प्रधानमन्त्री ओलीले आज बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्ने, भारतीय प्रधानमन्त्री समकक्षी मोदीसंग पनि दुईपक्षीय भेटवार्ता हुँदै
बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन् ।
उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसनमा हस्ताक्षर गर्ने रहेको छ ।
आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तु...








