राजनीति/समाचार

२८४ रुपैयाँ घट्यो कुरिलो किलोमै

२८४ रुपैयाँ घट्यो कुरिलो किलोमै
बजारमा कुरिलो र सजिवनको मूल्यमा गिरावट आएको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकमा यी दुई तरकारीको मूल्यमा गिरावट आएको देखिएको हो । आज सोमबार कुरिलोको मूल्य थोकमा प्रतिकिलो २ सय ८४ रुपैयाँ र सजिवनको मूल्यमा १ सय रुपैयाँको गिरावट आएको छ । आइतबार कुरिलो प्रतिकिलो ९ सय रुपैयाँमा किनबेच भएकोमा आज ६ सय १६ मा किनबेच भइरहेको छ ।यस्तै सजिवन हिजो आइतबार किलोको २ सय ९० रुपैयाँमा किनबेच भएकोमा आज १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

अनुदानमा किसानलाई ५० प्रतिशत मिनी टिलर

अनुदानमा किसानलाई ५० प्रतिशत  मिनी टिलर
जिल्लाको कालिमाटी गाउँपालिकाले सात वटै वडाका समूहमा आबद्ध किसान, सहकारी र कृषि फर्म सञ्चालकलाई ५० प्रतिशत अनुदानमा २४ थान मिनी टिलर वितरण गरेको छ । खेतबारी जोत्नका लागि किसानले गोरु, राँगा पाल्न छाड्दै गएकाले खेतबारी बाँझो हुने अवस्था आउन नदिन पालिकाले मिनी टिलर वितरण गरेको हो । कृषिलाई प्रविधिसँग जोड्न पालिकाले ५० प्रतिशत अनुदानमा १५ लाख ६० हजार रकम बराबरको मिनी टिलर वितरण गरेको गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । समूहमा, फर्म र सहकारीमा आबद्ध किसानले ७ लाख ८० हजार ब...

वार्षिक प्रतिवेदन सरकारले राष्ट्रपतिसमक्ष बुझायो

वार्षिक प्रतिवेदन सरकारले राष्ट्रपतिसमक्ष बुझायो
सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । सरकारको प्रतिवेदन बुझ्‍दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समनतामूलक समाज निर्माण एवं विकास र समृद्धिको संवैधानिक उदेश्य प्राप्‍त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारूकता आवश्यक भएको बताए । उनले...

घटे सबै सेक्टर, सेयर बजारमा उच्च गिरावट

घटे सबै सेक्टर, सेयर बजारमा उच्च गिरावट
साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५४.६२ अंक (२.०४ प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २६१४ अंकमा कायम भएको छ । बजार खुलेदेखि नै निरन्तर ओरालोमा देखियो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको भयो । कुल १३ कम्पनीको मूल्य बढ्दा २३० को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.३३, लगानी २.०...

पहिलोपटक सरकारले राष्ट्रिय पानी सम्मेलन गर्ने

पहिलोपटक सरकारले राष्ट्रिय पानी सम्मेलन गर्ने
नेपाल सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन–२०२५ आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा जल तथा ऊर्जा आयोगले पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो । सम्मेलन चैत्र ९ र १० गते दुई दिनसम्म सञ्चलन हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै जल तथा ऊर्जा आयोगको सचिवालयका प्रवक्ता कलानिधि पौड्यालले नेपालले जलस्रोतको दीगो व्यवस्थापन र विकासलाई सुनिश्चित गर्नुपर्ने बताए । जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्दै जलस्रोतको उपभोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

सरकार तत्पर छ स्वदेशी वस्तु उत्पादन प्रोत्साहन गर्न

सरकार तत्पर छ स्वदेशी वस्तु उत्पादन प्रोत्साहन गर्न
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् । नेकपा एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिएका हुन् । राष्ट्रिय उत्पादन र प्रयोग बढाएर देशलाई आत्मनिर्भर बनाउन उनको आग्रह थियो । उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेको बता...

चन्द्रागिरिको आगो यसरी निभाइँदैछ,

चन्द्रागिरिको आगो यसरी निभाइँदैछ,
काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा लागेको आगलागीको प्रयास भइरहेको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो ।उक्त वनको विभिन्न ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए । स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि नियन्त्रणमा आइसकेको छैन ।

दलित अभियान्ताको अर्धनग्न प्रदर्शन, प्रहरीसँग घम्साघम्सी बानेश्वरमा

दलित अभियान्ताको अर्धनग्न प्रदर्शन, प्रहरीसँग घम्साघम्सी बानेश्वरमा
अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा  राजधानीमा प्रदर्शन भएको छ । शुक्रबार बानेश्वरमा दलित अभियान्ताहरुले प्रदर्शन गरेका हुन् ।  ‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर तनावको स्थिति समेत बनेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल भएको हो ।

प्रहरीबाटै कुटिए पर्सामा वडाध्यक्ष, जाहेरी लिन नमानेको आरोप

प्रहरीबाटै कुटिए पर्सामा वडाध्यक्ष, जाहेरी लिन नमानेको आरोप
प्रहरी कर्मचारीबाटै पर्सामा एकजना वडाध्यक्ष कुटिएका छन् । वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि प्रहरीसहितको समूहले कुटपिट गरेको हो । आफूमाथि प्रहरी समेतको समूहले आक्रमण गरेको भन्दै न्यााय माग्दै उनी प्रहरी कार्यालय पुगेका छन् । घटना २९ फागुनको राति सवा ९ बजेतिरको हो । वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको थियो । उक्त पार्टी प्यालेसका सञ्चालक समेत रहेका वीरेन्द्र पासवानका छोराको बर्थ–डे कार्यक्रम र होली मि...

संसद्मै थन्कियो शिक्षा विधेयक

संसद्मै थन्कियो शिक्षा विधेयक
काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय विषयगत समितिमा थन्किएको छ । सरकारले प्राथमिकतामा राखेको भनेको यो विधेयक १८ महिनादेखि संसद्मा विचाराधीन छ । यो विधेयक २७ भदौ २०८० मा प्रतिनिधिसभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले २५ असोज २०८० मा दफावार छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाएको थियो । संसदीय समितिमा विधेयक पुगेको पनि १७ महिना भइसक्यो तर विधेयक अगाडि बढ्न सकेको छैन । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि स...