प्रतिनिधिसभाको बैठक जारी, शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक जारी छ । बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाउनुभएको थियो । प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए ।
सांसद पाण्डेले संसद्मा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताएका छन् । शिक्षकहरु लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरुका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहेक...









