मुख्य समाचार

सुनको मूल्य एकैदिन तोलामा सात हजार ५०० रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन तोलामा सात हजार ५०० रुपैयाँले घट्यो
काठमाडौं । सुनको मूल्य तोलामा रू सात हजार ५०० घटेको छ । मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला रू एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर रू एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला रू पाँचले घटेर रू एक हजार ९६५ मा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कश्मीरमा आतंकवादी हमलामा मारिने नेपाली युवक बुटवलका

कश्मीरमा आतंकवादी हमलामा मारिने नेपाली युवक बुटवलका
काठमाडौं । हिजो भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली बुटवलका युवक भएको खुलेको छ । मारिने बुटवल–११, कालिकानगरका सुदीप न्यौपाने हुन्। यस्तै सुदीपकी आमा रेनु पाण्डे भने घाइते भएकी छिन् । सन्दीप गत शनिबार आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित घुम्न कश्मिर गएका थिए । उनको शव नेपाल ल्याइँदैछ । घटनामा हालसम्म २८ जनाको मृत्यु भएको छ ।

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

यस्तो छ आज तरकारी र फलफूलको मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २०, आलु रातो प्रतिकिलो रु ३३, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु ३५, गाजर (तराई) प्रतिकिल...

आतङ्कवादी हमलाको राष्ट्रपति पौडेलबाट निन्दा

आतङ्कवादी हमलाको राष्ट्रपति पौडेलबाट निन्दा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जम्मू–कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय...

नेपालले भन्योः जम्मु–कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गर्छौँ

नेपालले भन्योः जम्मु–कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गर्छौँ
काठमाडौँ । नेपालले जम्मु–कश्मीरमा एक नेपालीसमेत कम्तीमा २७ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलाको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार बिहान विज्ञप्ति जारी गरी जम्मु–कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणको विरोध गर्दै भारत र भारतीय जनताप्रति ऐक्यबद्धता जनाएको हो । ‘निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको नेपालले स्पष्ट रूपमा निन्दा गर्दछ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘हामी शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्द...

युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आजै

युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आजै
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मंगलबार साँझ काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे । परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्...

काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै बढ्यो गर्मी

काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै बढ्यो गर्मी
काठमाडौं । देशभर गर्मी ह्वात्तै बढेको छ । दुई दिनअघिसम्म हल्का वर्षाले चिसिएका नेपालका भूभागको तापक्रम उकालो लागेको हो । पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ  भने काठमाडौं उपत्यकामा पनि तापक्रम बढेको छ । मंगलबार काठमाडौंमा अधिकतम तापक्रम ३१.६ र न्यूनतम १७.८ डिग्री सेल्सियस मापन भएको छ । यता पश्चिम तराईका धनगढीमा भने ४०.८ र नेपालगन्जमा ४० डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यसैगरी चन्द्रगढीमा ३१.६, जनकपुरमा ३७.४, धरानमा ३४.६, विराटनगरमा ३१.८ र...

दाउन्नेमा खस्यो सुक्खा पहिरो, यातायात अवरूद्ध

दाउन्नेमा खस्यो सुक्खा पहिरो, यातायात अवरूद्ध
नवलपुर । सुक्खा पहिरोका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तरगतको दाउन्ने क्षेत्रमा सवारी आवागमन अवरूद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा सडकको बायाँतर्फ सुक्खा पहिरो खसिरहेकाले यातायात सेवा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार अहिले उक्त क्षेत्रमा दुवैतर्फ यातायात सेवा पूर्णरूपमा अवरुद्ध छ । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको उनले बताए । अहिले दाउन्ने क्षेत्रमा सयौँ सवारीस...

स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डको निर्णय

स्वास्थ्य बिमा कोषमा आम्दानी बढाउन बिमा बोर्डको निर्णय
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय हालै गरेको छ । बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बिमामा अनावश्यक दाबी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै अनावश्यक परीक्षण नगर्न र उपचार गर्दा प्रोटोकलअनुसार गर्ने व्यवस्था मिलाउन सहयोगका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रचार गरेको छ । अहिले सरकारले आधारभूत स्वास्थ्य उपचारका लागि दिने रकमक...

सत्य निरुपण आयोगको अध्यक्षको लागि १११ को आवेदन

सत्य निरुपण आयोगको अध्यक्षको लागि १११ को आवेदन
काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षसहित पदाधिकारी बन्न १११ जनाको आवेदन परेको छ । आवेदन दिनेहरूमा पूर्वप्रधानन्यायाधीशदेखि र न्यायाधीशहरू र पूर्वमुख्यसचिवसमेत छन् । सकारले गठन गरेको सिफारिस समितिले आकांक्षीको आवेदन आह्वान गरेको थियो । आवेदन आफैँ दिन सक्ने वा अन्य व्यक्ति तथा संस्थाहरूले पनि सिफारिस गर्न सक्ने व्यवस्था गरिएको थियो । अध्यक्ष पदमा आवेदन दिनेमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौला, पूर्वप्रधानन्यायाधीश कल्याण...