मुख्य समाचार

शेख हसिनाको स्वदेश फर्कने संकेत

शेख हसिनाको स्वदेश फर्कने संकेत
काठमाडौँ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले चाँडै स्वदेश फर्कने संकेत दिएकी छन्। यद्यपि उनले यस विषयमा स्पष्ट रूपमा केही भनेकी छैनन् । यस क्रममा उनले बंगालादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसलाई गम्भीर आरोप पनि लगाएकी छन् । हसिनाले बंगलादेश एक ‘आतंकवादी देश’मा परिणत भएको टिप्पणी गरेकी छन्। यस्तै उनले बंगलादेशमा यो वर्षको अन्त्यमा चुनाव हुने सम्भावना रहेको दाबी पनि गरेकी छन् । सामाजिक सञ्जालमा अवामी लिगका नेताह...

काठमाडौंका चार ठाउँमा प्रदर्शन, ट्राफिक अस्तव्यस्त

काठमाडौंका चार ठाउँमा प्रदर्शन, ट्राफिक अस्तव्यस्त
काठमाडौं । विभिन्न ठाउँमा भइरहेका प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । मंगलबार दिउँसो काठमाडौंको नयाँ बानेश्वर–माइतीघर सडकखण्ड, बल्खु क्षेत्र, शान्तिबाटिका–बालुवाटार सडकखण्ड र जावलाखेल–माइतीघर सडकखण्डमा प्रदर्शन भइरहेको छ । जसका कारण यी क्षेत्रका सवारीसाधन आवतजावतमा समस्या भएको हो । नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म शिक्षकहरूले प्रदर्शन गरिरहेका छन् । त्यस्तै, बल्खु क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदर्शन गरिरहेको छ । ...

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्र फुलाउनुपर्छ -प्रधानमन्त्री ओली

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्र फुलाउनुपर्छ -प्रधानमन्त्री ओली
जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अन्य अधिकारको कुनै अर्थ नहुने बताउँदै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गरेका हुन् । “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ठूलो उपलब्धि हो । यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका रूप...

काठमाडौंमा राप्रपाको प्रदर्शन सुरु

काठमाडौंमा राप्रपाको प्रदर्शन सुरु
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंमा शक्ति प्रदर्शन गरेकाे छ । बल्खुमा सभा हुँदैछ । राप्रपाले भृकुटीमण्डपमा सभा गर्न अनुमति मागे पनि शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरूको जारी प्रदर्शनका कारण उसलाई बल्खुको स्थान तोकिएको हो । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेकाे छ ।

तीनकुने घटना : थप एकजना पक्राउ, पक्राउ पर्नेको संख्या ७४ पुग्यो

तीनकुने घटना : थप एकजना पक्राउ, पक्राउ पर्नेको संख्या ७४ पुग्यो
काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिसांत्मक प्रदर्शनमा संलग्न थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शाही युवा शक्तिका सदस्य दिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई सामाखुसीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । घटनामा हालसम्म ७४ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरू– रविन्द्र मिश्र देव वहादुर थापा मगर आशिस तामाङ राज ठाकुर लिला राणा डा. धवल समशेर जबरा प्रसिद्द मल्ल चित्रमाया बस्नेत गोपाल मल्ल गोपिकृष्ण खड्‌क...

आन्दोलनमय काठमाडौं उपत्यका-आज यी स्थानमा सडक डाइभर्सन गरिने

आन्दोलनमय काठमाडौं उपत्यका-आज यी स्थानमा सडक डाइभर्सन गरिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज राजसंस्था पुनर्स्थापनाको माग गर्दै बल्खुमा प्रदर्शन गर्दैछ । राप्रपाले भृकुटीमण्डपमा सभा गर्न अनुमति मागे पनि शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरूको जारी प्रदर्शनका कारण उसलाई बल्खुको स्थान तोकिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई बल्खु चोकबाट त्रिभुवन विश्वविद्यालय तर्फको सडकमा कार्यक्रम गर्न अनुमति दिएको छ । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलब...

नेपाल बार निर्वाचन : मिश्र ३०० मतान्तरले अगाडि

नेपाल बार निर्वाचन : मिश्र ३०० मतान्तरले अगाडि
काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत मतगणना जारी छ । पछिल्लो मत परिणामानुसार, अध्यक्ष पदका उमेदवार विजयप्रसाद मिश्र ७६२ मतसहित अगाडि छन् । उनका प्रत्याशी रमनकुमार श्रेष्ठले ४५९ मतका साथ पछ्याइरहेका निर्वाचन अधिकृत तेजप्रसाद धमलाले जानकारी दिए । अध्यक्षका अर्का उमेदवार राजु कैदीले पाँच, उज्वल घिमिरेले दुई र आशीष पौडेलले ६ मत पाएका छन् । यस्तै, महासचिवमा केदारप्रसाद कोइराला अगाडि छन् । उनले ७६८ मत पाएका छन् । यज्ञमणि न्यौपानेले ३९४ मत ल्याएका छन् । हरिशंकर कार...

राती अबेरसम्म निन्द्रा लागेन ? खानुहोस् यी ४ खानेकुरा

राती अबेरसम्म निन्द्रा लागेन ? खानुहोस् यी ४ खानेकुरा
काठमाडौँ । स्वस्थ रहनका लागि राती राम्रो र गहिरो निन्द्रा लिनु जरुरी छ । तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा नै यताउता घुमिरहन्छन्। राती निन्द्रा नपुगेकोले दिनभरी धेरै अल्छीले बित्छ । धेरै पटक राम्ररी सुत्न नसक्दा गम्भीर रोग लाग्ने खतरा हुन्छ । यसले मानसिक र शारीरिक दुवै रूपमा धेरै नराम्रो असर गर्छ। यस्तो अवस्थामा तपाईंलाई पनि राति निन्द्रा लाग्दैन भने हामी तपाईंका लागि केही खानेकुरा ...

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभालाई सम्बोधन गर्ने
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेशसभामा सम्वोधन गर्ने भएका छन् । उनको सम्वोधनका लागि प्रदेशसभा सचिवालयले लागि आज दिउँसो १ बजे बैठक आह्वान गरेको छ । बैठकमा अनिवार्य सहभागिताको लागि प्रदेश सांसदहरुलाई सूचना जारी गरिएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । प्रदेशसभाको सम्बोधनपछि ओली सिरहामा हुने आम सभालाई सम्वोधन गर्न प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सिरहा सदरमुकाममा हेमनारायण यादवको शालिकमा माल्यार्पण गरिसकेपछि सूर्यना...

बल्खुमा राप्रपाको आमसभा, लिङदेन लगायतका नेताहरूले सम्बोधन गर्ने

बल्खुमा राप्रपाको आमसभा, लिङदेन लगायतका नेताहरूले सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बल्खुमा आमसभाको आयोजना गर्दैछ । बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिहान साढे ११ बजेबाट हुने आमसभामा सहभागिताका लागि राप्रपाले सबैलाई आह्वान गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । बागमती प्रदेशस्तरीय बृहत् प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन गर्ने जनाएको छ । राजसंस्था पुनर्स्थापना र ह...