मुख्य समाचार

आज भूकम्प स्मृति दिवस मनाइँदै

आज भूकम्प स्मृति दिवस मनाइँदै
काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो । पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटल...

शिक्षक आन्दोलन आज पनि जारी

शिक्षक आन्दोलन आज पनि जारी
काठमाडौं । काठमाडौंको सडक केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहनेछ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग छ। अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति...

सङ्घीय संसद्को बर्खे अधिवेशन आजदेखि

सङ्घीय संसद्को बर्खे अधिवेशन आजदेखि
काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनेछन् । बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको...

तीन दिनभित्र शिक्षकहरु विद्यालय फर्की पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश

तीन दिनभित्र शिक्षकहरु विद्यालय फर्की पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरुलाई विद्यालयमा फर्काई नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता श्रवणकुमार चौधरीलगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधिश डा. नहकुल सुवेदीको एकल इजलासले बालबालिकालाई नियमत रुपमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्न अन्तरिम आदेश दिएको हो । आन्दोलनरत शिक्षकहरुका जायज र संविधानसम्मत मागहरु तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक न...

राष्ट्रपतिले वैशाख १९ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

राष्ट्रपतिले वैशाख १९ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ मा प्रस्तुत गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ । सरकारको नेतृत्व गरिरहेको एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको हो । संघीय संसद् सचिवालयका प्रवक्ता तथा प्रतिनिधिसभा कार्यव्यवस्था महाशाखाका प्रमुख एकराम...

भारतले बन्द गर्‍यो पाकिस्तानी नागरिकलाई भिसा सेवा

भारतले बन्द गर्‍यो पाकिस्तानी नागरिकलाई भिसा सेवा
काठमाडौं । भारतले बिहीबार पाकिस्तानी नागरिकका लागि तत्काल कार्यान्वयन हुने गरी भिसा सेवा निलम्बनको घोषणा गरेको छ । यो जानकारी दिँदै भारतीय विदेश मन्त्रालयले भनेको छ, “पहलगाममा भएको आतंकवादी हमलालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो ।” पाकिस्तानी नागरिकलाई जारी गरेका सबै विद्यमान वैध भिसाहरू अप्रिल २७ देखि रद्द भएको मानिने विदेश मन्त्रालयले जनाएको छ । यस्तै, पाकिस्तानी नागरिकलाई जारी गरिएको मेडिकल भिसा अप्रिल २९ सम्ममात्रै मान्य हुनेछ । विदेश मन्त्रालयले आफ्ना नागरिकलाई...

गाउँपालिका र नगरपालिकाहरूको थ्रेटः अविलम्ब विद्यालय फर्किएर शिक्षण संस्था सुचारु गर्न अपिल

गाउँपालिका र नगरपालिकाहरूको थ्रेटः अविलम्ब विद्यालय फर्किएर शिक्षण संस्था सुचारु गर्न अपिल
काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले अविलम्ब विद्यालय फर्किएर शिक्षण संस्था सुचारु गर्न आन्दोलनरत शिक्षकलाई अनुरोध गरेका छन् । गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे र नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कारण सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना ठप्प भएको, विद्यालयमा अझै पाठ्यपुस्तक पुग्न नसकेको, एसइईको उत्तरपुस्तिका परीक्षण हुन नसकेको, समयमा नै कक्षा १२ को परीक्षा हुन नसक्दा विद्य...

आवश्यक परे हामी सरकारबाट बाहिरिन्छौं- गगन थापा

आवश्यक परे हामी सरकारबाट बाहिरिन्छौं- गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारमा रहीरहनु कांग्रेसको बाध्यता भएको बताएका छन् । लोकतन्त्र दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा महामन्त्री थापाले भने, ‘आज हामी बाध्यतामा छौं । सरकारमा हामी एक्लै छैनौं । कतिपय हामीले कम्परमाइज गरेका छौं । तर आधारभूत कुराहरूमा हामी कम्परमाइज गर्दैनौं । हामीले भन्न सक्नुपर्छ, पर्‍यो भने हामी यस्तो सरकारबाट बाहिर जान्छौं । सरकार सबैभन्दा ठूलो कुरा होइन ।’ समस्याको मात्रै कुरा गरेर नहुने भन्दै महामन्त्...

वैशाख १७ गते जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा हुने

वैशाख १७ गते जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा हुने
काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच एकता घोषणा हुने निश्चित भएको छ । एकताको सबै तयारी पुरा भएको र वैशाख १७ गते दुई पार्टीबिच एकता घोषणा हुने जनमत पार्टीका अध्यक्ष सिके राउतले बताएका छन् । उनले नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता दुवै पार्टीको बिचमा हुन लागेको बताए । ती दुवै पार्टीका बिचमा एकताका लागि करिब डेढ दुई वर्षदेखि प्रयास भइरहेको थियो । यसअघि दुई पार्टीका बिच...

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ

नवनियुक्त शिक्षामन्त्री पन्तले लिए शपथ
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शपथ लिएका छन् । बिहीबार उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।