मुख्य समाचार

राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले बुझायो पोखरा विमानस्थल अध्ययन प्रतिवेदन

राजेन्द्र लिङ्देन नेतृत्वको उपसमितिले बुझायो पोखरा विमानस्थल अध्ययन प्रतिवेदन
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा अनियमितता भएको विषयमा छानबिनका लागि गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आज उपसमितिका संयोजक राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन् । उपसमिति सांसदहरू दाहाल, अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, प्रेमबहादुर आले, तारा लामा, तेजुलाल चौधरी, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव र रुक्मणि राना सदस्य छन् । प्रतिवेदनअनुसार विमानस्थल निर्माणका क्...

प्रतिनिधिसभामा विपक्षी सांसदको ६ बुँदे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश

प्रतिनिधिसभामा विपक्षी सांसदको ६ बुँदे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलहरूले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेको प्रस्तावमा आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदा छलफलका लागि ध्यानाकर्षण गराइएको छ । प्रस्तावमा रास्वपाबाट सन्तोष परियार, नेकपा एसबाट शेरबहादुर कुँवर, आमजनता पार्टीबाट प्रभु साह र जनमोर्चाबाट चित्रबहादुर केसीले समर्थन जनाएका छन्। उनीहरूले सरकार र शिक्षक महासंघसँगबीचका सम्झौता कार्यान्वयन गराउन, सार्वजनिक विद्यालयहरूलाई ग...

जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
सुनसरी । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताएका छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयु...

संसद बैठकः शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन पक्ष-प्रतिपक्ष सबै सांसदको माग

संसद बैठकः शिक्षकलाई विद्यालय फर्किने वातावरण बनाउन पक्ष-प्रतिपक्ष सबै सांसदको माग
काठमाडौँ । सांसदहरूले काठमाडौँमा प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनहरूले शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा झडपको अवस्था आउनु दुःखद् पक्ष हो भन्दै शिक्षकहरूमाथि गरिएको अभद्र व्यवहार रोकिनुपर्ने धारणा राखे । साथै, विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसमक्ष माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जना...

आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै

आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषदको बैठक बस्दैछ। बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठक नियमित भए पनि निकै महत्त्वपूर्ण निर्णय गर्ने जनाइएको छ । आजको बैठकले शिक्षकदेखि चिकित्सकका मागको बारेमा सम्बोधन गर्ने जनाइएको छ । यस्तै आजको बैठकले राष्ट्र बैंकको नयाँ गभर्नरको नियुक्ति गर्ने सम्भावना पनि छ । नयाँ गभर्नर नियुक्तिमा राजनीतिक सहमति भइसकेको नेताहरूले बताएका छन् । गभर्नर पद भने २४ चैतपछि रिक्त छ । यस...

भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउबारे सत्यता नरहेको प्रहरीको दावी

भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउबारे सत्यता नरहेको प्रहरीको दावी
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाडिएका भन्ने प्रेषित समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले आज जारी विज्ञप्तिमा तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छोडिएको भन्ने प्रेषित समाचारमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । “सो सन्दर्भमा, त्यस्तो कुन...

कोशीमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा के छ अवस्था ?

कोशीमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा के छ अवस्था ?
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार बंगालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागले बुलेटिनमार्फत जानकारी दिएको छ । साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि ...

पाल्पाका जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

पाल्पाका जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु
पाल्पा। पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। गएराति रैनादेवी छहरा गाउँपालिका-१ सिद्देश्वर असारेस्थित भित्री कच्ची सडकमा असारेबाट ठूलापोखरी जाँदै गरेको लु १ ज २३७७ नम्बरको जिप अनियन्त्रित सडकबाट खस्दा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा असारेका २३ वर्षीय जनक रेग्मी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक रहेका छन् । दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइते हुनेमा चालक जिल्ला पाल्पा रैनादेवी छहरा गाउँपालिका(१ साउने बस्ने २७ वर्षीय रन्जन ...

गगन थापाविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता

गगन थापाविरूद्ध अदालतको अवहेलना मुद्दा दर्ता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरूद्ध अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। आज सर्वोच्च अदालतमा थापाविरूद्ध अवहेलनाको मुद्दा दर्ता भएको हो । संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दाको फैसलामा ढिलाइ भएको भन्दै थापाले अभिव्यक्ति दिएका थिए । उनको उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भनदै अदालतमा मुद्दा दर्ता भएको हो ।

विद्युत प्राधिकरणको प्रेस विज्ञप्ति– लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको पछि नलागौं

विद्युत प्राधिकरणको प्रेस विज्ञप्ति– लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको पछि नलागौं
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको जनाएको छ । सामाजिक सञ्जालमा विद्युत आपूर्तिसम्बन्धी भ्रम फैलाइएको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको स्पष्ट पारेको हो । हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार हाल देशभर विद्युतको जडित क्षमता तीन हजार ५१२ मेग...