मुख्य समाचार

च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद प्रभु साहको माग

च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउन सांसद प्रभु साहको माग
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले तुलसीलाल स्मृति प्रतिष्ठानबाट पार्टी कार्यालय हटाउन माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारी बजेटले बनेको प्रतिष्ठानमा पार्टीको कार्यालय राख्नु गलत भएको बताए । अहिले एमालेले केन्द्रीय कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा छ । उनले भने, ‘सामाजिक कार्यको लागि निर्मिति तुलसीलाल स्मृति प्रतिष्ठानमा प्रधानमन्त्रीको पार्टीको केन्द्रीय कार्यालय छ, म सोध्न चाहन्छु तुलसीलाल स्मृति प्रतिष्ठान सामाज...

रुस–युक्रेन युद्ध प्रकरणः अमेरिकी राष्ट्रपति ट्रम्पको शान्ति प्रस्ताव मस्यौदा रुसले गर्‍यो अस्वीकार

रुस–युक्रेन युद्ध प्रकरणः अमेरिकी राष्ट्रपति ट्रम्पको शान्ति प्रस्ताव मस्यौदा रुसले गर्‍यो अस्वीकार
काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको शान्ति सम्झौताको प्रस्तावलाई रुसले अस्वीकार गरेको छ । रुसी सेनाले कब्जा गरेका युक्रेनका क्षेत्रलाई रुसको भूभागका रूपमा अन्तर्राष्ट्रिय मान्यता नदिइएको भन्दै सो प्रस्ताव अस्वीकार गरेको द टेलिग्राफले जनाएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले रसियाका माग सो प्रस्तावमा सम्बोधन नगरिएको बताए । रुसले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई हटाउने र युक्रेनको सशस्त्र बलको आकार घटाउनेल...

आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने

आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने
काठमाडौँ । आन्दोलनरत शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने भएको छ । सोमबार रातीसम्म भएको छलफल सहमतिमा पुग्न नसकेपछि आज दिउसो ३ बजे पुनः वार्ता हुने भएको हो । शिक्षामन्त्री रघुजी पन्तको सचिवालयका अनुसार शिक्षक महासंघका पदाधिकारीलाई यसबारे जानकारी गराइएको छ । शिक्षकहरुसँगको वार्ता सहमतिको नजिक पुगेको तथा आज, भोलिसम्म सहमति गर्ने तयारी रहेको सचिवालयले जनाएको छ । हिजो राति भएको छलफलको बिषयमा शिक्षकहरुले आन्तरिक छलफल गरेपछि वार्तामा आउने बताएको जानकारी दिएको पनि शि...

जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिएको भन्दै विपक्षीको आपत्ति

जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिएको भन्दै विपक्षीको आपत्ति
काठमाडौँ । शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्मा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिएको भन्दै आपत्ति जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता गराएको प्रस्ताव प्रतिनिधि सभाको मंगलवारको बैठकको कार्यसूचीमा नराखिएको भन्दै प्रतिपक्षीले आपत्ति जनाएका हुन् । पाण्डे प्रस्तावक रहेको प्रस्तावको समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेकपा ९एकीकृत समाजवादी० का...

सांसद मेटमणि चौधरीद्धारा सरकारमाथि कडा चेतावनीः शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला

सांसद मेटमणि चौधरीद्धारा सरकारमाथि कडा चेतावनीः शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले शिक्षकहरूका मागहरू सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो चेतावनी दिएका हुन् । शिक्षकका जायज मागहरू पूरा गर्न यथाशिघ्र शिक्षा ऐन नल्याए शासकहरू भाग्नुपर्ने परिस्थिति बन्ने उनको टिप्पणी छ । उनले सरकारले शिक्षकहरूका जायज मागहरू पूरा गर्नुको सट्टा दमन गरिरहेको आरोप लगाए। उनले भने, ‘शिक्षकहरुका मागअनुसार शिक...

क्यानडामा आमनिर्वाचन- ट्रम्पविरोधी पार्टीको अभूतपूर्व जित

क्यानडामा आमनिर्वाचन- ट्रम्पविरोधी पार्टीको अभूतपूर्व जित
काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कर्नीको लिबरल पार्टीले त्यहाँको आमनिर्वाचनमा अभूतपूर्व विजय हासिल गरेको छ । लिबरल पार्टीको जितलाई आश्चर्यजनक नतिजा मानिएको छ । किनभने, तीन महिनाअघिको मत सर्वेक्षणमा यो पार्टी कन्जरभेटिभभन्दा पछि परेको थियो । कर्नी र उनको पार्टीको जितका पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो भूमिका रहेको बताइएको छ । ट्रम्पले गएको जनवरीमा राष्ट्रपति पद सम्हालेपछि क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने धम्की दिएका थिए । यस्तै, आयात कर र ट्रम्पल...

वार्ता सफल नभए शिक्षकहरूले सामूहिक गिरफ्तारी दिने तयारी

वार्ता सफल नभए शिक्षकहरूले सामूहिक गिरफ्तारी दिने तयारी
काठमाडौं । काठमाडौंमा आन्दोलनरत शिक्षकहरूले सामूहिक गिरफ्तारी दिने तयारी गरेका छन् । २८ दिनदेखि आन्दोलनरत शिक्षकहरू आजको वार्ता निष्कर्षमा नपुगे गिरफ्तारी दिने तयारी गरेका हुन् । गएराति पनि सरकार र शिक्षकबीच वार्ता भएपनि निष्कर्षविहीन भएको थियो । आज हुने वार्तामा सहमति हुने सम्भावना प्रवल छ । यदी आज पनि सहमति नभए गिरफ्तारी दिने तयारी शिक्षकहरूले गरेका हुन् ।

सत्ता गठबन्धनः देउवाको बोलीले ढुक्क ओली

सत्ता गठबन्धनः देउवाको बोलीले ढुक्क ओली
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षको दिन र त्यसपछि लगातार नयाँ सरकार बन्ने दाबी गरे । दाहालको दाबीलाई बल पुग्नेगरी कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापादेखि अन्य नेताहरूले पनि कांग्रेस समर्थित ओली सरकारको विकल्प खोज्ने आशयका अभिव्यक्ति दिए । दाहाल र कांग्रेसका असन्तुष्ट नेताहरूको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएका थिए । तर, शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्डको बैंककबाट फर्किएपछि त्रिभु...

समय सापेक्ष ऐन संशोधन हुने छः श्रममन्त्री भण्डारी

समय सापेक्ष ऐन संशोधन हुने छः श्रममन्त्री भण्डारी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताका आधारमा ऐन, कानुन समय सापेक्ष परिवर्तन हुने बताएका छन् । काठमाडौंमा सोमबार अखिल नेपाल ट्रेड युनियनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कुनै पनि ऐन, कानुन सेवा प्रदानमा सहजता र सहुलियका लागि आउने भन्दै ऐन समय सापेक्ष हुनुपर्ने बताए । अहिले वैदेशिक रोजगार ऐन तथा श्रम ऐन संशोधन प्रक्रियामा अगाडि बढेको जानकारी दिँदै उनले सरोकारवालाहरूको सहमतिमा बनेका ऐन, कानुनहरू सबैले निःश...

विभागको सर्भर डाउन, धेरैको उडान रोकियो

विभागको सर्भर डाउन, धेरैको उडान रोकियो
काठमाडौं । वैदेशिक रोजगार विभागको सर्भरमा पुनः समस्या आएको छ । केही दिनअघि आएको समस्या समाधान भएको ठानिएको बेला सोमबार दिउँसोदेखि सर्भर डाउनको पुरानो समस्या दोहोरिएको हो । विभागमा अचानक विद्युत् आपूर्ति रोकिएछि बन्द भएको सर्भर विद्युत् आपूर्ति सुचारु भएपछि पनि सर्भर चल्न नसक्ने अवस्थामा ‘डाउन’ देखिएको थियो । सर्भरमा समस्या आएपछि वैदेशिक रोजगारका लागि पूर्व तथा अन्तिम स्वीकृति रोकिँदा वैदेशिक रोजगारमा जानुपर्ने कामदार प्रभावित भएका छन् । कतिपयको जहाजको टिकट गुमेको छ । कतिपयले ...