कक्षा १२ को वार्षिक परीक्षाका विषयमा नयाँ निर्णय भएको छैन : बोर्ड
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै हुने जनाएको छ । पूर्वनिर्धारित तालिकाअनुसार १२ कक्षाको वार्षिक परीक्षा यही वैशाख ११ गतेबाट सञ्चालन हुनेछ ।
“कक्षा १२ को परीक्षाको सम्बन्धमा नयाँ निर्णय भएको छैन । पूर्वतालिकाअनुसार नै हुन्छ,” राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोख्रेलले भने, “नयाँ निर्णय भयो र परीक्षा सरेको खण्डमा हामी हाम्रो आधिकारिक वेबसाइटमा सूचना प्रकाशित गर्छौँ ।”
सरकारी विद्यालयका शिक्षकहरू ...









