काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा ‘१९औँ विश्व सामाजिक कार्य दिवस –२०८१’ भव्य रूपमा सम्पन्न भएको छ ।
कलेजका अध्यक्ष केशवप्रसाद दंगालको सभापतित्व तथा शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङको प्रमुख आतिथ्यमा लरेन्स सोसल वर्क क्लबले आयोजना गरेको उक्त कार्यक्रम ‘विश्व सामाजिक दीर्घकालीन कल्याणका लागि अन्तरपुस्तीय एकता’ भन्ने नाराका साथ सम्पन्न भएको हो ।
कलेजका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले स्वागत राखेर अघि बढेको कार्यक्रममा उपस्थित अतिथि वक्ताहरूले सामाजिक कार्यको महत्त्व र विद्यार्थीहरूका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसरहरूबारे विचार प्रस्तुत गरेका थिए ।
विशेषगरी लाइफ स्टेज एनपीओ का अध्यक्ष कावाशिमाले सेन्ट लरेन्स कलेजसँगको सहकार्य अन्तर्गत बिएसडब्लु उत्तीर्ण पाँच जना विद्यार्थीलाई जापान लैजाने प्रक्रिया अघि बढिरहेको जानकारी गराएका थिए ।
कार्यक्रमको प्रमुख आकर्षण सामाजिक कार्यमा युवावस्थाको संलग्नता शीर्षकमा आयोजित प्यानल डिस्कसन पनि रहेको थियो । कार्यक्रम व्यवस्थापनमा संयोजक राजेश मान सिंहको नेतृत्व रहेको थियो भने समन्वय टोलीका सुवास बोहराले प्रभावकारी संयोजनको भूमिका निर्वाह गरेका थिए ।
संवाददाता










