मुख्य समाचार

रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश

रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट अब संयुक्त इजलासमा सुनुवाइ हुनेछ । मंगलबारको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले उक्त रिट संयुक्त इजलासमा पठाउन आदेश दिएको हो । अब संयुक्त इजलासमा सुनुवाइको पेशी तोकिने छ । रवि हाल सहकारी ठगी प्रकरणमा बुटवल उच्च अदालतको आदेशले पुर्पक्षका लागि रुपन्देही कारागारमा छन् । उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै पत्नी निकिता पौडेलले सर्वोच्चमा बन्दी प्रत्य...

शिक्षकका माग पूरा गर्दा राज्यलाई २ खर्बको भार थपिने, १० अर्बभित्रको यस्तो छ मध्यमार्गी प्रस्ताव

शिक्षकका माग पूरा गर्दा राज्यलाई २ खर्बको भार थपिने, १० अर्बभित्रको यस्तो छ मध्यमार्गी प्रस्ताव
काठमाडौं । शिक्षक आन्दोलनका सबै माग पूरा गर्दा राज्यलाई २ खर्बको आर्थिक भार थपिने आँकडा अर्थमन्त्रालयले निकालेको छ । शिक्षक महासंघका अधिकांश माग सेवा सुविधासँग जोडिएकाले राज्यलाई ठूलो भार थपिने विश्लेषण अर्थ मन्त्रालयको छ । शिक्षक आन्दोलनका आंशिक माग पूरा गर्दा पनि एकदेखि डेढ खर्ब रूपैयाँको आर्थिक भार थपिने भएपछि तेस्रो विकल्पमा शिक्षा मन्त्रालयले गृहकार्य गरेको थियो । शिक्षामन्त्री विद्या भट्टराईसहितले तयार पारेको ७ बुँदे सहमतिको मस्यौदामा शिक्षक महासंघ सहमत भएन । भट्टराई...

प्लाष्टिकजन्य फोहोर नबाल्न काठमाडौं महानगरको आग्रह

प्लाष्टिकजन्य फोहोर नबाल्न काठमाडौं महानगरको आग्रह
काठमाडौं । काठमाडौं महानगरापलिकाले खुला स्थानमा फोहोर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभावी फोहोर नबाल्न महानगरले आग्रह गरेको हो । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले प्रद्रषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताइन्। महानगरबाट फोहर सङ्कलन गर्न आउने सवारी साधनमा सबै किसिमका फोहर विसर्जन गर्न उनले महानगरवासीलाई अ...

रवि लामिछानेको रिट न्यायाधीश मुसलमानको इजलासमा

रवि लामिछानेको रिट न्यायाधीश मुसलमानको इजलासमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटको आज सुनुवाई हुँदैछ । लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाई हुन लागेको हो । सुनुवाई न्यायाधीस अजीज मुसलमानको इजलासमा तोकिएको छ । यसअघि हिजो न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेशी परेकोमा हेर्न नमिल्नेमा परेको थियो

सरकारले १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने

सरकारले १२ कक्षाको परीक्षामा निजामती कर्मचारी खटाउने
काठमाडौं । शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो । राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा राखेका थिए । उनीहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा त सञ्चालन गर्न सक्छन् भने १२ कक्षाको नसक्ने कुरै हुँदैन ।’ बोर्ड बैठकपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षम...

नेपाल आइपुगे भारतका विद्युत् मन्त्री

नेपाल आइपुगे भारतका विद्युत् मन्त्री
काठमाडौं । भारतका विद्युत् तथा आवास मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् । मन्त्री मनोहरलाल खट्टर दुई दिने औपचारिक भ्रमणका लागि केहीबेर अघि नेपाल आइपुगेका हुन् । उनको नेपाल भ्रमण ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा हुँदैछ। मन्त्री खड्काले माघ ३० गते भारत भ्रमणका क्रममा खट्टरलाई नेपाल आउन निमन्त्रणा दिएका थिए । भ्रमणका क्रममा मन्त्री खट्टर र मन्त्री खड्काले संयुक्त रूपमा भारतको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० क...

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पेसी

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पेसी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज (वैशाख ९)लाई पेसी तोकिएको छ । सर्वोच्च अदालतमा हिजो पनि यो रिटको पेसी तोकिएकामा ‘हेर्न नमिल्ने’मा परेको थियो । लामिछानेका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गएको आइतबार (वैशाख ७) बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् । त्यसपछि सोमबार न्यायाधीश हरि फुयालको इजलासमा यो रिट ‘हेर्न नमिल्ने’मा परेको हो । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपु...

तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदका तीन समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित समितिका कार्यालयमा बस्नेछन् । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ः३० बजेबाट सुरू हुनेछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल हुनेछ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका क...

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा, युके पाउन्डस्ट्रलिङ एकको खरिदर १८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिद...

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
काठमाडौं। शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन् । शिक्षक आन्दोलन थप पेचिलो बन्दै गइरहेका बेला उनले राजीनामा दिएकी हुन् । भट्टराईको सचिवालयले भने स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएको छ । शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।