मुख्य समाचार

सानोपाइला सहकारी ठगी प्रकरणमा प्रहरीले बुझायो प्रतिवेदन, रविविरूद्व ५ करोड बिगो माग

सानोपाइला सहकारी ठगी प्रकरणमा प्रहरीले बुझायो प्रतिवेदन, रविविरूद्व ५ करोड बिगो माग
पर्सा । प्रहरीले पर्साको सानोपाइला बचत सहकारी ठगीको अनुसन्धान गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर आज सरकारी वकिलको कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको हो । प्रहरीले ४१ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी पनि छन् । प्रहरीले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरेको छ । लामिछानेसँग ५ करोड ७४ ला...

शिक्षक महासंघको आकस्मिक बैठकले भन्यो– आन्दोलनमा घुसपैठ भयो

शिक्षक महासंघको आकस्मिक बैठकले भन्यो– आन्दोलनमा घुसपैठ भयो
काठमाडौं । नेपाल शिक्षक महासंघले आफूहरूको आन्दोलनमा सरकारपक्षबाटै घुसपैठ भएको दाबी गरेको छ । घुसपैठकै कारण झडपको स्थिति सिर्जना भएको महासंघको भनाइ छ । नेपाल शिक्षक संघ सोलुखुम्बुका अध्यक्ष मदन राईले आफहरूले शान्तिपूर्ण आन्दोलन भाड्न घुसपैठ भएको जिकिर गरे । “शान्तिपूर्ण शिक्षक आन्दोलन भाड्नका लागि घुसपैठ भएको छ । घुसपैठ गर्ने दुईजनालाई प्रहरीले लाठी चार्ज गरेपछि उहाँहरूले माफी मागिसक्नुभएको छ,” राईले भने । आज बानेश्वर क्षेत्रमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । झडपमा...

कांग्रेस सचेतकले संसदमा भनेः राजेन्द्र लिङ्देनले सदनमा माफी माग्नुपर्छ

कांग्रेस सचेतकले संसदमा भनेः राजेन्द्र लिङ्देनले सदनमा माफी माग्नुपर्छ
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते कोटेश्वरको भाटभटेनी लुटपाट प्रकरणमा नेपाली कांग्रेसका सहमहामन्त्रीका छोराको संलग्नता रहेको भनी दिएको अभिव्यक्ति झूठो भएको भन्दै क्षमायाचना गर्न माग गरेका छन् । बैठकको आकस्मिक समयमा प्रमुख सचतेक घिमिरेले नेपाली कांग्रेसको मानमर्दन गरिएको भन्दै लगाइएको आरोपको प्रमाण दिन अथवा क्षमायाचना गर्न माग गरेका हुन् ...

प्रहरीले सांसद राई पक्राउ परेकोबारे सभामुखलाई गरायो जानकारी

प्रहरीले सांसद राई पक्राउ परेकोबारे सभामुखलाई गरायो जानकारी
काठमाडौँ । नेपाल प्रहरीले नेपाली काँग्रेसकी सांसद माया राई पक्राउ परेको सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान तथा कारबाही शाखाले सङ्घीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउ गरिएकोबारे जानकारी गराएको हो । राईलाई गएराति काठमाडौँको कपनमा रहेको निवासबाटै प्रहरीले पक्राउ गरेको हो । उनी स्वर्णलक्ष्मी बचत ऋण सहकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् । पक्राउ परेकी राईमाथि कालिमाटीको ...

तीनकुने घटनामा संलग्न मिश्र र प्रसाईंलगायतलाई म्याद थप गर्न अदालत लगिंदै

तीनकुने घटनामा संलग्न मिश्र र प्रसाईंलगायतलाई म्याद थप गर्न अदालत लगिंदै
काठमाडौं । १५ चैतमा भएको तीनकुने हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईंसहितका व्यक्तिलाई म्याद थप गर्न अदालत लगिंदै छ । यसअघि पछिल्लोपटक १० वैशाखमा उनीहरुविरुद्ध तीन दिनको म्याद थप भएको थियो । उक्त म्याद सकिएकाले आज आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । यसअघि भने अदालतले मिश्र र प्रसाईंको स्वास्थ्यको विषयमा संवेदनशील हुन आदेश ...

एमालेमा खराजकता बढ्योः पूर्वराजा र उनका संवाद सचिवलाई कारबाही गर्न माग

एमालेमा खराजकता बढ्योः पूर्वराजा र उनका संवाद सचिवलाई कारबाही गर्न माग
काठमाडौँ । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल कारबाही गर्न माग गरेका छन्। आज आइतबारको प्रतिनिधिसभाको बैठकमा सांसद गैरेले वक्तव्यमा श्री ५ को सरकार लेखिएको भन्दै कारबाहीको माग गरेका हुन् । जम्मू–कश्मीरमा भएको आक्रमणबारे शनिबार संवाद सचिव डा. फणिराज पाठकबाट प्रकाशित वक्तव्यको शीर्षकमा श्री ५ महाराजाधिराजु लेखिएको भन्दै उनले आपत्ति जनाए। नेपालको संविधान र आजको व्यवस्थामा श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीर विक्रम शाहदेव भन्ने कहाँ छ ? यो लेख...

निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि पानीको फोहरा

निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि पानीको फोहरा
काठमाडौं । निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग भएको छ । सधैँ झैँ माइतीघरबाट भेलिएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पछाडि हट्न अनुरो गर्दै पानीको फोहरा हानेको छ । सोक्रममा प्रहरीसँग ठेलमठेलसमेत भएको छ । शिक्षकहरूले प्रहरीमाथि ढुंगा पनि हानेका थिए । शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरूको आन्दोलनको आज २६औं दिन हो ।

माओवादी सिन्धु–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा तोकेन्द्र गहतराज निर्वाचित

माओवादी सिन्धु–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा तोकेन्द्र गहतराज निर्वाचित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा तोकेन्द्र गहतराज निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न दोस्रो सम्मेलनबाट गहतराजको नेतृत्वमा ४१ सदस्यीय नयाँ समिति सर्वसम्मत रुपमा चयन गरिएको हो । नवगठित समितिमा उपाध्यक्षहरूमा सुदर्शन लम्साल, सुवास लामा, रेशम बहादुर पाख्रिन र शारदा आचार्य चयन भएका छन् । सचिवमा छन्द प्रसाद नेपाल (सिपी), सहसचिवहरूमा राजेश तामाङ र राजन भुजेल तथा कोषाध्यक्षमा ज्ञानसिं वाइवा निर...

वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व

वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व
काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनीबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई...

सरकार सुशासनकाविरुद्ध खडा भयो, बिचौलियाहरुको मात्र भयो : प्रचण्ड

सरकार सुशासनकाविरुद्ध खडा भयो, बिचौलियाहरुको मात्र भयो : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासनकाविरुद्ध खडा गरिएको बिचौलियाहरुको सरकार भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल पाँचौ राष्ट्रिय महाधिवेशन शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा उनले यो सरकार भ्रष्टाचारीहरुको रक्षा गर्ने सरकार भएको भन्दै यो कुरा राजनीति विवेक र ज्ञान राख्ने मान्छेले पनि स्वीकार गरेको बताए । उनले भने, ‘अहिलेको सरकार सुशासनकाविरुद्ध खडा गरिएको बिचौलियाहरुको सरकार हो भन्ने कुर...