मानसी घोषले जितिन् इन्डियन आइडल–१५ को उपाधि
मुम्बई । कोलकाताकी मानसी घोष गायन रियालिटी शो इन्डियन आइडल–१५ को विजेता घोषित भएकी छन् । फाइनलमा पुग्ने उत्कृष्ट पाँच प्रतियोगीमध्ये खड्गपुरका सुभाजित चक्रवर्ती दोस्रो र मुम्बईका स्नेहा शंकर तेस्रो स्थानमा राख्दै उनी प्रथम भएकी हुन् । फाइनलमा मानसी, सुभाजित र स्नेहा शंकरबीच कडा प्रतिस्पर्धा भए पनि भोटका आधारमा मानसी विजयी घोषित भएकी हुन् ।
पुरस्कार स्वरूप उनले विजयी ट्रफीसहित २५ लाखको चेक र कार प्राप्त गरेकी छिन् भने दोस्रो र तेस्रो हुने क्रमशः सुभाजित र स्नेहाले ५–५ लाख र...









