आतङ्ककारीलाई उनीहरुले कल्पना गरेको भन्दा बढी सजाए दिन्छौंः मोदी
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मीरको पाहलगाममा भएको आतङ्कवादी आक्रमणका दोषीहरूमाथि कठोर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार पहिलो पटक सार्वजनिक रूपमा बोल्दै उनले ‘‘एक–एक आतङ्ककारी र तिनका समर्थकलाई चिन्न, पछ्याउन र सजाय दिन’’ भारत प्रतिबद्ध रहेको बताए । उक्त आक्रमणमा २८ जनाको मृत्यु भएको थियो ।
प्रधानमन्त्रीले घटनाप्रति गहिरो पीडा महसुस गरेको सुनाए । ‘‘२२ एप्रिलमा जम्मु–कश्मीरको पाहलगाममा आतङ्ककारीहरूले निर्दोष नागरिकको ज्यान लिए। दे...








