मुख्य समाचार

बालेनको बोल्ड डिसिजनः फेरे ४ वटा समितिका संयोजक

बालेनको बोल्ड डिसिजनः फेरे ४ वटा समितिका संयोजक
काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गतका ४ वटा समितिमा संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका छन् । सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धर, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र विधायन समितिका संयोजक मचाराजा महर्जनको जिम्मेवारी हेरफेर गरिएको हो । काठमाडौं महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपन...

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको हो । घटेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः १५७ र १४२ रुपैयाँ, सुर्खेत र दाङमा क्रमशः १५६ र १४१ तथा बाँकी ठाउँमा १५४.५० र १३९.५० कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

संवैधानिक नियुक्तिविरूद्वको रिटको सुनुवाई सकियो, जेठ २८ गर्ने फैसला सुनाइने

संवैधानिक नियुक्तिविरूद्वको रिटको सुनुवाई सकियो, जेठ २८ गर्ने फैसला सुनाइने
काठमाडौं । चार वर्षअघि ५२ जनालाई विभिन्न संवैधानिक पदमा नियुक्त गरिएको विरूद्वको रिटको सुनुवाई सकिएको छ । आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सकिएको हो । इजलासले यही जेठ २८ गते फैसला सुनाउने मिति पनि तय गरेको छ । अदालतले त्यसअघि १६ गतेभित्र बहस नोट पेस गरिसक्न मुद्दाका पक्षहरूलाई आदेश पनि गरेको हो ।

नेपालले बहराइनलाई हरायो, विश्वकपको टिकट हङकङको हातमा

नेपालले बहराइनलाई हरायो, विश्वकपको टिकट हङकङको हातमा
काठमाडौं । आईसीसी महिला टी– २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले बहराइनमाथि सहज जित दर्ता गरेको छ । आज भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । अब नेपालको विश्वकप यात्रा हङकङको हातमा छ । नेपालको ४ खेलमा २ जित, १ हार र १ रद्द खेलले ५ अंक पुगेको छ । ३ खेलमा हङकङको ४ अंक छ । अब अन्तिम खेलमा शुक्रबार बहराइन र हङकङ खेल्नेछन् । उक्त खेलमा हङकङ पराजित भएमात्र नेपाल सुपर थ्रीमा प्रवेश गर्नेछ । वर्षाले खेल विथोलेका कारण ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको नेपालले ८ बल बाँकी ...

सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न

सगरमाथा सम्वादको औचित्यमाथि प्रभु साहले उठाए प्रश्न
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोलिबाट सुरू हुने सगरमाथा सम्वादको प्रभावकारितामा प्रश्न उठेको भन्दै आलोचना गरेका छन् । सम्वादको लागि कुनैपनि देशबाट राष्ट्रप्रमुख, सरकार प्रमुख र विदेशमन्त्रीहरुको सहभागिता नहुने निश्चित् भएकोले यसले कार्यक्रमको गरिमामा प्रश्न उठेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने,‘भोलिबाट सगरमाथा सम्वाद सुरु हुँदैछ, तर सम्वाद सुरु नहुँदै यस कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ । विश्वस्त...

गभर्नर नियुक्तिवारे प्रधानमन्त्रीका नयाँ कुरा, मेरोट्रोकेसीवाट गभर्नर नियुक्ति गरिने

गभर्नर नियुक्तिवारे प्रधानमन्त्रीका नयाँ कुरा, मेरोट्रोकेसीवाट गभर्नर नियुक्ति गरिने
काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन्। पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “राष्ट्रबैकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने मान्छे भए देशलाई भैहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन । म प्रधानमन्त्री हो तर स...

सांसद हरि ढकालको व्यंग्यः गभर्नर र नोटमा आ–आफ्नो पार्टीको चुनाव चिन्ह राख्न कांग्रेस–एमालेलाई सुझाव

सांसद हरि ढकालको व्यंग्यः गभर्नर र नोटमा आ–आफ्नो पार्टीको चुनाव चिन्ह राख्न कांग्रेस–एमालेलाई सुझाव
काठमाडौं । रास्वपाका सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुई वटा गभर्नर बनाउन व्यंग्यात्मक सुझाव दिएका छन् । उनले गभर्नर नियुक्तीमा दुई दलबीच लडाईं चलेको उल्लेख गर्दै दुई वटा गभर्नर बनाउन सुझाव दिएका हुन् । उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस भन्छु । चल्या छ लडाईं, दुई वटा गभर्नर बनाउनुस न, एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को कामपनि गर्नुहोस यो ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुह...

कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन

कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन
काठमाडौं । कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनको पद स्वतः निलम्बनमा परेको छ । उनीसहित १५ नेपाली, एक विदेशी र दुई कम्पनीविरुद्ध टेरामक्स खरिद प्रकरणमा तीन अर्ब बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । बिहीबार मुद्दा दायर गरेको हो । मुद्दा दायर हुनासाथ उनको पद स्वतः निलम्बनमा परेको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ मा सार्वजनिक पद धारण गरेका ...

सन्दीप लामिछानेले तोडे क्यानसँगको सम्झौता

सन्दीप लामिछानेले तोडे क्यानसँगको सम्झौता
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको सम्झौता तोडेका छन्। उनले आज क्यानसँगको सम्झौता तोडेको घोषणा गरेका हुन् । ‘धेरै सोच विचार पछि मैले यस पटक नेपाल क्रिकेट संघको केन्द्रीय सम्झौतामा नरहने निर्णयमा पुगेको छु। म क्रिकेट र राष्ट्रबाट एक कदम पनि टाढा जान खोजेको होइन। व्यक्तिगत र व्यवसायीक रुपमा अगाडी बढ्ने दिशामा एउटा कदम हो,’ सन्दीपले लेखेका छन्। बुधबार क्यानले आगामी सिरिजका लागि टोलीलाई बिदा गरेपछि उनले यो...

टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोड बढी भ्रष्टाचार, मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर

टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोड बढी भ्रष्टाचार, मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी सहित १६ जना संलग्न भएको जिकिरसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ ।