मुख्य समाचार

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्नेमा परेको छ । सोमबार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको लामिछानेको रिट हेर्न नमिल्नेमा परेको हो । आइतबार लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोमबार सुनुवाइ तोकिए पनि हेर्न नमिल्नेमा परेको हो । यसअघि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अद...

अमेरिकी उपराष्ट्रपति भारत भ्रमणमा

अमेरिकी उपराष्ट्रपति भारत भ्रमणमा
काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स आज चार दिने भारत भ्रमणका लागि दिल्ली आइपुग्दै छन् । उनीहरूको स्वागतका लागि सडकहरूमा ठूला–ठूला होर्डिङहरू राखिएको छ भने दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय मूलकी श्रीमती ऊषा र तीन सन्तानसहित आज बिहान भारत भ्रमणमा आउन लागेका भेन्सले आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेन्स दिल्ली आइपुगेपछि सबैभन्दा पहिले आफ्ना परिवारसहित स्वामीनारायण अक्षरधाम मन्दिर जानेछन् । भारतीय समय अनुसार आज साँझ साढे ...

नेपाल ल क्याम्पसमा स्ववियुको मतदान जारी

नेपाल ल क्याम्पसमा स्ववियुको मतदान जारी
काठमाडौं । नेपाल ल क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान भइरहेको छ । २०८१ चैत ५ गते हुन नसकेको मतदान आज भएको हो । ‘मतदान जारी छ । शान्तिपूर्ण भइरहेको छ‘, क्याम्पस प्रमुख श्यामबहादुर कार्कीले भने । निर्वाचनका लागि ल क्याम्पसमा १३ वटा विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका छन् ।

‘जार’ नेपाली सिने उद्योगलाई उचाइ दिने चलचित्र

‘जार’ नेपाली सिने उद्योगलाई उचाइ दिने चलचित्र
काठमाडौँ । चलचित्र ‘जार’ले नेपाली सिनेमालाई नै उचाइ दिने निर्माणपक्षले बताएको छ । ‘जार’ रिलिज भएपछि नेपाली चलचित्र उद्योग एक खुड्किलो माथि उक्लिने निर्माणपक्षको दाबी छ । वैशाख २६ गते प्रदर्शन हुने चलचित्र विषय, प्रस्तुति र प्राविधिक रूपमै बलियो रहेको निर्देशक फूर्वा छिरिङ लामाले बताए । “विषयका हिसाबले हामीले अब्बल र नेपाली समाजले भोगेको विषय उठान गरेका छौँ । त्यसैले यसलाई म हरेक समाजको कथा भन्न रुचाउँछु,” निर्देशक लामाले भने, “प्राविधिक पक्ष पनि उत्तिकै बलियो रहनेछ । प्राव...

पाथीभरा जाँदै गरेको जिपमा आगलागी : ४ जनाको मृत्यु, २ घाइतेको उद्धार 

पाथीभरा जाँदै गरेको जिपमा आगलागी : ४ जनाको मृत्यु, २ घाइतेको उद्धार 
ताप्लेजुङ । पाथीभरा मन्दिर दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको जिपमा आगलागी हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । फुङ्लिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा सोमबार बिहान ४ः५० बजेतिर करेन्ट लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेतले जानकारी दिए । उनका अनुसार बिजुलीको पोलबाट लत्रिएको तारले जिपमा छोएर आगलागी भएको प्रारम्भिक अनुमान छ । ‘बिजुलीको पोलबाट लत्रिएको तारले आगलागी भएको अनुमान छ...

शिक्षकको प्रदर्शन : सवारी ‘डाइभर्सन’, यात्रीलाई सास्ती

शिक्षकको प्रदर्शन : सवारी ‘डाइभर्सन’, यात्रीलाई सास्ती
काठमाडौं । शिक्षकको प्रदर्शनका कारण काठमाडौंमा सवारीसाधन ‘डाइभर्सन’ गरिएको छ । शिक्षक सडकमा उत्रँदा तीनकुनेबाट बानेश्वरतर्फ जाने सवारीसाधन ‘डाइभर्सन’ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । माइतीघर–बानेश्वर क्षेत्रमा शिक्षकले प्रदर्शन गर्दै आएका छन् । उक्त सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षक २० दिनयता काठमाडौंमा सडक आन्दोलनमा छन् । विद्यालय शिक्षा ऐन तत्...

राप्रपा सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा

राप्रपा सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्। चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा प्रहरी हिरासतमा रहेका सांसद राणालाई आइतबार राति हाजिरी जमानीमा छाडिएको हो । राणा क्यान्सरबाट पीडित छन् । करिब तीन महिना भारतका विभिन्न अस्पतालमा क्यान्सरको उपचार गरेर गत पुसमा स्वदेश फर्किएका थिए। अहिले हिरासतमा रहिरहँदा उनको मुखमा क्यान्सर भएको ठाउँमा मासु...

प्रहरी जवानको परीक्षामा सामेल नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानको परीक्षामा सामेल नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं । प्रहरी जवानका लागि लिइएको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट ती परीक्षार्थी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दोलखा, जिरी नपा– ९ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २३ का मोहन सुनुवार, कालिकोट, शुभकालिका गापा– ७ घर भई लैनचौर बस्ने अन्दाजी वर्ष २४ का गोपाल शाही, सुर्खेत, वीरेन्द्रनगर न.पा वडा नं ५ घर भई हाल का.जि माछापोखरी बस्ने अ. वर्ष २२ को मनोज शर्मा, दैलेख, भैरवी गापा– ५ घर भई बानेश्वर बस्मे अन्दाजी ...

शेख हसिनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा निवेदन

शेख हसिनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा निवेदन
काठमाडौं । बंगलादेश प्रहरीको राष्ट्रिय अपराध ब्युरो (एनसीबी) ले अपदस्थ प्रधानमन्त्री शेख हसिनासहित १२ जनाविरुद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई पत्र पठाएको छ । बंगलादेशको पत्रिका द डेली स्टारका अनुसार प्रहरी मुख्यालय (पीएचक्यू) का सहायक महानिरीक्षक (मिडिया) इनामुल हक सागरले यसको पुष्टि गर्दै एनसीबीले अदालत, सरकारी वकिल वा अनुसन्धान एजेन्सीबाट प्राप्त पुनरावेदनका आधारमा इन्टरपोललाई यस्तो अनुरोध गर्ने बताए । सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरूले गरेको आन...

आन्दोलनपछि राप्रपाले भन्यो– ‘सरकारको रवैया निरंकुश र अलोकतान्त्रिक’

आन्दोलनपछि राप्रपाले भन्यो– ‘सरकारको रवैया निरंकुश र अलोकतान्त्रिक’
काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरुलाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरिनु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको ठहर गरेको छ । नेताहरु पक्राउपछि बसेको आकस्मिक बैठकले सरकारकोे रवैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले भने, ‘अध्यक्ष र नेताहरु पक्राउको राप्रपा घोर निन्दा र भत्सर्ना गर्दछ । यसको सर्व...