राजनीति/समाचार

बजेटमा सत्तारुढकै असन्तुष्टि

बजेटमा सत्तारुढकै असन्तुष्टि
काठमाडौं । बजेटलाई लिएर सत्तारुढ दलभित्रै असन्तुष्टि देखा परेको छ । प्रतिनिधि सभामा जारी बजेटमाथिको छलफलमा सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसदहरू नरम सुन्छिन् । तर, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायत दलका सांसदहरू सरकार र मन्त्रीको आलोचनामा खुलेरै प्रस्तुत भएका छन् । जनता समाजवादी पार्टी सरकारमा छ । यो पार्टीकी सांसद रन्जुकुमारी झा सत्तारुढ भएकाले मागेको योजनामा बजेट पर्ने अपेक्षामा थिइन् । त्यसो हुन नसेकेको भनेर उनले संसद्मा दुःख व्य...

इरान–इजरायल युद्ध : इरान ७० घण्टादेखि इन्टरनेटविहीन

इरान–इजरायल युद्ध : इरान ७० घण्टादेखि इन्टरनेटविहीन
काठमाडौं । इरान र इजरायलबीचको जारी युद्धमा इरानले पछिल्लो ७० घण्टादेखि इन्टरनेट बन्द गरेको छ । इरानमा इन्टरनेट बन्द भएको ७० घण्टा भइसकेको र इन्टरनेट बन्द हुँदा घरमै बसेर इन्टरनेटमा काम गरेर जीविका चलाउनेहरु बढी प्रभावित भएका छन् । जसका कारण इरानी जनताले बाहिरी संसारसँग पनि सम्पर्क गर्न कठिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आजको संसारमा सबै कुरा अनलाइन भएकाले मानिसहरूले इन्टरनेट विना न त आफ्नो व्यक्तिगत काम गर्न सक्छन् न त आधिकारिक काम नै । इन्टरनेट वि...

ढुण्डीराज जनता बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने नेता: राष्ट्रपति

ढुण्डीराज जनता बलियो हुनुपर्छ भन्ने मान्यता राख्ने नेता: राष्ट्रपति
काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा समाजवादी चिन्तका ढुंण्डीराज शास्त्रीको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन् । राष्ट्रपति पौडेलले समवेदना पठाउँदै ढुंण्डीराजलाई लोकतन्त्रप्रतिको अटुट आस्था, लोकतन्त्रमा साच्चै जनता अधिकार सम्पन्न बन्नुपर्छ भन्ने मान्यता राख्ने नेता रहेको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले विसं २०१० मा भारतको वाराणसीमा अध्ययन गर्दै गर्दादेखि नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका ढुंण्डीराजले पञ्चायतको कालरा...

ईरान-ईजरायल युद्द, नेपाल फर्कन चाहानेलाई सरकारले उद्दार गर्ने

ईरान-ईजरायल युद्द, नेपाल फर्कन चाहानेलाई सरकारले उद्दार गर्ने
काठमाडौं । इजरायल, इरान युद्धका कारण विकसित पछिल्लो परिस्थितिका बारेमा छलफल भएको छ । ईरान-ईजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका विषयमा आज परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठक सम्पन्न भएको हो। परराष्ट्र  मन्त्रि आरजु राणाका अनुसार ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरुलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा दर्ता गर्न अपिल गरिएको छ । उनका अनुसार नेपालले त्यहा...

तीन दलका शीर्ष नेताहरुबीचको छलफल सिंहदरबारमा

तीन दलका शीर्ष नेताहरुबीचको छलफल सिंहदरबारमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरुबीच भेटवार्ता जारी छ। तीन नेताबीच सदनको जारी अवरोध, सदनमा पेस भएका विभिन्न विधेयक, समसामयिक गतिविधिलगायत विषयमा छलफल भइरहेको जनाएको छ। छलफल सङ्क्रमणकालीनको विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवायले जनाएको छ । तीन...

प्रधानमन्त्रीसँग उपनिर्वाचनवारे निर्वाचन आयोगको परामर्श

प्रधानमन्त्रीसँग उपनिर्वाचनवारे निर्वाचन आयोगको परामर्श
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रियसभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने  विषयमा आज परामर्श गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरुले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रि...

प्रधानमन्त्रीले कुरा नसुने पछि बैठक बहिस्कार गर्न बाध्य भयौंः रास्वपा

प्रधानमन्त्रीले कुरा नसुने पछि बैठक बहिस्कार गर्न बाध्य भयौंः रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कालो बस्त्र लगाएर संसदमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्नोत्तर गर्न नदिएका रास्वपाले संसद बैठक बहिस्कार गर्नु परेको कारण खुलाएका छन् । ‘आज संघीय सदनको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले कालो वस्त्र लगाएर विरोध स्वरूप आउनुभयो र विश्वव्यापी रुपमा मानव तस्करीको विरोध स्वरूप रहेको निलो रिवन लगाएर आयौं, हामी प्रधानमन्त्रीज्यूलाई केही कुरा सुनाउन चाहन्थ्यौ तर उहाँले त्यो कुरा सुन्न...

बालेनलाई कालबहादुरको चेतावनीः आफ्नो दोहोरो चरित्र सच्याउँ

बालेनलाई कालबहादुरको चेतावनीः आफ्नो दोहोरो चरित्र सच्याउँ
काठमाडौं । काठमाडौँ महानगरपालिकाले सुकुम्बासी समस्या समाधानका लागि काम गर्न नसकेको भन्दै आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सँघले आन्दोलन गर्ने चेतावनी दिएको छ । महानगरले भूमिहीन गरिबको पक्षमा काम गर्न नसकेको ठहर गर्दै ज्ञापन पत्र बुझाउन गएको सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघले त्यस्तो चेतावनी दिएको हो । आज बिहान कमलादीस्थित महानगर कार्यालयमा प्रशासन विभाग प्रमुख ध्रुवकुमार काफ्लेलाई बुझाइएको ज्ञापन पत्रमा भूमि समस्या समाधान आयोगले सुकुम्बासीको लागत संकलन गर्न खोजेकोम...

गाउँपालिकाका पूर्व अध्यक्ष साहसहित ३ जना बिरुद्द पक्राउ पुर्जी जारी

गाउँपालिकाका पूर्व अध्यक्ष साहसहित ३ जना बिरुद्द पक्राउ पुर्जी जारी
सञ्जय मिश्रा, रौतहट ६ असार। रौतहटको पूर्विभेग दुर्गा भगवति गाँउपालिकाका पूर्व अध्यक्ष अरुण साहसहित ३ जना बिरुद्द  जिल्ला अदालत रौतहटले पक्राउ पूर्जी जारी गरेको छ । जग्गा सम्बन्धी कारोवारमा रकम ठगी गरेको मुद्दामा  अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत रौतहटसँग गत जेठ १३ गते अनुमति माँग गरेको डिएसपी राजन कार्कीले न्युज कारखानालाई बताए । प्रहरीको माग अनुसार जिल्ला अदालतले पूर्व अध्यक्ष साहसहित ३ जनालाई पक्राउ गर्न आदेश जारी गरेको हो । गरुडा नगरपालिका–६ ...

राप्रपा-रास्वाको विरोधका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाईयो

राप्रपा-रास्वाको विरोधका कारण प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाईयो
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राखिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाईएको छ । सभामुख देवराज घिमिरेले विपक्षीहरुको विरोधको कारणलाई विशेष कारण भन्दै आजको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाईएको जानकारी गराएका हुन् । सभामुखसँगको छलफलमा नै रास्वपाले आफूहरुको विरोध जारी रहने जानकारी गराएको थियो ।