चीनसँगको व्यापार युद्ध अन्त्य गर्ने ट्रम्पको संकेत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको चलिरहेको व्यापार युद्ध अन्त्य गर्ने संकेत दिएका छन् । साथै, उनले सामाजिक सञ्जाल टिकटकको भविष्यसम्बन्धी सम्झौता गर्न अझै केही समय लाग्न सक्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
ट्रम्पले चीनविरुद्ध लगाएको अत्यधिक आयात करका कारण सेयर बजारमा व्यापक असर परिरहेको छ । ट्रम्पले ह्वाइट हाउसमा भेला भएका पत्रकारहरूसँग भने, “म यो आयात कर अझ बढोस् भन्ने चाहन्नँ किनभने एक निश्चित सीमापछि मानिसहरूले खरिद नै गर्न सक्ने छैनन् ।...









