नागढुङ्गा–नौबिसे सडक जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने
काठमाडौँ । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिनुभयो । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो ।
आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन...








