राजनीति/समाचार

रास्वपा र राप्रपाले गर्‍यो आज पनि सदन अवरोध

रास्वपा र राप्रपाले गर्‍यो आज पनि सदन अवरोध
काठमाडौं । रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान कायमै राख्दै सदन अवरोध गरेका हुन्। सभामुखले बैठक सुरु गर्नासाथ उठेर विरोध जनाइरहेका छन्। विरोधमा रास्वपाका सांसदहरू कालो पोशाक र नीलो रिबन लगाएर सदन पुगेका छन्। आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम छ।

प्रधानमन्त्रीकाे प्रश्नाेत्तरमा हाे हल्ला नगरिदिन रास्वपासँग सभामुखको आग्रह

प्रधानमन्त्रीकाे प्रश्नाेत्तरमा हाे हल्ला नगरिदिन रास्वपासँग सभामुखको आग्रह
काठमाडाैं । सभामुखले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका छन । रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका हुन । सभामुखले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गरेका हुन । सभामुखको...

प्रतिनिधिसभा बैठकः प्रधानमन्त्री ओलीसँग आज प्रश्नोत्तर कार्यक्रम हुने

प्रतिनिधिसभा बैठकः प्रधानमन्त्री ओलीसँग आज प्रश्नोत्तर कार्यक्रम हुने
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार सांसदसँग प्रश्नोत्तर हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ देखि ६ दिने स्पेन भ्रमणमा जाँदै छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार १६ देखि २१ गतेसम्म प्रधानमन्त्री ओलीको नेतृत्वम...

न्यायालय बिचौलियाको घेरामा, सेटिङमा अभियुक्त हाजिर गरेको आरोप

न्यायालय बिचौलियाको घेरामा, सेटिङमा अभियुक्त हाजिर गरेको आरोप
सञ्जय मिश्रा , रौतहट । पूर्व मन्त्री महमद आफताब आलमलाई सफाई दिने पुनरावेदन अदालतका दुईजना न्यायाधीश न्याय परिषदमा तानिएको बेला रौतहटस्थित न्यायालय बिचौलियाको घेरामा परेको चर्चा चुलिएको छ।  स्थानिय कटहरिया नगरपालिका ५ अन्तर्गत नवविवाहिता हत्या प्रकरणका मुख्य आरोपी तथा आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई सेटिङ अनुसार प्रहरीमा हाजिर गराएको आरोप लागेको छ  । नवविवाहिता हत्या प्रकरणमा प्रहरीले अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै पीडित पक्षले  न्यायका लागि अपिल समेत गरेका...

आजवाट जसपाको संघीय परिषद् बैठक

आजवाट जसपाको संघीय परिषद् बैठक
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक आजवाट सुरु हुदैँछ । असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्न लागेको युवा नेता दुर्गा सुबेदीले जानकारी दिएका छन् । उनका अनुसार पार्टी गठन भएपछि पहिलो पटक बस्न लागेको संघीय परिषद्को बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको नीति, सिद्धान्त र विचारसम्बन्धी प्रस्ताव र उपाध्यक्ष रणध्वज कन्दङ्वाले पार्टीको विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नेछन्। संघी...

संसदमा प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताहरुको भुँडी भर्नको लागि हो ?

संसदमा प्रभु साहको प्रश्नः जनताले तिरेको कर नेताहरुको भुँडी भर्नको लागि हो ?
काठमाडौं, ५ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बजेटको असमान वितरण गरेर सरकारले अन्याय गरेको बताएका छन् । साथै उनले चोर र लुटेरा नेताहरुबाट मुलुकलाई मुक्त गर्नुपर्ने आवश्यक्ता रहेको उनले बताए । नेपाली जनताले तिरेको करको रिटर्नी नपाएको गुनासो उनले गरे । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले नेताहरुको क्षेत्रमा बजेट खन्याउने र बाँकी जनताहरु हेरेको हेर्यै हु्ने अवस्था रहेको उनले बताए । देशको बजेट नेपाली जनताको रगत पसिनाबाट बनेको पनि उनले सरकार...

आलमलाई सफाइ दिने न्यायाधीश छानबिनमा, दुवैलाई न्याय परिषद्मा तानियो

आलमलाई सफाइ दिने न्यायाधीश छानबिनमा, दुवैलाई न्याय परिषद्मा तानियो
काठमाडौं । कांग्रेस नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगन्जका दुई न्यायधीश न्याय परिषदमा तानिएका छन । न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरी समेत परेको थियो । न्याय परिषदमा यसअघि नै बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षालाई समेत ध्यानमा राखेर परिषदमा तान्नुपर्ने प्रस्ताव राखे पनि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र कानून मन्त्री अजय चौरसियाले मानेका थिएनन् । यसबीचमा थारुमाथि दुव्र्यवहार समेत भएको थियो ।...

मेयर बालेनले पुरानै जिम्मेवारीमा फर्काए चार समितिका संयोजकलाई

मेयर बालेनले पुरानै जिम्मेवारीमा फर्काए चार समितिका संयोजकलाई
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूलाई पुरानै जिम्मेवारी दिएका छन् । केही समयअघि बालेनले चार वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई वडाध्यक्षहरूलाई विभिन्न समितिको संयोजकको जिम्मेवारी दिएका थिए । गैरकानुनी रूपमा मेयरले आफूहरूलाई जिम्मेवारीबाट हटाएको भन्दै वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विरोध गरेका थिए । वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितिको संयोज...

आज पनि रास्वपाको संसदमा प्रदर्शन जारी

आज पनि रास्वपाको संसदमा प्रदर्शन जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि संसदमा अबरोध गरिरहेको छ । गत असार १३ गते देखी निरन्तर अबरोध गरिरहेको रास्वपाले आज पनि संसद अबरोध गरिरहेको हो । रास्वपाको अबरोधका बिचमा पनि सभामुख देबराज घिमिरेले संसद भने निरन्तर चलाइरहेको छ  । रास्वपाका सांसद हरि ढकालले लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले आफूहरूको आन्दोलनलाई नजरअन्दाज गरेको आरोपसमेत लगाएका छन । उनले गृहमन्त्रीले विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो ? भनेर प्रश्नसमेत गरेका छन। उनले आफूहरूको ...

छलफलमा जुट्दै ओली, देउवा र प्रचण्ड

छलफलमा जुट्दै ओली, देउवा र प्रचण्ड
काठमाडौं । मुख्य तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत बिच बैठक हुन लागेको हो । प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले दिएअनुसार छलफल दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । यसअघि बुधबार नेताहरु छलफलमा जुट्ने तयारीमा थिए । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएप...