मुख्य समाचार

भारतले पाकिस्तानमाथि गर्‍यो हवाई आक्रमण, ३० जनाको मृत्यु

भारतले पाकिस्तानमाथि गर्‍यो हवाई आक्रमण, ३० जनाको मृत्यु
काठमाडौं । पहलगाम आक्रमणको १५ दिनपछि भारतले पाकिस्तानमाथि हवाई हमला गरेको छ । भारतले बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा आक्रमण गरेको हो । भारतीय रक्षा मन्त्रालयका अनुसार ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो । रिपोर्टका अनुसार अपरेशन सिन्दूर नाम दिइएको सैन्य कारबाहीअन्तर्गत बहावलपुरमा भएको हवाई आक्रमणमा ३० जनाको मृत्यु भएको छ । यसैबीच, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहील...

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका हुन् । पुस्तकालयमा गोरखापत्र पढिरहेको आफ्नो तस्वीर ‘फेसबुक’मा ‘पोष्ट’ गर्दै प्रधानमन्त्री ओलीले ‘आज गोरखापत्र स्थापना दिवस । विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र स्थापना भएको थियो । आजको दिनलाई हामीले राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउने ग...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । उनी खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर घाइते भएका हुन् । घाइते भएपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पताल स्रोतका अनुसार उनको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।

बालमन्दिर जग्गा प्रकरण : रिता सिंहसहित १७ जनाविरूद्व मुद्दा चलाउने निर्णय

बालमन्दिर जग्गा प्रकरण : रिता सिंहसहित १७ जनाविरूद्व मुद्दा चलाउने निर्णय
काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा अनियमितता प्रकरणमा तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरूद्व मुद्दा चल्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले २८ रोपनी ५ आना सरकारी जग्गा भाडामा दिँदा भएको आर्थिक अनियमितता प्रकरणमा सिंहसहित १७ जनाविरूद्व मुद्दा चलाउने निर्णय गरेको हो । सिंह उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले केही दिनभित्र नै मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

प्रदीप नेपालकाे पार्थिव शरीर एमाले कार्यालयमा नराखिने

प्रदीप नेपालकाे पार्थिव शरीर एमाले कार्यालयमा नराखिने
काठमाडौं ।  वामपन्थी नेता प्रदीप नेपालकाे पार्थिव शरीर नेकपा एमालेको कार्यालयमा नलगिने भएको छ । एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको भए पनि परिवारले नेता नेपालको इच्छापत्रअनुसार पार्टीको झन्डा नओढाउने र श्रद्धान्जलीका लागि नराखिने अडान राखेपछि यसअघिको निर्णयमा पुनरवलोकन गरिएको एमाले नेताहरूले जनाएका छन् । उपचारकै क्रममा केहीबेरअघि नर्भिक अस्पतालमा निधन भएका प्रदीप नेपालको आजै पशुपतिमा दाहसंस्कारको तयारी हुँदैछ । भतिजा महेश नेपालका अनुसार बेलुक...

नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता होः उपेन्द्र यादव

नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता होः उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नीति तथा कार्यक्रम ल्याउने परम्परा रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले यो परम्पराको निरन्तरतामाथि प्रश्न गरे । उनले अगाडि भने, ‘नीति तथा कार्यक्रम कहिले कहाँबाट सुरु भएर राजामहाराजाको पालादेखि सुरु भएर कमरेडहरूले पनि धान्या हो । नभए, यसको औचित्य छैन ।’ नीति तथा कार्यक्रम ल्याउने र त्यसमाथि टिका टिप्पणी गर्नुको मात्रै अर्थ नरहेको उनले बताए । नीति तथा कार्यक्रममा सांसदले दिएका सुझाव समेट...

सम्पत्ति छानबिन आयोग गठन गर्न धनराज गुरुङको माग

सम्पत्ति छानबिन आयोग गठन गर्न धनराज गुरुङको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न शक्तिशाली उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा दलीय आधारमा आफ्नो धारणा राख्दै उक्त माग गरेका हुन् । सांसद गुरुङले भ्रष्टाचारको अन्त्य गर्दै सुशासनका नि...

पाकिस्तान र भारतबीच तनाव बढ्दै, कश्मीरका बासिन्दा त्रसित

पाकिस्तान र भारतबीच तनाव बढ्दै, कश्मीरका बासिन्दा त्रसित
काठमाडौं । पाकिस्तान र भारतबीच तनाव बढ्दै गएपछि द्वन्द्वहुने डरले कश्मीरका बासिन्दाहरू खाद्यान्न र अत्यावश्यक वस्तुहरूको भण्डारण गर्न थालेका छन् । अप्रिलको अन्त्यतिरबाट दुई देशबीचको गतिरोध बढ्दै गएको हो । पाकिस्तानले सोमबार तीनदिनमा दोस्रो क्षेप्यास्त्र परीक्षण गरेको र भारतले धेरै राज्यहरूलाई सुरक्षा अभ्यास गर्न आदेश दिएको खबर बाहिरिएपछि दुई देशबीच तनाव बढेको हो । दुई दक्षिण एसियाली छिमेकीहरूबीच विवादित क्षेत्र कश्मीरलाई विभाजन गर्ने सीमा, नियन्त्रण रेखा नजिकका समुदायहरू स...

एनआरएनएमा महेश श्रेष्ठ नेतृत्वको समूहलाई परराष्ट्रको मान्यता, सर्वोच्चमा पत्राचार

एनआरएनएमा महेश श्रेष्ठ नेतृत्वको समूहलाई परराष्ट्रको मान्यता, सर्वोच्चमा पत्राचार
काठमाडौं । डा. शेष घलेको नेतृत्वमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनपछि परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतमा म्याद थपका लागि आफैंले दिएको निवेदन फिर्ता लिने प्रक्रिया अगाडि बढाएको छ । यसै साता सम्पन्न एनआरएनको महाधिवेशनले महेश श्रेष्ठ नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिसकेको छ । महाधिवेशन सम्पन्न भइसकेको जनाउँदै मन्त्रालयले यसअघि पेश गरेको निर्देशन कार्यान्वयनको समय थप गर्न गरिएको निवेदन फिर्ता लिने प्रक्रिया अगाडि बढाएको हो । मन्त्रालयले यसअघि सर्...

निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा एमाले र राष्ट्रबैंकको गभर्नरमा नेपाली कांग्रेसको भागवण्डा

काठमाडौं । राष्ट्रबैंकको गभर्नर र हाल रिक्त रहेको निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेकाबीचमा भागबन्डा हुँदैछ । कांग्रेस सभापति देउवाले गभर्नर कांग्रेसको भागमा र प्रमुख निर्वाचन आयुक्त एमालेलाई दिन सहमति जनाइसकेको बुझिएको छ । तर, प्रधानमन्त्री ओलीको केही रिजर्वेशनका कारण ढिलाई भइरहेको बताइन्छ । गभर्नरको कार्यकाल सकिनु अगावै नयाँ सिफारिस गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । तरपनि प्रधानमन्त्री ओलीको असहमतिका कारण २०८१ चैत्र ...