मुख्य समाचार

अमरेश सिंहको प्रश्न– नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो ?

अमरेश सिंहको प्रश्न– नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो ?
काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो भनेर प्रश्न गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले पार्टी कार्यकर्ताकै भर्ना गर्नुपर्ने हो भनेर सोधे । “डेपुटी गभर्नरलाई गभर्नर बनाउँदा के फरक पर्छ ? महिला भएको कारणले बनाउन मिल्दैन ? के राष्ट्र बैंकको कर्मचारी भएकाले बनाउन मिल्दैन,” उनले भने । उनले सरकारलाई ऐन उल्लंघनको छुट नभएको बताए । उनले महाप्रसाद अधिकारी अवकाश हुनुअघि एक महिना पहिले गभर्नर किन नियुक्त नभएको ...

जेलन्सकी टर्की पुग्दा पुटिन भने मस्कोमा नै

जेलन्सकी टर्की पुग्दा पुटिन भने मस्कोमा नै
काठमाडौं ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनका भोलोडिमिर जेलेन्स्कीले भाग लिनको लागि आह्वान गरे पनि बिहीबार इस्तानबुलमा युक्रेनमा युद्ध सम्बन्धी शान्ति वार्तामा उपस्थित नहुने भएको छ । पुटिन नजाने भए पछि रुसको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपतिका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने भएका छन । क्रेमलिनको विज्ञप्ति अनुसार अब मेडिन्सिकीले रूसको तर्फवाट जेलेन्सकीसँग टर्कीमा बार्तामा गर्नेछन । जेलेन्स्कीले पहिले नै भनेका थिए कि उनी वार्तामा उपस्थित हुनेछन् । रुसी रा...

सुनको भाउ ३५ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ ३५ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। अघिल्लो दिन बुधबार ५ सय रुपैयाँले वृद्धि भएको सुन आज ३५ सय रुपैयाँले घटेको हो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ३५ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ।बुधबार एक तोला सुनको भाउ १ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको थियो । यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। आज एक तोला चाँदी १९ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार प्रति...

एमाले लुम्बिनी प्रदेश सांसद पन्थीले बुझाए धरौटी, पक्राउ नगर्न प्रहरीलाई पत्र

एमाले लुम्बिनी प्रदेश सांसद पन्थीले बुझाए धरौटी, पक्राउ नगर्न प्रहरीलाई पत्र
काठमाडौं, ३१ वैशाख । मोरङ जिल्ला अदालतले नकेपा (एमाले) का लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीलाई पक्राउ नगर्न प्रहरी कार्यालय काठमाडौंलाई पत्राचार गरेको छ । लेनदेन बिगो मुद्दामा पन्थीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर, उनले आज अदालतमा उपस्थित भएर धरौटी रकम दाखिला गरेका छन् । सोही मुद्दामा पक्राउपुर्जी जारी भएका गौतमबुद्ध हाइड्रो पावर प्रा.लि.काठमाडौंका सञ्चालक देवराज खनालले पनि धरौटी रकम दाखिला गरेका छन् । खनाललाई पनि पक्राउ गर्न अदालतले भनेको छ । ‘वादी श्याम र...

नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो

नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौँ । काठमाडौँको नागढुंगा प्रहरी जवानलाई कुट्ने र कुटाइखाने खाने दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ। कुटाइ खाने र कुटपिटमा संलग्न दुवै प्रहरी कारबाहीमा परेका काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालले जानकारी दिए । केही समयअघि थानकोट नाकामा खटिएका ट्राफिक प्रहरीका एक निरीक्षक (इन्सपेक्टर) ले थानकोट बृत्तका एक जवानलाई कुटेका थिए । नाकामा सुरक्षाका लागि खटिएका जवानलाई इन्सपेक्टरले थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा...

अब रोटीमा यो चीज मिसाएर पकाउनुनु होस्, कब्जियत चट

अब रोटीमा यो चीज मिसाएर पकाउनुनु होस्, कब्जियत चट
काठमाडौं। आजकाल घरहरूमा रोटीहरू सामान्यतया गहुँको पीठोबाट बनाइन्छ किनभने रोटी बिना हाम्रो खाना अधुरो हुने गरेको छ । हामी सबैलाई दिउँसो देखि बेलुकाको खानामा रोटी नै खान मन पर्छ । यदि तपाई पनि कब्जियतको समस्याबाट हैरान हुनुहुन्छ भने गहुँको पिठोमा यस्तो चीज मिसाएर खानुहोस्, कब्जियत झट्टै निको हुनेछ । तपाईलाई भनौं कि कब्जियत आजको समयको सबैभन्दा ठूलो समस्या हो । कब्जियतका मुख्य लक्षणहरूमा कम बारम्बार दिसा चल्नु, कडा र सुख्खा दिसा, मल त्याग गर्दा तनाव वा दुखाइ, र मल त्याग पछि...

नेपाली कांग्रेसकी सांसद माया राईलाई धरौटीमा छोड्न अदालतको आदेश

नेपाली कांग्रेसकी सांसद माया राईलाई धरौटीमा छोड्न अदालतको आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले काग्रेंस सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । हिजो मात्र राईविरुद्ध कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार मुद्दा दायर गरे...

सरकारी बेरूजु ७ खर्ब ३३ अर्ब बढी बेरूजु

सरकारी बेरूजु ७ खर्ब ३३ अर्ब बढी बेरूजु
काठमाडौं । सरकारी बेरूजु ७ खर्ब ३३ अर्ब नाघेको छ । महालेखा परीक्षकको कार्यालेले आर्थिक वर्ष २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बेरुजु थप भएको जानकारी दिएको हो । संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न समितिमा सरकारी बेरुजुको कुल रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ हाराहारी पुगेको हो । गत आर्थिक वर्ष ९१ अर्ब ६० करोड रुपैयाँ बेरुजु देखिएको छ । ३ हजार ९३ सङ्घीय सरकारी कार्यालयको ३१ खर्ब ६ अर्ब १६ करोड लेखापरीक्षणबाट ४७ अर्ब ७४ करोड अर्थात् १.५४ प्रतिशत बेरुज...

जेठका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

जेठका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठ १ गतेदेखि लागू हुनेगरि बुधबार बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको नयाँ ब्याजदर हेर्ने हो भने मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ५.९५ प्रतिशत रहेको छ । संस्थागततर्फ औसत ४.३९ प्रतिशत कायम गरिएको छ । जेठका लागि १४ वाणिज्य बैंकले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ वटा बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा कुमारी बैंक...

साँझ ६ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति पेचिलो बन्दै

साँझ ६ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति पेचिलो बन्दै
काठमाडौँ । मन्त्रिपरिषद् बैठक बुधबार साँझ ६ बजेका लागि सारिएको छ। यसअघि आज राति आठबजे बस्नेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका थिए । प्रधानमन्त्रीको सचिवालयले बुधबार साँझ ६ बजे सिंहदरबारमा बस्नेगरि प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् बैठक आह्वान भएको जानकारी दिएको छ । सोमबार बस्न नसकेको बैठक आजका लागि बोलाइएको हो । आजको बैठकले गभर्नर नियुक्तिको लागि गठित सिफारिस समितिमा एकजना सदस्य नियुक्त गर्ने सम्भावना छ । समितिका सदस्य डाक्टर विश्व पौडेलले र...