काठमाडौं । सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै उनले अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम भएको बताएका हुन् । यसअघि यस्तो भत्ता ६८ वर्ष उमेर पुगेकाहरूले पाउँदै आएका थिए ।

सरकारले आर्थिक वर्ष २०५१र५२ देखि वृद्ध भत्ताको नामले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसयता भत्ता पाउने वर्ग र रकम निरन्तर बढेको छ । ज्येष्ठ नागरिकलाई १०० रुपैयाँबाट शुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले प्रतिव्यक्ति चार हजार रुपैयाँसम्म पुर्‍याइएको छ ।

सामाजिक सुरक्षा ९पहिलो संशोधन० ऐन, २०७९ मा उल्लेख भएअनुसार सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको छ । नेपालमा हाल विभिन्न शीर्षकमा सामाजिक सुरक्षा प्रदान गरिँदै आएको छ ।

जसअन्तर्गत ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक ९दलित, क्षेत्र तोकिएका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्गता भएका, अति अशक्त अपाङ्गता, लोपोन्मुख जाति, दलित बालबालिका र क्षेत्र तोकिएका बालबालिका गरी १० वटा विभिन्न वर्गले प्रत्येक महिना मासिक भत्ता पाउने गरेका छन् ।

सामाजिक सुरक्षा भत्ताको भारको विषय अहिले चर्चामा छ । यस विषयको बहस सार्वजनिक मञ्चदेखि संसद् हुँदै अदालतसम्म पुगेको थियो । वृद्ध भत्ताको उमेर ७० कायम राख्न चौतर्फी माग थियो । उच्चस्तरीय आर्थिक सुझाव आयोगले पाँच वर्षसम्म सामाजिक सुरक्षा भत्ता नबढाउन र भत्ता पाउने उमेर पनि बढाएर ७० वर्ष बनाउन सुझाव दिएको थियो ।