मुख्य समाचार

राजावादी आन्दोलनबारे बोल्यो पूर्वराजाको सचिवालय, महानगरलाई जरिवाना नतिर्ने

राजावादी आन्दोलनबारे बोल्यो पूर्वराजाको सचिवालय, महानगरलाई जरिवाना नतिर्ने
काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादी प्रदर्शनका क्रममा भएका हिंसा, तोडफोड, आगजनी तथा लुटपाटको जिम्मेवारी निर्मल निवासले नलिने भएको छ । पूर्वराजा शाहका संवाद सचिव डा. फणिराज पाठकले विभिन्न संचारमाध्यममा चैत १५ गतेको प्रदर्शन पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा नभएको दाबी गरे । त्यस दिन जसले प्रदर्शनको आयोजना गरेको हो, उही घटनाको जिम्मेवार हुने उनले बताए । उक्त प्रदर्शनको आयोजना नवराज सुवेदीको संयोजकत्वमा गठित राजसंस्था पुन: स्थापनाका लागि ‘संयुक्त जनआन्दोलन सम...

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको सहयोगमा कूल ६२ करोड पाँच लाख रुपैयाँ परियोजना लागतमा नेपालमा १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) सञ्चालन गर्न काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन एजेन्सीहरूले मंगलबार समझदारी ...

ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै

ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबीच भेटवार्ता हुँदै
बैंकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका थाइ समकक्षी पे थोङ् थान् सिनावातबीच आज भेटवार्ता हुँदैछ ।थाइल्याण्डको सरकारी भवनमा भेटवार्ताअघि प्रधानमन्त्री ओली समकक्षी सिनावातले आयोजना गरेको स्वागत समारोहमा सहभागी भए । थाइल्याण्डका प्रधानमन्त्री सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्याण्डको औपचारिक भ्रमण भएको हो । यो भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ । प...

शिक्षक महासंघ आजबाट पुनः सडक आन्दोलनमा

शिक्षक महासंघ आजबाट पुनः सडक आन्दोलनमा
काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ। गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन बुधबारदेखि गर्न लागेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न मागसहित आन्दोलन जारी राख्ने बताए । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई ब...

आजबाट अन्त्य संसदको हिउँदे अधिवेशन

आजबाट अन्त्य संसदको हिउँदे अधिवेशन
संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । रास्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । सोमबार बसेको क्याबिनेटले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष फारिस गरेको थियो । आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुनेछ । गएको १८ माघमा संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।

राप्रपा सांसद दीपक बोहराको निधन

राप्रपा सांसद दीपक बोहराको निधन
काठमाडौं । राप्रपाका सांसद दीपक बोहराको निधन भएको छ । काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा बोहराको निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बोहरा २०७९ मंसिरमा भएको निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

अमेरिकाले तैनाथ गर्यो ५० हजार अमेरिकी सैनिक इरानको आसपास

अमेरिकाले तैनाथ गर्यो ५० हजार अमेरिकी सैनिक इरानको आसपास
तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संकेत मिल्ने बित्तिकै इस्लामिक राष्ट्र इरान माथि हमला गर्ने क्षमता भएका करिब ५० हजार अमेरिकी सैनिकले चारैतिरबाट घेरेर बसेको खुलेको छ । यसको खुलासा इरानले नै गरेको छ । इस्लामिक रिभोलुसन गार्ड्स कोर्प्स (आईआरजीसी) का एक उच्चस्तरीय कमाण्डरले २०८१ माफिया सोमबार चेतावनी दिएका छन् कि यस क्षेत्रमा अमेरिकी सेनाहरू ‘सिसाको घर’ मा बसिरहेका छन् र ‘अरूलाई ढुङ्गा हान्नु हुँदैन भन्ने बुझ्नु पर्छ ।’ आइआरजिसीको एयर स्पेस डिभिजनका कमाण्डर ब्रिगे...

चालु अधिवेशन अन्त्यका लागि सिफारिस

चालु अधिवेशन अन्त्यका लागि सिफारिस
काठमाडौं, । सरकारले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को चालु अधिवेशन यही चैत १९ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । नेपालको संविधानबमोजिम राष्ट्रपतिले संघीय संसद्को दुवै वा कुनै सदनको अधिवेशन आह्वान ...

ओली आज थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदै

ओली आज थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नेछन् । प्रतिनिधि सभाको हिजोको बैठकमा सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी ब...

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । मंगलबार संसद भवन नयाँबानेश्वरमा बिहान ११ बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०८१ तथा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैग...