राजनीति/समाचार

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएको जानकारी सभामुख देवराज घिमिरेको आह्वानमा आज राखेको प्रमुसख दलका प्रमुख सचेतकहरूको बैठकमा जानकारी दिएका हुन् । शुक्रबार तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक आन्दोलन र समसामयिक घटनाबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार साँझ सर्वदलीय बैठक बोलाएको बर्तौलाले जानकारी द...

पूर्वराजालाई पत्र बुझाउन गएको काठमाडौं महानगरको टोली रित्तै फर्कियो

पूर्वराजालाई पत्र बुझाउन गएको काठमाडौं महानगरको टोली रित्तै फर्कियो
काठमााडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौं महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार बिहान काठमाडौं महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो । उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो । शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो।

सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो ?

सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो ?
काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय निरन्तर बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबारको तुलनामा आईतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने केही घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सभामुख पाँच दलसँग छलफलमा

सभामुख पाँच दलसँग छलफलमा
सभामुख देवराज घिमिरे विभिन्न ५ राजनीतिका दलका नेताहरूसँग संवादमा छन् । प्रतिनिधि सभाको बैठकमा अवरोध भएपछि खुलाउन उनले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेतासँग संवाद गरिरहेका हुन् । नयाँ वानेश्वरस्थित सभामुखको कार्यकक्षमा ५ दलका प्रमुख सचेतकहरू छलफलमा छन् । बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूको विरोधका कारण सभामुखले आधा घण्टाका लाग...

संसद् बैठक विपक्षीको अवरोधपछि स्थगित भयो

संसद् बैठक विपक्षीको अवरोधपछि स्थगित भयो
विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।  विपक्षीले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन्।  विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन्। आज प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलहहरूले उभिएर विरोध जनाएका थिए । सभामुखले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद शक्ति बस्नेतलाई समय दिए। उनले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ ...

छलफल सुरु शीर्ष नेताहरूको सिंहदरबारमा

छलफल सुरु शीर्ष नेताहरूको सिंहदरबारमा
शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । उनीहरूबीच संक्रमणकालीन न्यायको विषयमा मुख्य छलफल हुने प्रधानमन्त्रीका विज्ञ सल्लाहका अग्नि खरेलले जानकारी दिए । छलफलमा गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत लगायत सहभागी छन् । उक्त छलफलअघि अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर...

राष्ट्रपति पौडेल:हामीलाई निरंकुशता र अराजकता स्वीकार्य छैन

राष्ट्रपति पौडेल:हामीलाई निरंकुशता र अराजकता स्वीकार्य छैन
 राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताएका छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । नउले भने, ‘इतिहास साक्षी छ कि १०४ वर्षीय जहानीयाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन् । संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै ...

कस्तो रहला दिउँसोको कारोबार प्रि ओपन सेसनमै घट्यो नेप्से परिसूचक

कस्तो रहला दिउँसोको कारोबार प्रि ओपन सेसनमै घट्यो नेप्से परिसूचक
साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ४.२३ अंकले घटेर २६१०.४५ विन्दुमा अडिएको छ। यो सेसनमा ३४ स्क्रिप्सको १ हजार १७३ कित्ता सेयर ६ लाख २२ हजार ३८० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १० स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ विन्दुमा अडिएको थियो। सो दिन ६ अर्ब  ३२ करोड बराबरक...

२४७ रनको बलियो लक्ष्य मधेशले गण्डकीलाई दियो

२४७ रनको बलियो लक्ष्य मधेशले गण्डकीलाई दियो
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २४७ रनको बलियो लक्ष्य दिएको छ ।  सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४६ रन बनायो । मधेशका लागि ओपनर रोहन विकले सर्वाधिक ६४ रन बनाए । उनले ९८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।  हरिशंकर शाह ५१ रनको अर्धशतकीय पारी खेले । पवन सरार्फले ३३, विशाल पटेलले १२ रन बनाउँदा रुपेश सिंहले ५१ रनको अविजित अर्धशतकीय पारी खेले । उनीसँगै सनी ...

चौकी निर्माण गर्न प्रहरीलाई १२ रोपनी जग्गा काभ्रेपलाञ्चोकको भकुण्डे र नारायणस्थानमा चौकी

चौकी निर्माण गर्न प्रहरीलाई १२ रोपनी जग्गा काभ्रेपलाञ्चोकको भकुण्डे र नारायणस्थानमा चौकी
काभ्रेपलान्चोकको भकुण्डेवेशी र तेमाल गाउँपालिका वडा नम्बर–५ स्थित पोखरी नारायणस्थानमा चौकी निर्माण गर्न प्रहरीलाई जग्गा प्रदान गरिएको छ । २०८१ चैत ४ मा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नमोबुद्ध नगरपालिका–४ स्थित भकुण्डेवेशीमा चौकी निर्माण गर्न ६ रोपनी र तेमाल गाउँपालिका–५ नारायणस्थानमा चौकी निर्माण गर्न ६ रोपनी जग्गा दिने निर्णय गरिएको छ । चौकीको लागि जग्गा प्राप्त गर्न इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले करिब १ वर्षदेखि पहिले गरिरहेका थिए । प्रहरी प्रध...