एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो मागपत्र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष नेकपा (एकीकृत समाजवादी) ले मुलुकको आर्थिक, सामाजिक लगायत क्षेत्रमा सुधारका लागि आज मागपत्र बुुझाएको छ । बुधबार प्रधानमन्त्री निवास,बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका पदाधिाकारीले मागपत्र बुझाएका हुन् ।
मागपत्रमा ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ को नाराका साथ कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधि, पूर्वाधार, सुशासन, विदेश नीति, संविधानको पुनरा...









