मुख्य समाचार

शान्तिबाटिकादेखि बालुवाटारसम्म सहकारी तथा लघुवित्त पीडितले निकाले र्‍याली

शान्तिबाटिकादेखि बालुवाटारसम्म सहकारी तथा लघुवित्त पीडितले निकाले र्‍याली
काठमाडौं । सहकारी ठगीमा संलग्न व्यक्तिहरूको सम्पत्ति जफत गर्न माग गर्दै सहकारी पीडितहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। बिहीबार दिउँसो सहकारी पीडितहरूले काठमाडौंको शान्तिबाटिकादेखि बालुवाटारसम्म र्‍यालीसहित प्रदर्शन गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको आयोजनामा सहकारी पीडितहरूले ब्यानर, नारासहित प्रदर्शन गर्दै वालुवाटरसम्‍म पुगेका हुन् । उनीहरूले प्रहरीले राखेको ‘ब्यारिकेट’ तोड्न खोजेका थिए । यसक्रममा केही सहकारी पीडितको हातमा च...

कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने

कुलमान र हितेन्द्रदेवको रिटमा बहस सकियो, आजै आदेश आउने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका रिट निवेदनको बहस सकिएको छ। आजै अन्तरिम आदेशको निर्क्योल हुनेछ । कुलमान र हितेन्द्रको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा मंगलबारदेखि लगातार बहस भएको थियो । कुलमानले आफ्नो पदावधि बाँकी छँदै सरकारले बदनियतपूर्वक कार्यकारी निर्देशकबाट हटाएको दाबी गर्दै ...

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता
बैंकक । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाबीच आज भेटवार्ता भएको छ । थाइल्याण्डको औपचारिक भ्रमणका कार्यक्रमहरु सकिएपछि प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्याण्ड आएका सदस्य मुलुकका राष्ट्रप्रमुख–सरकार प्रमुखसँगको साइडलाइन भेटवार्ता र अन्य भेटवार्तामा व्यस्त भएका हुन् । भेटमा...

मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ, होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन-उपप्रमुख सुनिता डंगोल

मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ, होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन-उपप्रमुख सुनिता डंगोल
काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मेयर बालेन शाहलाई कोठामा बसेर आदेश नदिन चेतावनी दिएकी छिन् । आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यलय प्रवेश गराउने क्रममा सुनिताले कि मेयर अगाडि आउनुपर्ने नभए कोठामा बसेर आदेश दिन नपाइने बताएकी हुन् । ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौ । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ’...

देशभरका शिक्षकहरू काठमाडौंको सडकमा

देशभरका शिक्षकहरू काठमाडौंको सडकमा
काठमाडौं । नेपाल शिक्षक महासंघको आयोजनामा देशभरका शिक्षकहरू काठमाडौंमा जम्मा भएर आन्दोलन गरिरहेका छन् । आन्दोलनरत शिक्षकहरूले सडकमै नाचगान समेत गरिरहेका छन् । यसअघि २०८० असोज ५ मा सरकारसँग ६ बुँदे सहमति भए अनुसार ऐन जारी गर्न शिक्षकहरूले माग गरेका हुन् ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने
काठमाडौं । थाइल्याण्डको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । ओली र मोदीबीच भोलि (शुक्रबार) साँझ भेटवार्ता हुने तय भएको हो । प्रधानमन्त्री ओली बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) मा सहभागी हुन थाइल्याण्ड पुगेका हुन् ।

प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराउन वडाध्यक्ष र कर्मचारीको कसरत जारी, सहमतिका लागि मेयरबिनै बैठक सुरु

प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराउन वडाध्यक्ष र कर्मचारीको कसरत जारी, सहमतिका लागि मेयरबिनै बैठक सुरु
काठमाडौँ । कारबाहीमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काठमाडौँ महानगरपालिकाभित्र छिराउन वडाध्यक्ष र महानगरकै कर्मचारीले कर्मचारीले जबरजस्ती गरेका छन्। मेयर बालेन्द्र साह बालेनको निर्देशनपछि महानगर प्रहरीले गुरागाईंलाई कार्यकक्षमा प्रवेशका लागि रोक लगाएको छ। तर वडाध्यक्ष र कर्मचारीले नगरप्रहरीलाई धम्काउँदै जबरजस्ती गुरागाईंलाई प्रवेश गराउन खोजिरहेका छन्। वार्ता र सम्वातमार्फत् समस्या समाधान नगरेर वडाध्यक्ष र कर्मचारीले तथा मेयर बालेन दुवैपक्षले जबरजस्ती गरि...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ८० हजार नाघ्यो

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ८० हजार नाघ्यो
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ । आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो । सुनको यसअघिको उच्च मूल्य यही चैत १९ गते प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ कायम थियो । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, चाँदीको...

प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न मेयर बालेनले गरे नगर प्रहरी तैनाथ, स्वागत गर्न महानगर कर्मचारी भने गेटमा

प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न मेयर बालेनले गरे नगर प्रहरी तैनाथ, स्वागत गर्न महानगर कर्मचारी भने गेटमा
काठमाडौं । वडाध्यक्षहरु र कर्मचारीले काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर गराउने तयारी स्वरुप जम्मा भएपछि मेयर बालेन शाहले महानगर प्रहरी परिचालन गरेका छन् । कमलादीस्थित काठमाडौं महानगरको कार्यालयमा एकातिर कर्मचारीहरु सबै वडाबाट जम्मा भएर प्रमुख प्रशासकयि अधिकृतको स्वागतका लागि बसेका छन् भने अर्कोतर्फ उनलाई रोक्न मेयरकले नगर प्रहरी तैनाथ गरेका छन् । यस संगै झडपको स्थिति पैदा हुन लागेको हो । महानगरमा कर्मचारी र नगर प्रहरीबीचमै विवादको...

नेपाल प्रहरीको स्वीकार – तीनकुनेमा ५८ राउन्ड गोली प्रहार भयो, २० जनालाई लाग्यो

नेपाल प्रहरीको स्वीकार – तीनकुनेमा ५८ राउन्ड गोली प्रहार भयो, २० जनालाई लाग्यो
काठमाडौँ । तीनकुनेमा गत शुक्रवार भएको प्रदर्शन हिंसात्मक भएपछि ५८ राउन्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । गोली २० जनालाई लागेको प्रहरीले स्वीकार गरेको छ । नेपाल प्रहरीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश आचार्यले भीड अराजक बन्न थालेपछि प्रहरी गोली चलाउन बाध्य भएको बताए । प्रदर्शनकारी हिंसात्मक रूपमा प्रस्तुत भएपछि गोली चलाउनुपरेको उनले दाबी गरे । प्रदर्शनकारीहरू विमानस्थलतर्फ अघि बढेपछि दिउँसो २ बजेर ५४ मिनेट...