मुख्य समाचार

बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा शिक्षक र प्रहरीबीच धकेलाधकेल
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि दुई पक्षबीच धकेलाधकेल भएको हो । शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षकहरू २५ दिनदेखि काठमाडौंमा आन्दोलनरत छन् ।

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । बैठक आइतबार बिहान ११ बजे बस्नेछ । आजदेखि सुरू भएको बजेट अधिवेशनमा सांसदहरू आ–आफ्नो धारणा राखेका थिए । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वृत्त परिचालन विधेयक २०८१ प्रस्तुत गरेका छन् ।

भोलि बिहान सरकार र शिक्षकबीच वार्ता हुने

भोलि बिहान सरकार र शिक्षकबीच वार्ता हुने
काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भोलि बिहान वार्ता हुने भएको छ । भोलि बिहान साढे सात बजेका लागि वार्ताको समय तय गरिएको हो । यसअघि आज वार्ताका लागि शिक्षकहरूलाई डाकिएको भएपनि शिक्षा मन्त्रालयले ढिलो गर्दा शिक्षकहरू सिंहदरबारको गेटबाटै फर्किएका थिए ।

शिक्षामन्त्रीले आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा बोलाए

शिक्षामन्त्रीले आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा बोलाए
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूसँग संवाद गरी समाधान खोज्न तत्पर रहेको जनाउँदै वार्ताका लागि नेपाल शिक्षक महासंघलाई औपचारिक आह्वान गरेको छ। मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८० चाँडै पारित होस् भन्ने मागसहित भइरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शिक्षामन्त्री रघुजी पन्तले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रतिनिधिसभामा छलफलको प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयकलाई सम...

अबको ७ दिनभित्र दर्ता नभए फेसबुकलाई नेपालमा प्रतिवन्ध लगाइन्छः सञ्चार मन्त्री

अबको ७ दिनभित्र दर्ता नभए फेसबुकलाई नेपालमा प्रतिवन्ध लगाइन्छः सञ्चार मन्त्री
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए फेसबुक (मेटा)लाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको बताए । उनले तेस्रो पटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपाल...

प्रतिनिधिसभाको छैठौँं अधिवेशनको पहिलो बैठक सुरु

प्रतिनिधिसभाको छैठौँं अधिवेशनको पहिलो बैठक सुरु
काठमाडौँ । प्रतिनिधिसभाको छैठौँं अधिवेशनको पहिलो बैठक सुरु भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् । उनले संसद्को यो अधिवेशन कानुन निर्माण, जनताका आकांक्षा सम्बोधनलगायत विषयमा प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे । “यो अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम, बजेटसँगै अन्य कानुन संसद्मा पेस गर्नेछ भन्ने अपेक्षा छ । संसद् जनताको आवाज उठाउने थलो सँगसँगै मुलुकका लागि आवश्यक कानुन न...

थाइल्याण्डबाट स्वदेश फर्किए देउवा परिवारः भने सरकार परिवर्तनको कुरा हल्ला मात्रै

थाइल्याण्डबाट स्वदेश फर्किए देउवा परिवारः भने सरकार परिवर्तनको कुरा हल्ला मात्रै
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार परिवर्तनको कुरा हल्ला मात्रै भएको स्पष्ट पारेका छन् । आज थाइल्याण्डबाट स्वदेश फर्किएका देउवाले विमानस्थलमा कुराकानी गर्दै सरकार परिवर्तनको हल्ला सत्य नरहेको स्पष्ट पारेका हुन् । सत्ता समीकरण फेरबदल हुने कुनै सम्भावना नरहेको उनको भनाइ छ ।

सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
काठमाडौं । १० वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति गरिरहेका बेला सिन्धुपाल्चोकमा भूकम्प गएको छ । शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको ज्यान गएको थियो । त्यतिबेला सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थिय...

आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै

आज विश्व औलो दिवस, अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै
काठमाडौं । आज विश्व औलो दिवस हो । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ । सङ्गठनका महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय कार्य र समुदायको संलग्नताबाट औलो उन्मूलन गर्न सकिने बताएका छन् । अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि आजै हो । दोस्रो विश्वयुद्धपछि आजकै दिन अर्थात् २५ एप्रिल १९४५ मा विश्वमा शान्ति...

देउवा परिवार आज स्वदेश फर्किँदै, सत्ता गठबन्धन ढलमल हुनसक्ने

देउवा परिवार आज स्वदेश फर्किँदै, सत्ता गठबन्धन ढलमल हुनसक्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री डा‍‍। आरजु राणा आज स्वदेश फर्किँदैछन्। थाइल्याण्ड भ्रमणमा देउवा दम्पती एक साता लामो बसाइपछि शुक्रबार दिउँसो काठमाडौंमा अवतरण गर्न लागेका हुन् । सभापति देउवा उपचारको लागि थाइल्यान्ड गएका हुन् भने परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप)को ८१ औँ सम्मेलनमा सहभागी थाइल्यान्ड पुगेकी हुन्। देउवा दम्पतीको यो स्वदेश ...