाएका छन् । बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनका छन् । ट्रेलरमा फिल्मका प्रायः सबै कलाकारलाई स्थान दिइएको छ । ट्रेलर बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो । ...

स्व.रजकको परिवारका लागि आर्थिक संकलन सुरु

स्व.रजकको परिवारका लागि आर्थिक संकलन सुरु
रामेछाप । यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारका लागि आर्थिक संकलन सुरु भएको छ । नेपाल पत्रकार महासंघ रामेछाप शाखाले सहयोग संकलन अभियान सुरु गरको अध्यक्ष दीपक घिमिरेले बताउनुभयो । मंगलबारदेखि सुरु भएको यो अभियान एक हप्तासम्म सञ्चालन हुने र त्यसपछि संकलित रकम रजकको परिवारलाई दिइने उनले बताए । त्यसअवसरमा स्व. रजकको तस्वीरमा माल्यार्पण गर्नुका साथै विभिन्न संघसंगठनका प्रमुख एवं प्रतिनिधिहरुसँग अन्तरक्रियात्म...

सभामुखलाई भेटेर लामिछानेले गरे सांसद पद निलम्बन फुकुवाका लागि आग्रह

सभामुखलाई भेटेर लामिछानेले  गरे सांसद पद निलम्बन फुकुवाका लागि आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पदको निलम्बन फकुवा गर्न आग्रह गरेका छन् । आज सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेले निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन् । सहकारी ठगी आरोपमा पक्राउ परेपछि लामिछानेको सांसद पदबाट गत पुस ८ गते निलम्बन गरिएको थियो ।

आजबाट अन्त्य संसदको हिउँदे अधिवेशन

आजबाट अन्त्य संसदको हिउँदे अधिवेशन
संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । रास्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । सोमबार बसेको क्याबिनेटले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष फारिस गरेको थियो । आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुनेछ । गएको १८ माघमा संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गर्दै

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमण जाँदैछन् । दिउँसो साढे १२ बजे उनी थाइल्याण्ड प्रस्थान गर्नेछन् । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड जान लागेका हुन् । बिमस्टेक शिखर सम्मेलन सकाएर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो साढे १२ बजे थाइल्याण्डका लागि प्रस्थान गर्नेछ । नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण ६५ वर्ष पछि हुन लागेको हो । थाइल्याण्ड भ्रमणका क्रममा दुघवटा समझदारी पत्रमा हस्...

ओली आज थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदै

ओली आज थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नेछन् । प्रतिनिधि सभाको हिजोको बैठकमा सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी ब...